धनगढीः कैलालीको धनगढीमा अनुमति विना क्लिनिक सञ्चालनमा रहेका पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडी र वडा नम्बर ७ देवरियामा दुई वटा क्लिनिक अनुमति विना सञ्चालनमा रहेका पाइएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा २१ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक अनुमति विना सञ्चालनमा रहेका पाइएको हो। दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुले क्लिनिक सञ्चालनको अनुमति नलिएको र अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले विभिन्न प्रकारका औषधिसमेत बिक्री गर्दै आएका थिए। दुवैजना विरुद्द मुलुकी अपराध संहिता २०७४…
Author: महेन्द्रनगर पोष्ट
कैलाली: कैलालीको गोदावरी नगरपालिका- २ अत्तरियाको रिङ्गरोडबाट वेश्यावृतिमा संलग्न भएको आशंकामा ३ महिला पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले रिङ्गरोडमा रहेको पूजा होटलबाट ३ महिलालाई पक्राउ गरेको हो। मंगलबार साँझ सादा पोसाकमा बुझ्न गएका प्रहरीलाई होटल संचालिका बिपना थापाले नै केटी मिलाइदिने बताएपछि खानतलासी गर्दा वेश्यावृतिका लागि होटलमा राखेका २ महिला फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन्। सादा पोसाकमा बुझ्न भएका प्रहरीलाई ३५ वर्षीय होटल संचालिकाले केटी मिलाइदिन्छु भन्दै रेट बताएकी थिइन्। उनले १ घण्टाको १५ सय र एक रातको ६ हजार भनेर २ महिलालाई होटलमा देखाएकी थिइन्। ती…
काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई…
धनगढीः धनगढीका दुई जना लागुऔषधसहित पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार उपमहानगरपालिका वडा नम्बर ५ मटियारीका २९ वर्षिय लक्ष्मण खड्का र २० वर्षिय आदित्य चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुलाई कञ्चनपुरको पुनवार्स नगरपालिका वडा नम्बर ४ कारगिल डाँडाबाट आठ सय ४० मिलिग्राम खैरोहेरोइनसहित पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिईएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ।
काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेयले लिएका छन्। पछिल्लो तीन सातादेखि बिदामा बसेका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई मन्त्रालयमा सरूवा गरेर पाण्डेयलाई जिम्मेवारी दिएको हो। मन्त्रिस्तरीय बैठकले पाण्डेयलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र पोखरेललाई अर्थ मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको हो। पाण्डेय यसअघि निजामती किताबखानाका प्रमुख थिए। यही साउन ७ गते मात्र उनको अर्थ मन्त्रालयमा सरूवा भएको थियो। गत साता त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट एक क्विन्टल सुन बरामद गरिएसँगै भन्सारका कार्यरत धेरै कर्मचारीहरू परिवर्तन गरिएको छ। गत साता त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट एक क्विन्टल सुन बरामद गरिएसँगै भन्सारका कार्यरत धेरै कर्मचारीहरू परिवर्तन गरिएको…
धनगढी : दार्चुलामा एक बालिकाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार महाकाली नदीको किनारमा नाम थर, वतन नखुलेकी अन्दाजी १४/१५ वर्षीया बालिकाको शव मंगलवार दिउँसो फेला परेको हो। घटनाको प्रहरीले थप अनुसन्धान गर्दैछ।
दाङ – दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्। घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका-६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए। बसमा सवार २५/२६ जनामध्ये १७ घाइते भएका र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ। बस ब्रेक फेल भई अनियन्त्रित हुँदा लमहीबाट घोराहीतर्फ आउँदै टिपरसँग ठोक्किँदा दुर्घटना भएको हो।
काठमाडौं: चीन सरकारका परराष्ट्रमन्त्री छिन काङ पदबाट बर्खास्त भएका छन्। तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए। उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन। राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ। अब परराष्ट्रपमन्त्रीको जिम्मेवारी वाङ यीले पाउने छन्। नेपाल मामिलाका पनि जानकार मानिने वाङ भने दोस्रो पटक परराष्ट्रमन्त्री बनेका हुन्। उनी यसअघि २०१३ देखि २०२२ को डिसेम्बरसम्म परराष्ट्रमन्त्री थिए। गत डिसेम्बरमा वाङपछि काङले नै परराष्ट्र मन्त्रालय सम्हालेका थिए। ५७ वर्षीय काङ यसअघि अमेरिकाका लागि चिनियाँ राजदूतसमेत थिए।
काठमाडौँ : प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन डीएसपी केसीलाई बर्खास्त गरिएको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले सोमबार बर्खास्त गरेको हो । डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले बताए । बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।
काठमाडौँ : भारत सरकारले उपहारस्वरूप दिन लागेका मुर्रा जातका राँगा लिन जाने टोलीको टुङ्गो लागेको छ । पशु सेवा विभागका महानिर्देशकको नेतृत्वमा राष्ट्रिय पशु प्रजनन केन्द्रको कार्यालय पोखरा, प्रजनन केन्द्र लहान र पशु क्वारेन्टिन शाखाका वरिष्ठ पशु चिकित्सकको टोली भारत जाने भएको हो । नेपालको तर्फबाट टोलीको सूची स्वीकृत भइसकेको र भारतले मिति तय गरेर खबर गर्नासाथ त्यसतर्फ जाने विभागले जनाएको छ । बाँकेको रुपैडिया नाकाबाट ल्याइने १५ वटा मुर्रालाई तीनवटा सरकारी पशु प्रजनन केन्द्र (फार्म)मा राखिनेछ ।