Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढी उपमहानगरपालिकाले सबै वडा कार्यालयलाई लेखापढी गर्ने व्यक्ति हटाउन परिपत्र गरेको छ । उपमहानगरपालिका भित्रका १९ ओटै वडालाई सार्वजनिक परिपत्र गरिएको हो । उपमहानगरपालिकाले रकम लिएर लेखापढी गर्ने व्यक्तिलाई वडा कार्यालयमा प्रवेश गर्न नदिन भन्दै परिपत्र जारी गरेको हो । वडा कार्यालयभित्र तथा परिसरमा लेखापढी गर्ने व्यक्तिले सेवाग्राहीबाट रकम लिएर निवेदन लेखनलगायतमा सहयोग गर्दै आएका थिए ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–२ राजिपुरबाट सोही ठाउँका ३२ वर्षीय सियाराम चौधरी र २१ वर्षीय सुरेश चौधरीलाई पक्राउ परेका हुन् । उनीहरुलाई ९० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनुषा: नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छिन् । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा. राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुनेस्थिति चिन्ताको विषय भएको टिप्पणी गरिन् । “कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो”, उनले भनिन्, “यस प्रकरणमा सयौँ टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको…

Read More

राम धामी, डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकार मातहतको यातायात व्यवस्था कार्यालय डडेल्धुराले गत आर्थिक बर्षमा चार करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ । डडेल्धुराबाट गत आर्थिक वर्षमा प्रदेश सरकार मातहतका कार्यालयहरुबाट छ करोड बढी राजस्व सङ्कलन भएकोमा ७० प्रतिशतभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय डडेल्धुराबाट सङ्कलन भएको सुदूरपश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराका प्रमुख त्रिमलबहादुर साँउदले जानकारी दिए । उनले यातायात व्यवस्था कार्यालय डडेल्धुरासँगै डडेल्धुरास्थित घरेलु तथा साना उद्योग कार्यालय र डिभिजन वन कार्यालय डडेल्धुरामार्फत राजस्व सङ्कलन भएको बताए । सुदूरपश्चिम प्रदेश सरकार मातहतका जिल्लास्थित अन्य सरकारी कार्यालयहरुबाट समान्य राजस्व उठ्ने गरेको सुदूरपश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रण…

Read More

बझाङ: बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले पत्रकारलाई अपहरण गरी कुटपिट गरेको घटना बाहिर आएको छ । रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका हुन् । बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ । खड्का स्वयं उक्त होटलका सञ्चालक हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका छन् ।

Read More

अछाम: अछामको रामारोशन गाउँपालिका–१ का टेकबहादुर साउद विगत ६ दिनदेखि सम्पर्कविहीन छन् । चार महिनाअघि रोजगारीको सिलसिलामा भारत गएका उनी भारतको जयपुरबाट सम्पर्कविहीन भएका उनको पारिवारिक श्रोतले बताएको छ । उनलाई कसैले देखे नजिकैको प्रहरी वा ९८४८४१२२४७ मा खबर गरी सहयोग गर्न आग्रह गरिएको छ ।

Read More

एजेन्सी: भारतको मणिपुरमा चलिरहेको जातीय हिंसामा एक पक्षले अर्को पक्षका महिलाहरुलाई दुर्व्यवहार गर्ने घटनाहरु धेरै भइरहेका पाइएको छ । मणिपुरमा भिडले दुई महिलालाई निर्वस्त्र बनाएर हिँडाएको भिडिओ सार्वजनिक भएपछि अन्य महिलाहरूले पनि आफूसँग हिंसा भएको भन्दै त्यसबारे बोल्न शुरु गरेका छन् । कुकी र मैतेई दुवै समुदायका व्यक्तिहरुले अर्को ठाउँमा आफ्नो समुदायका महिलामाथि दुर्व्यवहार तथा बलात्कार समेत भएको भन्दै अर्को समुदायका महिलामाथि बलात्कार समेत गर्ने गरेका घटनाहरु सार्वजनिक हुन थालेका बीबीसीले जनाएको छ । कतिपय ठाउँमा शिक्षालयका छात्राबासहरुमा दिउँसै बलात्कार समेत भएको पाइएको छ । मणिपुरमा मैतेई र कुकी समुदायबीच गएको मे महिनामा जातीय द्वन्द्व सुरु भएदेखि अहिलेसम्म एक सय…

Read More

दोधारा चाँदनी: सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरमा एक सातादेखि तालाबन्दी हुँदा नियमित काम प्रभावित भएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित भएको हो । केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित भएको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । “यही साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ”, उनले भने, “वार्ताका लागि पहल भए पनि अहिलेसम्म छलफल हुनसकेको छैन ।” अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय आयोजक कमिटीका सह–सचिव दीपकराज अवस्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरिएको…

Read More

खलङ्गा: दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केही वर्ष पहिलेसम्म यहाँको ग्रामीण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकामा पछिल्लो समय आयोडिन नुनको बिक्रीवितरण बढेको छ । जनचेतना वृद्धि भएसँगै आयोडिन नुनको प्रयोग बढेको हो । खलङ्गा र गोकुलेश्वरमा आयोडिन नुनका १/१ डिपो छन् । व्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन् । बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्रीवितरण र प्रयोग दर बढ्दै गएको साल्टट्रेडिङ डिपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेमसिंह कुँवरले बताए । उनका अनुसार महाकाली नगरपालिका–४ खलङ्गामा रहेको बिक्री डिपोबाट…

Read More

भजनी: कैलालीको भजनी नगरपालिका–९ का समाजसेवी होमबहादुर बोहरा चार दिनदेखि कान्द्रा नदी नियन्त्रणमा व्यस्त छन् । वर्षाको समय सुरु भएसँगै कान्द्रा नदीमा पानीको बहाव बढ्दै गएपछि सात महिनाअघि मात्रै निर्माण गरिएको झोलङ्गे पुल जोखिममा परेकाले उनकै नेतृत्वमा सयौँ स्थानीयवासी पनि नदी नियन्त्रणका लागि जनश्रमदानमा जुटेका हुन् । ‘दिनप्रतिदिन नदीले कटान गर्न थालेपछि आसपासका बस्ती तथा पुल जोगाउन जैविक तटबन्धमा लागिएको हो’, समाजसेवी बोहराले भने, ‘नदीले पाँच मिटरभन्दा बढी जमिन कटान गरिसकेको छ । बलौटे माटो भएका कारण एकदिन आएको बाढीले पुल नै जोखिममा परेपछि जैविक तटबन्धको काम सुरु गर्नुपरेको हो ।’ होमबहादुर बोहराले अगाडि भने, ‘पाँच सय मिटर जमिन कटान भइसकेको…

Read More