Author: महेन्द्रनगर पोष्ट

अछाम: अछामको रामारोशन गाउँपालिका–१ का टेकबहादुर साउद विगत ६ दिनदेखि सम्पर्कविहीन छन् । चार महिनाअघि रोजगारीको सिलसिलामा भारत गएका उनी भारतको जयपुरबाट सम्पर्कविहीन भएका उनको पारिवारिक श्रोतले बताएको छ । उनलाई कसैले देखे नजिकैको प्रहरी वा ९८४८४१२२४७ मा खबर गरी सहयोग गर्न आग्रह गरिएको छ ।

Read More

एजेन्सी: भारतको मणिपुरमा चलिरहेको जातीय हिंसामा एक पक्षले अर्को पक्षका महिलाहरुलाई दुर्व्यवहार गर्ने घटनाहरु धेरै भइरहेका पाइएको छ । मणिपुरमा भिडले दुई महिलालाई निर्वस्त्र बनाएर हिँडाएको भिडिओ सार्वजनिक भएपछि अन्य महिलाहरूले पनि आफूसँग हिंसा भएको भन्दै त्यसबारे बोल्न शुरु गरेका छन् । कुकी र मैतेई दुवै समुदायका व्यक्तिहरुले अर्को ठाउँमा आफ्नो समुदायका महिलामाथि दुर्व्यवहार तथा बलात्कार समेत भएको भन्दै अर्को समुदायका महिलामाथि बलात्कार समेत गर्ने गरेका घटनाहरु सार्वजनिक हुन थालेका बीबीसीले जनाएको छ । कतिपय ठाउँमा शिक्षालयका छात्राबासहरुमा दिउँसै बलात्कार समेत भएको पाइएको छ । मणिपुरमा मैतेई र कुकी समुदायबीच गएको मे महिनामा जातीय द्वन्द्व सुरु भएदेखि अहिलेसम्म एक सय…

Read More

दोधारा चाँदनी: सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरमा एक सातादेखि तालाबन्दी हुँदा नियमित काम प्रभावित भएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित भएको हो । केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित भएको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । “यही साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ”, उनले भने, “वार्ताका लागि पहल भए पनि अहिलेसम्म छलफल हुनसकेको छैन ।” अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय आयोजक कमिटीका सह–सचिव दीपकराज अवस्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरिएको…

Read More

खलङ्गा: दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केही वर्ष पहिलेसम्म यहाँको ग्रामीण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकामा पछिल्लो समय आयोडिन नुनको बिक्रीवितरण बढेको छ । जनचेतना वृद्धि भएसँगै आयोडिन नुनको प्रयोग बढेको हो । खलङ्गा र गोकुलेश्वरमा आयोडिन नुनका १/१ डिपो छन् । व्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन् । बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्रीवितरण र प्रयोग दर बढ्दै गएको साल्टट्रेडिङ डिपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेमसिंह कुँवरले बताए । उनका अनुसार महाकाली नगरपालिका–४ खलङ्गामा रहेको बिक्री डिपोबाट…

Read More

भजनी: कैलालीको भजनी नगरपालिका–९ का समाजसेवी होमबहादुर बोहरा चार दिनदेखि कान्द्रा नदी नियन्त्रणमा व्यस्त छन् । वर्षाको समय सुरु भएसँगै कान्द्रा नदीमा पानीको बहाव बढ्दै गएपछि सात महिनाअघि मात्रै निर्माण गरिएको झोलङ्गे पुल जोखिममा परेकाले उनकै नेतृत्वमा सयौँ स्थानीयवासी पनि नदी नियन्त्रणका लागि जनश्रमदानमा जुटेका हुन् । ‘दिनप्रतिदिन नदीले कटान गर्न थालेपछि आसपासका बस्ती तथा पुल जोगाउन जैविक तटबन्धमा लागिएको हो’, समाजसेवी बोहराले भने, ‘नदीले पाँच मिटरभन्दा बढी जमिन कटान गरिसकेको छ । बलौटे माटो भएका कारण एकदिन आएको बाढीले पुल नै जोखिममा परेपछि जैविक तटबन्धको काम सुरु गर्नुपरेको हो ।’ होमबहादुर बोहराले अगाडि भने, ‘पाँच सय मिटर जमिन कटान भइसकेको…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेश सरकार आज बिस्तार हुँदैछ। पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नाउपा सहभागी हुन लागेको हो। नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुदूरपश्चिम सरकारमा सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन्। नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने भएका हुन्। नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरूको तर्फबाट मन्त्री हुनेहरूको आज साँझ ४ बजेट शपथ ग्रहण हुने जानकारी दिए। यस्तै रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैतडीबाट सांसद भएका शिवराज भट्टको नाम चर्चामा छ। रिक्त मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री कमल बहादुर शाह पार्टीभित्र छलफल थालेका छन्। गत…

