Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढी: धनगढीमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको वार्षिकोत्सब मनाइएको छ। आज (शनिबार) राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सब मनाइएको हो। सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले एक कार्यक्रमको आयोजना नै गरेको थियो। कार्यक्रममा शुभकामना भेटघाट तथा चियापान समेत गरिएको बताइएको छ। कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल थिए भने अन्य अतिथिहरुको पनि सहभागीता थियो। सो वार्षिकोत्सबको कार्यक्रममा बोल्दै रावलले आफूले संघलाई सदैव साथ, समर्थन र सहयोग गर्ने कुराको प्रतिबद्धता जनाएका थिए।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले बैतडीमा ‘दाइनो’ (दमाहाजस्तै ठूलो आकारको बाजा) नचाएका छन्। आज (शनिबार) बैतडीस्थित सिगास गाउँपालिकाको–३ मा उनले दाइनो नचाएका हुन्। अहिले उक्त छलिया नाचसहितको दृश्य सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ। त्यसमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्। धेरैले त्यसलाई सकारात्मक रुपमा लिएर कलाको सम्मान गर्नुपर्ने बताइरहेका छन् भने केहीले मन्त्रीले आफ्नो पदीय मर्यादालाई ध्यानमा नराखेको पनि टीप्पणी गरेका छन्। मन्त्री धामी खानेपानी आयोजना उद्घाटन गर्न सिगास पुगेका थिए। सिगास ३ को लगन भन्ने ठाउँमा प्रदेश सरकारको ८ करोड लागतमा सम्पन्न बृहत लिफ्ट खानेपानी योजनाको मन्त्री धामीले उद्घाटन पनि गरेका थिए। उद्घाटनमा…

Read More

धनगढी : कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ६ खरुवाखेडा बस्ने ५२ वर्षीय नारायण प्रसाद चौधरीलाई घरमा बन्दुक लुकाएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीले घरमा लुकाई छिपाई राखेको अवस्थामा एउटा एक नाले अबैध भरुवा बन्दुक, ४ डिब्बा बारुद, ३८ वटा सानो तयारी गोली, २८ वटा ठुलो, ९ वटा सिसाको सानो टुक्रा र एउटा सिसाको ठुला टुक्रोसहित पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए । चौधरीलाई विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । उनलाई…

Read More

धनगढी : कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बुटकुवा बस्ने रामप्रसाद सापकोटाकी ८ वर्षीया छोरी यमुनाको काडा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सापकोटाको शनिवार साँझतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

भारतको राजधानी नयाँ दिल्लीमा गुडिरहेको मोटरसाइकलमा अंकमाल (हग) गरेका जोडीलाई ११ हजार भारतीय रुपैयाँ जरिवाना तिराइएको छ । उनीहरुको भाइरल भिडियो भेटिएपछि ट्राफिक प्रहरीले जोडीलाई नियन्त्रणमा लिएर कारबाही गरेको बताइएको छ । मोटरसाइकलको ट्याङ्कीमा चालकतर्फ फर्केर बसेकी युवतीले युवकलाई कसिलो अंकमाल गरेको देखिन्छ । युवतीको अंकमालमा मस्त युवकले व्यस्त सडकमा मोटरसाइकल दौडाएका हुन् । अहिले त्यहि भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । दिल्ली ट्राफिकले सुरक्षित तवरले सवारी साधन हाँक्न अनुरोध गर्दै ट्विटरमा खतरनाक तरिकाले मोटरसाइकललगायत सवारी साधन नचलाउन आग्रह गरेको छ । लेखिएको छ, ‘कृपया यो भिडियो नक्कल नगर्नुहोला । सुरक्षित तवरले सवारी साधन हाँक्नुहोस् ।’

Read More

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साटवटै प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने बताएकी छिन्। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेस प्रदेशद्वारा बाराको सिमरामा आज आयोजित नेपाल टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी अन्तक्र्रियामा मन्त्री शर्माले चालु आर्थिक वर्षभित्र सबैै प्रदेशका दुई–दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने निर्णय भइसकेको र यो प्रभावकारी कार्यान्वयन गर्ने प्रक्रियामा रहेको बताइन्। पूर्वाधार निर्माणका क्रममा सरकारी निकायबीच समन्वय नहुँदा समस्या आउने गरेको उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहेकी उनले सडक, खानेपानी, विद्युत्, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन्। जङ्गल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या…

Read More

काठमाडौं : अमेरिकामा एक बालिकालाई यौन हिंसा गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । गत जुलाई १६ मा अमेरिकी राज्य भर्जिनियाको प्रिन्स विलियम काउन्टीमा बालिकालाई गरेको दुई पटको यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका नेपालीको नाम रविराज बोहरा भएको अमेरिकी मिडिया फक्स फाइभ डिसीले उल्लेख गरेको छ । फक्स फाइभका अनुसार हिंसामा परेकी बालिकाले परिवारलाई खबर गरेपछि बोहरा पक्राउ परेका थिए । १३ वर्ष मुनिकी ती बालिकालाई बोहराले जथाभाबी छोएको आरोप लागेको छ ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ आज इटालीतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा.वैकुण्ठ अर्याल लगायत नेताहरू विमानस्थल पुगेका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’सँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि सो भ्रमणमा रहने छिन् । प्रचण्डले इटालीमा हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘युनाइटेड नेसन्स…

Read More

काठमाडौँ : जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा आगजनी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। गए राति अन्दाजी साढे २ बजेतिर गुठीचौरमा ६ घर र एक ट्याक्टर तथा चन्दननाथमा एक घरमा अज्ञात समूहले आगजनी गरेको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार शङ्कास्पद १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन। गए राति धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक, माथिल्लो देहारजिबुरमा एक र खल्ला वडामा दुई गरी सात घरमा आगजनी भएको थियो।

Read More