Author: महेन्द्रनगर पोष्ट

बैतडी: भारतको उत्तराखण्डमा रहेको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । बाँध खोलेसँगै महाकाली नदीको जलस्तर बढ्ने भएकाले जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्क रहन आग्रह गरेको हो । वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोल्न लागेको धौलीगङ्गा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, ‘वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले जुनसुकै बेला पनि बाँधको ढोका…

Read More

काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधि सहभागी हुँदैछन् । कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) जस्ता संस्थाको समेत सहभागिता हुनेछ । फोरममा सहभागितामुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम छ । नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ । आइतबार बेइजिङ फ्रेण्डसिप होटलमा चिनियाँ विकास (सिआइडिसीए) उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटघाट हुनेछ । सोमबार उपाध्यक्षले…

Read More

काठमाडौँ: मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै, पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए । साइबर अपराधका मेद्दा सबैभन्दा बढी उजुरी परेको जनाउँदै उनले प्रहरीले अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको बताए । उनका अनुसार प्राप्त विवरणमा गत वर्षको तीन महिनामा एक हजार आठ सयको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो सङ्ख्या बढेर तीन हजार पाँच सयभन्दा बढी छन् ।…

Read More

गोरखा: गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् । मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु मर्न थालेपछि किसान मारमा परेका छन् । लम्पी स्किनले गोरु मरेपछि रोपाइँ गर्न नपाएको गण्डकी गाउँपालिका–३ फुजेलका विष्णुप्रसाद पन्तले बताए । “रोपाइँ गर्ने बेलामा गोरु मर्यो”, उनले भने, “धेरै किसानको गोठमा गोरु बिरामी छन्, रोपाइँ गर्न मुश्किल भएको छ ।” लम्पी स्किन रोगका कारण हल गोरु नै मरेपछि निरास बनेका पन्तले अब रोपाइँ गर्नका लागि ट्याक्टर खोज्न थालेको बताए…

Read More

काठमाडौँ: मिटरब्याज पीडितले देशभर हालसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये आजसम्म एक हजार तीन सय ८५ वटा उजुरीमा मेलमिलाप भएको छ । यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने व्यवस्था गरेको थियो । आयोगका एक सदस्य पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीका अनुसार फर्छ्योट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दासमेत रहेका छन् । यसअघि अदालतबाट पीडितका विरुद्धमा फैसला भएको भन्दै पीडितले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग गरेका थिए । त्यस्ता मुद्दामा पनि मेलमिलाप गरिएको उनले बताए । उनका अनुसार…

Read More

एजेन्सीः तिब्बती निर्वासित धार्मिक नेता दलाई लामा जम्मु कश्मिरको लदाख गएका छन्। लामा भारतको हिमाचल प्रदेशको धर्मशालाबाट नयाँ दिल्ली हुँदै त्यता गएका हुन्। दलाई लामा आज बिहान लदाख पुगेपछि स्थानीय तिब्बतीले स्वागत गरेको बताइन्छ। उनी गत वर्ष जुलाई महिनामा पनि लदाख भ्रमणमा पुगेका थिए। लदाखपछि राजधानी नयाँ दिल्ली पुगेर धर्मशाला फर्केका थिए। त्यसअघि कोरोना महामारीमा दलाई लामो धर्मशालाबाट बाहिर निस्केका थिएनन्।

Read More

काठमाडौँ: माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । तर परीक्षा रद्द भएका परीक्षार्थीहरु भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् । त्यस्तै नतिजा चित्त नबुझेका विद्यार्थीले साउन ५ गतेसम्म पुनर्योगको लागि निवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।

Read More

धनगढी: मुलुकको गुप्तचर निकायको रुपमा परिचित राष्ट्रिय अनुसन्धान विभागमा केही उच्च अधिकृतको बढुवा, सरुवा र पदस्थापन भएको छ। जसमा विभागको ललितपुर जिल्लामा कार्यरत एसएसपी इन्द्र लामालाई डिआईजीमा बढुवा गरिएको छ। बढुवालगत्तै उनलाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। उनले धनगढी आएर एक हप्ताभित्रै कार्यभार सम्हाल्ने स्रोतले जनाएको छ। यसअघि सुदूरपश्चिममा डिआइजी ओम खड्काले प्रदेशको कमाण्ड सम्हाल्दै आएका थिए।

Read More

धनगढी: धनगढीमा भन्सार छलीका सामानसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ शहिदगेट नजिकबाट भन्सार छलीका सामानसहित घोडाघोडी नगरपालिका–१ का २७ वर्षीय प्रेम शाही पक्राउ परेका हुन् । उनलाई करिब एक लाख २० हजार मूल्य बराबरका टाउजर, टि–सर्ट, जुत्तासहित शुक्रवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट भन्सार छलीका करिब १५ हजार ४३५ रुपैयाँ बराबरका चिनी, कुर्ती, धोती, साडी लगायतका सामान बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित पाँच युवक पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट ९८० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका–१ का २८ वर्षीय विनोद चौधरी र टीकापुर ३ का २६ वर्षीय लंक चौलागाई रहेका छन् । उनीहरुलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी गस्ती टोलीले एक थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट एक ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सडकघाटका २२ वर्षीय सुरज चौधरीसहित तीन जना रहेका प्रहरीले जनाएको छ ।

Read More