धनगढी : कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बुटकुवा बस्ने रामप्रसाद सापकोटाकी ८ वर्षीया छोरी यमुनाको काडा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सापकोटाको शनिवार साँझतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box