काठमाडौं: पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकहरूले राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेका छन् । उनीहरूले देशको संविधान विघटन भएको र सिमाना बन्द गरिएको बताएका छन् ।
नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई सैनिकहरूले बिहानैदेखि हिरासतमा लिएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई अमेरिकाको समर्थन रहेको बताएका छन् ।
यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपति बजुमसँग टेलिफाेन वार्ता गरी पूर्ण सहयोग गर्ने बताएका छन् ।राष्ट्रपति बाजुम पश्चिम अफ्रिकामा इस्लामिक अतिवाद विरुद्धको लडाईमा पश्चिमा देशहरूका प्रमुख सहयोगी हुन् ।

टेलिभिजनमा विद्रोहको घोषणा गर्दा कर्नेल अमादु अब्द्रामाने अन्य नौ जना सिपाहीहरूसँगै थिए । सो क्रममा उनले भने, ‘हामीले अहिलेको शासन प्रणाली अन्त्य गर्ने निर्णय गरेका छौँ । यो सँधै बिग्रँदै गएको सुरक्षा अवस्था र बिग्रँदै गएको आर्थिक र सामाजिक सुशासनको परिणाम हो ।’
स्थिति स्थिर नभएसम्म सीमा र हवाई नाका बन्द रहने उनले बताए । साथै अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू जारी रहने घोषणा पनि उनले गरेका छन् ।