Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद भवन अगाडि धर्ना दिएको छ। महासंघले आइतवार विहान राजधानीको ताहाचलस्थित सार्वजनिक अनुगमनको कार्यालयमा एक घण्टा धर्ना दिएको थियो। धर्नामा सहभागीहरूले विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका—२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर, लगायतका नारा लगाएका थिए। धर्ना कार्यक्रमको शुरुवात गर्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूका जायज मागप्रति राज्य अनुदार भएका कारण महासंघ आन्दोलनमा उत्रिएको स्पष्ट पारेका थिए।

Read More

नयाँ दिल्ली: भारत महाराष्ट्रको ठाणे जिल्लामा एउटा पुलको स्ल्याबमा क्रेन खस्दा कम्तीमा १६ जना कामदारको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। मुम्बईबाट करिब ८० किलोमिटर टाढा शाहपुर तहसीलको सरलाम्बे गाउँ नजिकै मंगलबार बिहान दुर्घटना भएको द इन्डियन एक्स्प्रेसले जनाएको छ। उक्त क्रेन पुल र राजमार्ग निर्माण परियोजनामा प्रिकास्ट बक्स गर्डर जडान गर्न प्रयोग गरिएको थियो। घटना लगत्तै प्रहरी, दमकल र एनडीआरएफको टोलीले उद्धार घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ। ‘भग्नावशेषमा अझै धेरै मानिस फसेको सम्भावना छ। उद्धार कार्य भइरहेको छ,” सार्वजनिक निर्माण विकासमन्त्री दादा भुसेले दुर्घटनास्थलको निरीक्षण गरेपछि भने। ७०१ किलोमिटर लामो यो राजमार्गले मुम्बई…

Read More

कैलाली: कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले १ वर्षमा २ हजार ३६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विक्रम संवत् २०७९ साउनदेखि २०८० असारसम्ममा २ हजार ४६० पिन्ट रगत संकलन भए पनि २ हजार ३६९ पिन्ट रगत वितरण गरेको हो । बाँकी रगत मौज्दात रहेको बताइएको छ ।  यसरी वितरण गरिएको रगत ९५ प्रतिशत टीकापुर अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण गरिएको जनाइएको छ । टीकापुर अस्पतालमा सुत्केरीका साथै हाडजोर्नीका बिरामी, थारू जातिमा देखिने सिकलसेलका बिरामी र अन्य शल्यक्रिया हुन थालेपछि रगतको खपत बढेको हो । अघिल्लो वर्ष १ हजार ६९५ पिन्ट रगत वितरण भएको केन्द्रले जनाएको…

Read More

बैतडी: भारतसँग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । यहाँको गएको तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष हराउने महिला तथा बालबालिकाकोे सङ्ख्या बढ्दै गएको हो । पछिल्लो तीन वर्षमा यहाँबाट दुई सयभन्दा बढी महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि आर्थिक वर्ष २०७९–८० सम्म यहाँ दुईसय ४३ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुुसार आर्थिक वर्ष २०७७–७८ मा ६०, आव २०७८–७९ मा ७८ र गत आव २०७९–८० मा एकसय पाँचजना हराएका छन् ।…

Read More

कञ्चनपुर: पशु चौपायामा महामारीको रुपमा फैलिरहेको लम्पी स्किन रोग रोक्न कञ्चनपुरको ‘आई केयर यू’ले अभियाम चलाएको छ। विगतदेखि नै सडकमा छाडिएका सामुदायिक चौपायाको उद्धार कार्य गर्दै आइरहेको ‘आइ केयर यू’ले अहिले भ्याक्सिन दिने अभियान चलाएको हो। संस्थाका संयोजक विष्णु पनेरुले सडकमा छाडिएका र उक्त रोगको जोखिममा रहेका चौपायालाई भ्याक्सिन लगाउने अभियान थालेको बताए। उनका अनुसार हालसम्म २ सय भन्दा बढी चौपायालाई भ्याक्सिन लगाइसकिएको छ। उनले भ्याक्सिन खरिदका लागि फेसबुक पोस्टमार्फत सहयोगीहरुलाई आव्हान गरेको बताएका छन्। ‘अहिलेसम्म केही पशु प्राविधिक तथा भेट पसलहरुले भ्याक्सिन सहयोग गरेका छन्’ पनेरुले भने, ‘खोपको सहजता भएमा दैजीदेखि गड्डा चौकीसम्मका ५ सय बढी पशु चौपायालाई भ्याक्सिन…

