Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट अबैध रुपमा भन्सार छली ल्याएका अन्दाजी १५ हजार मुल्य बराबरको सुर्ती, बिडी लगायतका सामानहरु सोमबार दिउँसो प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। सामान नियन्त्रणमा लिइ कारबाहीको लागी भन्सार कार्यालय त्रिनगर पठाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कञ्चनपुुरमा गाई र गोरुको छालासहित दुई जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका–११ को डोकेबजारमा आईबीआरडीबाट काठमाडौँ जादै गरेको सुपप्र ०२–००१ ख ११०८ नम्बरको बसमा चेकचाँच गर्दा गाईगोरुको छालासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–३ बस्ने ५२ वर्षीय ङेने तामाङ्ग र सिन्धुपाञ्चोकको सुनकोशी गाउँपालिका–४ बस्ने ४० वर्षीय सन्तोष कुमार खड्का रहेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० प्रकाश डाँगीले जानकारी दिए । उनकाअनुसार बसमा लगिरहेको अवस्थामा १५ वटा बोरामा प्रति बोरा १० का हिसाबले एक सय ५० गाईगोरुको छाला बरामद गरिएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरू तानिने डरले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान सरकार डराएको दाबी गरेका छन् । सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले यस्तो दाबी गरेका हुन् । उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिचकिचाइरहेको जिकिर गरेका छन् । उनले नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा सह्य हुन नसक्ने बताए । उनले भने, ‘सरकार सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउन किन चाहन्न भने त्यहाँ मन्त्रीहरू तानिन सक्छन्, हाई प्रोफाइलका कर्मचारी, नेताहरू तानिन सक्छन् । त्यसैले सरकार उच्चस्तरीय छानबिन बनाउन तयार छैन,…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय पशुहरूमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताएका छन् । कृषि तथा पशुपंक्षी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरूमा लागेको रोगको विषयमा भएको कुराको प्रचार-प्रसार नभएको समेत बताए । लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो रोग यसअघि देखिएका छिमेकी देशहरूबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताए । प्रधानमन्त्री प्रचण्डले…

Read More

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय माग गरेको छ। महानगरलाई पत्र लेखेर कार्यालय सार्न राप्रपाले ३५ दिन माग गरेको हो। बिजुलीको हाइटेन्सन लाइन मुनी रहेको पार्टी कार्यालय महानगरले हटाउने तयारी गरेपछि राप्रपाले समय मागेको महानगरले जनाएको छ। महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न तीन दिनको समयावधि दिँदै सूचना जारी गरेको थियो। सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीले सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेकोमा राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर जान अवरोध सिर्जना गरेका थिए। यहीबीच राप्रपाले समय माग गरेको हो।

Read More

कञ्चनपुरः कञ्चनपुरमा वन मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका–३ का समिर भन्ने रामभरासे रानालाई उनकै घरबाट प्रहरीले सोमवार पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले ‘वन पैदावार ओसार पसार’ मुद्धामा २०७६ माघ १५ गते पाँच महिना २६ दिन कैद र ३४ हजार ३४० रुपैयाँ जरिबाना तोकेको थियो। राना सोहि दिनबाटै फरार रहेको थिए। अदालतले रानालाई आजै सजाय भुक्तानकालागि कारागार चलान गरेको छ।

Read More

धनगढी: धनगढीमा आफूलाई सुविधा सम्पन्न दाबी गर्ने एसपीए (सुदूरपश्चिमान्चल) क्याम्पसको गाडी प्रहरीको फन्दामा परेको छ। आज (सोमबार) क्याम्पसबाट निस्केको सुदूरपश्चिम प्रदेश ०१-००१ क २०६९ नम्बरको बस ट्राफिक प्रहरीको फन्दामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बिरेन्द्र जोहारीले एसपीएको सो बसले सीट क्षमताभन्दा बढी विद्यार्थी राखेर ओसारपसार गर्ने गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए। उनका अनुसार अहिले चालकलाई कारबाही (जरिवाना कटाएर) गरेर बसलाई तत्कालका लागि छोडिएको छ। आज दिउँसो कैलाली ट्राफिक कार्यालय भन्दा अगाडि प्रहरीले चेकजाँच गर्दा सो बसमा क्षमता भन्दा बढी विद्यार्थी राखेको पाइएको थियो। प्रहरीले एसपीएको यो पुरानै समस्या भएको र पटकपटक जानकारी गराइ सचेत गराउदा पनि अटेरी…

Read More

काठमाडौँ : मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् । काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् । नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेश सरकारले आज छैटौँ पटक मन्त्रिपरिषद् विस्तार गरेको हो । योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत् छन् ।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक पिसिसि ढलान र ग्राभेल गर्ने कार्यको नापजाँच पश्चात् भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरेपमा कोटहीमाई गाउँपालिका इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादवविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय बुटवलबाट खटिई गएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट रु. ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २० गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा इन्जिनियर यादवले कोटहीमाई गाउँपालिका वडा नम्बर ७ अन्तर्गतको सडक पि.सी.सी. ढलान र ग्राभेल गर्नको लागि कोटेशनमार्फत काम गरी भुक्तानी गर्ने क्रममा…

Read More

धनगढीः पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले आफ्ना सेवा बन्द गरेको छ । चालु आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नभएकाले बाध्य भएर सेवाहरु बन्द गर्नुपरेको प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले बताए । उनले अर्को व्यवस्था नभएसम्मका लागि आजबाट आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका बताए । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार संस्थागत संरचनाको समेत अन्योलता रहेको जनाइएको छ। जस कारण बजेटको व्यवस्था नहुँदा प्रदान गर्दै आएका सेवाहरु बन्द गर्नुपरेको जोशीले बताए।   सुदूरपश्चिम प्रदेशभर अहिले पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप भयावह रुपमा फैलिरहेको छ । प्रयोगशालाले पशुपन्छीमा लाग्ने विभिन्न रोगको जाँच गर्दै आएको थियो ।

Read More