एजेन्सीः तिब्बती निर्वासित धार्मिक नेता दलाई लामा जम्मु कश्मिरको लदाख गएका छन्। लामा भारतको हिमाचल प्रदेशको धर्मशालाबाट नयाँ दिल्ली हुँदै त्यता गएका हुन्।
दलाई लामा आज बिहान लदाख पुगेपछि स्थानीय तिब्बतीले स्वागत गरेको बताइन्छ। उनी गत वर्ष जुलाई महिनामा पनि लदाख भ्रमणमा पुगेका थिए। लदाखपछि राजधानी नयाँ दिल्ली पुगेर धर्मशाला फर्केका थिए।
त्यसअघि कोरोना महामारीमा दलाई लामो धर्मशालाबाट बाहिर निस्केका थिएनन्।
Facebook Comments Box