Read More

धनगढीः धनगढीको गोल मार्केटमा बिरामी फेला परेका पुरुषको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–४ गोलमार्केटस्थित शिव मन्दिरमा सोमवार फेला परेका गुल्मी घर बताउने ५५ वर्षीय दासीराम पाण्डेयको मृत्यु भएको हो। बिरामी भएर थलिएको अवस्थामा फेला पारी प्रहरी टोलीले उनलाई उद्दार गरेर उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्‍याएको थियो। तर, उपचारकै क्रममा उनको राति १०ः४० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  

Read More

बैतडी:  बैतडीको एक वडा अध्यक्षको नाममा रहेको क्लिनिकबाट श्रीमतीले औषधी विक्री गर्ने गरेको पाइएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तेजबहादुर साउँदको नाममा दर्ता भएको क्लिनिकबाट श्रीमतीले औषधी बिक्री गरेकी हुन्। श्रीमान वडाअध्यक्षमा निर्वाचित भएपछि किराना पसलसँगै रहेको क्लिनिक पनि श्रीमती तुलसी साउँदले चलाउने गरेको स्थानीय बताउँछन्। हेमन्त मेडिकल सिगास-६ थालाकाँडा, मौरिवगड नामबाट सञ्चालित क्लिनिक वडा अध्यक्ष साउँदको नाममा दर्ता छ। तर, अध्यक्ष साउँदकी श्रीमतीले बिरामीलाई औषधी बिक्री वितरण गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीयले गुनासो गरेका छन्। उता वडाअध्यक्ष तेजबहादुर साउँदले आफूले सञ्चालन गरेको क्लिनिक वैधानिक रहेका दाबी गर्छन्। उनले निर्वाचित हुनुभन्दा पहिले आफूले क्लिनिकबाट जनतालाई…

Read More

बझाङ: बझाङमा उपचारका लागि जिल्ला अस्पताल पुगेकी एक गर्भवती महिलाको तीन महिने भ्रूणको मृत्यु भएको छ।  अस्ति जयपृथ्वी नगरपालिका- ७ धौनाउँका हरिचन्द्र बोहरा की श्रीमती सुनिताले पेटमै बच्चा गुमाएकी हुन्। सुनितालाई पेट दुख्ने र रक्तस्रावको समस्या देखिएको थियो। त्यसपछि हरिचन्द्र श्रीमती लिएर जिल्ला अस्पताल सिम खेत गएका थिए। त्यहाँ पुगेर उनले श्रीमतीलाई इमर्जेन्सी वार्डमा राखेर पुर्जी काट्न काउन्टर पुगे। तर, ‘टिकट काट्ने कर्मचारीले विद्युत् छैन। अबको २ घण्टापछि विद्युत् आउँछ पर्खनुहोस्’ भनेर उनलाई झुलाइयो। त्यो बेला रक्तस्राव भएकी श्रीमतीलाई हेरिदिन हारगुहार गरेको बोहरा बताउँछन्। ‘श्रीमतीको अवस्था चिन्ताजनक रहेकोबारे अस्पताल प्रशासनलाई जानकारी गराउँदा पनि चाँसो देखाइएन। उल्टै एक कर्मचारीले आक्रोशित भएर जेनरेटर…

Read More

बैतडीः बैतडीका जयराम साउँदको भारतमा मृत्यु भएको छ।  रोजगारीको सिलसिलामा भारतको अम्बलामा रहेका बैतडीको सुर्नया गाउँपालिका ७ कठमडा तल्ला गाउँका ३४ वर्षीय साउँदको करेन्ट लागेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। पानीको मोटर चलाउने बेला करेन्टर लागेर सोमवार उनको मृत्यु भएको स्थानीय दिपेन्द्रबहादुर कुँवरले बताए। गत मंसिरमा मात्रै रोजगारीका लागि भारत गएका साउँदको मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ। पैसा कमाउनका लागि भारत गएका छोराको मृत्यु भएपछि उनकी आमा गुन्नादेवी साउँद विक्षप्त अवस्थामा रहेकी छन्। उनको घरमा वृद्ध आमा, श्रीमती र दाजुभाउजु रहेका छन्। 

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली  रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा  चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्य बदली  रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको…

Read More