Read More

कैलाली: कैलालीको टीकापुरमा बहुआयामिक प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पहल थालिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना र दुई कृषि क्याम्पस स्थापना भएसँगै टीकापुरलाई कृषिको ‘हब’का रूपमा विकास हुँदै गएको छ । कैलाली क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरीले कृषि भण्डारका रूपमा रहेको यस क्षेत्रमा कृषिको अनुसन्धान गर्दै उत्पादन बढाउनका लागि कृषि अनुसन्धान केन्द्र स्थापना हुनुपर्ने बताएका छन् । उनले भने, ‘कृषिमा  सम्भावना बोकेको क्षेत्र भएका कारण पनि अनुसन्धान केन्द्र स्थापना गर्नु आवश्यक छ ।’ राष्ट्रियसभा सदस्य गरिमा शाहले कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याए । ‘अनुसन्धानकै माध्यमबाट सुदूरपश्चिम प्रदेशलाई…

Read More

कञ्चनपुर: सोमबार मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षको ऐच्छिक विषय इतिहास अन्तर्गतको इन्टरडक्सन टु टुरिज्म डेभलपमेन्ट विषयको परीक्षा थियो। तर, १२ बजे बाँडिएको प्रश्नपत्रमा ६ वटा प्रश्न भारतसँग सम्बन्धित थिए। ती सबै प्रश्न पाठ्यक्रममै नरेहको कञ्चनपुरको एक परिक्षा केन्द्रमा रहेका विद्यार्थीहरुले भेउ पाए। जनज्योति बहुमुखी क्याम्पसमा परिक्षा दिइरहेका विद्यार्थीले त्यसको विरोध गरे। उनीहरुले पढ्नु नपर्ने भन्दै परीक्षा नै नदिने अडान लिएका थिए। त्यसपछि क्याम्पस प्रमुख प्रकाशदत्त जोशीले पाठ्यक्रम भन्दा बाहिरको सोधिएको स्वीकार गर्दै त्रिविको परीक्षा नियन्त्रण कार्यालयसँग कुरा गरेका थिए। त्यसको ५० मिनेटपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अर्को प्रश्नपत्र पठाएको थियो। अर्को प्रश्नपत्र पठाएपछि विद्यार्थीले परीक्षा दिएका छन्।जनज्योति बहुमुखी क्याम्पस…

Read More

धनगढीः धनगढीका सामुदायिक विद्यालयमा कार्यरत अध्यापन अनुमतिपत्र नभएका शिक्षकहरूलाई अवकाश दिइने भएको छ। अध्यापन अनुमतिपत्र नभएका शिक्षकहरूलाई अनिवार्य अवकाश दिन धनगढी उपमहानगरपालिकाले सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई पत्राचार गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीद्वारा हस्ताक्षरित पत्रमा सामुदायिक विद्यालयहरूमा नियम विपरीत अध्यापन अनुमतिपत्र  नभएका शिक्षकहरू नियुक्त भए/नभएको यकिन गरी नियमानुसार छानबिन गरेर आवश्यक कारबाही गर्न वडा कार्यालय र सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई पत्राचार गरिएको छ।

Read More

नेपाल प्रहरीले १२२ जना प्रहरी नायव निरीक्षक (सई) हरूलाई प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा गर्न सिफारिस गरेको छ। बढुवा समितिको सचिवालयका सदस्य सचिव प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले सूची प्रकाशित गर्दै बढुवा सिफारिस भएको जनाएका छन्। बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा अंगरक्षक गणका सई डमबहादुर धिंगालको नाम छ।

Read More