धनगढी : कञ्चनपुुरमा गाई र गोरुको छालासहित दुई जना पक्राउ परेका छन् ।
पुनर्वास नगरपालिका–११ को डोकेबजारमा आईबीआरडीबाट काठमाडौँ जादै गरेको सुपप्र ०२–००१ ख ११०८ नम्बरको बसमा चेकचाँच गर्दा गाईगोरुको छालासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–३ बस्ने ५२ वर्षीय ङेने तामाङ्ग र सिन्धुपाञ्चोकको सुनकोशी गाउँपालिका–४ बस्ने ४० वर्षीय सन्तोष कुमार खड्का रहेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० प्रकाश डाँगीले जानकारी दिए ।
उनकाअनुसार बसमा लगिरहेको अवस्थामा १५ वटा बोरामा प्रति बोरा १० का हिसाबले एक सय ५० गाईगोरुको छाला बरामद गरिएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box