Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका-४ कनिना डङाका १४ वर्षीय रमेश भट्ट ५ दिनदेखि बेपत्ता छन् । उनी आइतवार दिउँसोदेखि सम्पर्कविहीन रहेका उनका आफन्तले बताएका छन् । सुस्त मनस्थिति भएका रमेशको खोजीका लागि उनको परिवारले प्रहरीमा निवेदन दिएको छ । रमेशलाई कसैले देखे नजिकको प्रहरी वा ९८६८७४४२६७ मा खबर गरिदिन आग्रह गरिएको छ ।

Read More

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रलाई अलग राखेर प्रदेशको समृद्धि ल्याउन नसकिने बताएका छन् । हिजो (बुधवार) धनगढीमा आयोजित भीमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले कृषि क्षेत्रमार्फत प्रदेशको विकास गर्नका लागि गर्नुपर्ने काममा सरकार पछि नपर्ने बताए । उनले भने, “कृषिउपजको आयात रोकेर स्वदेशमै उत्पादित कृषिउपजको निर्यात बढाउनेतर्फ अब ध्यान दिन जरुरी भइसकेको छ ।” भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.मदनसिंह धामीले कृषिको उत्पादन र उत्पादकत्व बढाउन मन्त्रालयले कृषि गतिविधिमा सहयोग गरिरहेको बताए । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले सहिद भीमदत्त पन्तको नामबाट उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गर्ने सरकारको नीतिले कृषकको हौसला…

Read More

धनगढी: प्रदेश सरकारले खडा गरेको ‘भीमदत्त उत्कृष्ट पुरस्कार २०७९’ अन्तर्गतको भीमदत्त सर्वोत्कृष्ट पुरस्कारबाट कञ्चनपुर बेलौरी नगरपालिकाका असारेराम बडायक पुरस्कृत भएका छन् । उनले पुरस्कार स्वरुप एक लाख ५० हजार रुपैयाँ र प्रशंसापत्र पाएका छन् । कृषिमा नयाँनयाँ प्रविधि अपनाएर खेती गरिरहेका उनी अन्य किसानका लागि नमूना कृषकको रुपमा स्थापित भएका छन् । बजारमा पाउने कृषि उपकरणलाई आफैँले किसान तथा जग्गामैत्री बनाउँदै उनले लागत खर्च कम गरी उत्पादत्व वृद्धि गरिरहेका छन् । बडायकले आफ्नो उखु खेतीभित्र आलु र तोरी खेती गरिरहेका छन् । ७५ हजार रुपैयाँ र प्रशंसापत्रसहितको भीमदत्त उत्कृष्ट पुरस्कारबाट कैलाली घोडाघोडी नगरपालिकाका पहलमान देउवा पुरस्कृत भएका छन् । उनले…

Read More

–भूमिराज पिठातोली, बझाङ: बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिए । उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो । बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए । कार्कीको जवाफ थियो, “पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ ।” कार्की सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो । एअरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उनले हरेक पटक नुन विभिन्न पसलहरूबाट किन्दै आएका छन् । पसलबाट किनिएको नुन भने कताबाट आएको हो भन्ने उनलाई जानकारी छैन । “नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा जान्छु ।…

Read More

टीकापुर: यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् । “रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ”, टीकापुर–८ का श्यामलाल चौधरीले भने, “सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ । बाध्य भएर भारतबाट ल्याएर प्रयोग गरेका छौँ ।” भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती कस्तो पो हुन्छ भन्ने चिन्तामा छन् । चौधरीले भने, “सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाइएन ।” सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष किसान…

Read More

अछाम: अछाममा एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका ३ लाक्षीमना निवासी उज्जली आउजीको घाँस काट्न गएको बेला भीरबाट खसेर मृत्यु भएको हो। उनको बुधवार दिउँसो मृत्यु भएको हो। गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए। माथिबाट करिब तीनसय मिटर तल खसेर निधन भएको बताइएको छ।

Read More

काठमाडौं: पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकहरूले राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेका छन् । उनीहरूले देशको संविधान विघटन भएको र सिमाना बन्द गरिएको बताएका छन् । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई सैनिकहरूले बिहानैदेखि हिरासतमा लिएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई अमेरिकाको समर्थन रहेको बताएका छन् । यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपति बजुमसँग टेलिफाेन वार्ता गरी पूर्ण सहयोग गर्ने बताएका छन् ।राष्ट्रपति बाजुम पश्चिम अफ्रिकामा इस्लामिक अतिवाद विरुद्धको लडाईमा पश्चिमा देशहरूका प्रमुख सहयोगी हुन् । यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपति बजुमसँग टेलिफाेन वार्ता गरी पूर्ण सहयोग गर्ने बताएका छन् ।राष्ट्रपति बाजुम पश्चिम अफ्रिकामा इस्लामिक अतिवाद विरुद्धको लडाईमा पश्चिमा देशहरूका प्रमुख…

Read More

नेपालगञ्ज: बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट बुधबार सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ। नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रूपमा देखिएको उल्लेखित मूल्यको एनटिसी र एनसिएलको रिचार्ज कार्ड सुरक्षा बेस कुसुमले बरामद गरेको हो। बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–१ का दुई गाउँका स्थानीय पहिरोको त्रासले विद्यालय भवनमा रात कटाइरहेका छन्। आलिताल–१ को मालागाउँ र भोकागाउँका स्थानीय विद्यालयको भवनमा रात बिताइरहेका हुन्। मालागाउँ र भोकागाउँमा बसोबास गर्ने २२ परिवार नजिकैको जनज्योति आधारभूत विद्यालय सियलामा बसिरहेको वडा नम्बर १ का अध्यक्ष यज्ञबहादुर देउवाले जानकारी दिए। उनका अनुसार उक्त वस्तीमा वर्षाका कारण गाउँ माथिबाट पहिरो झरिरहेकाले ज्यान सुरक्षाका लागि स्थानीय प्रहरी चौकी र जनप्रतिनिधिको सहयोगमा नजिकै रहेको विद्यालयमा सारिएको हो। उनीहरू साउन ८ गते साँझदेखि सो विद्यालय बसिरहेका हुन्। २२ परिवारका १२८ जनालाई राहत स्वरूप चामल, दाल, तेल, तरकारी नुनलगायत खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष देउवाले बताए।आलिताल गाउँपालिका र…

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।  प्रहरी विभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गर्न सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले बूढानीलकण्ठ–२ वासिकबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Read More