धनगढी: सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ। बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला र बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भएको हो। यो हिउँदमा दोस्रोपटक हिमपात भएको हो।
बझाङका सुर्मा, साइपाल, तलकोट, मस्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।
बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन्। यस्तै डोटीको गैरा, खप्तड क्षेत्र, डडेल्धुराको हगुल्टे र साहुखर्कमा पनि हिमपात भएको छ।
हिमपात र वर्षासँगै बढेको चिसोका कारण जनजीवन पनि प्रभावित भएको छ।
Facebook Comments Box