कञ्चनपुर: महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। पानीको बहाव बढेपछि सोमबार बिहानदेखि बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो। महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।
Author: महेन्द्रनगर पोष्ट
बैतडी: लगातारको वर्षाका कारण खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत बैतडीको झौलेक र श्रीभावरमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। पहिरो पन्छ्याउनका लागि पहिरो खसेको ठाउँमा डोजर पुगिसकेको प्रहरी निरीक्षक जोशीले बताए। पहिरो पन्छ्याउने काम भइरहेकाले सडक सुचारु हुने उनले बताए। राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने सवारी साधन, बैतडीको पुर्चौंडी र सिगास जाने सवारी साधन र बझाङबाट अन्यत्रका लागि छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन्।
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको अभाव भएको छ। पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएको हो। साउन २३ गते बिहान खसेको पहिरोले सडक अवरुद्ध हुनका साथै भासिएको छ। सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे सडकमा यातायात सेवा सञ्चालन हुन सकेको छैन। तराई र पहाड जोड्ने मुख्य राजमार्ग एक सातासम्म अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री ढुवानीमा पनि समस्या भएको व्यवसायीले बताएका छन्। यातायातका साधन सञ्चालन नहुँदा डिजेल र पेट्रोलको अभाव चुलिएको छ। एकसातामा…
दार्चुला: दार्चुला प्रहरीले बलात्कार मुद्दाका १ प्रतिवादीलाई २ वर्षपछि पक्राउ गरेको छ। उच्च अदालत महेन्द्रनगरले २०७८ साल पुसमा २ वर्ष कैद तोकेका २५ वर्षीय युवकलाई सदरमुकाम खलंगाबाटै पक्राउ गरेको हो । दुँहु गाउँपालिका–२ का २५ वर्षीय करन समाललाई आइतवार दिउँसो गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। समाललाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको छ।
काठमाडौँ: मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको छ। यसका साथै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
धनगढी- कैलालीमा झण्डै साढे तीन लाख बराबरको अवैध सामानसहित तीन जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका-२ र ३ बाट भारतबाट अवैध सामान ल्याइरहेको अवस्थामा उनीहररूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१२ बस्ने ४० वर्षीय आशाराम चौधरी, धनगढी उपमहानगरपालिका-२ बस्ने निशा बिष्ट र ३५ वर्षीय रत्ना नाथ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए । उनकाअनुसार घोडाघोडीका चौधरीले भारतबाट ल्याएको अवैध सामान घर गोदाममा राख्दै गरेको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट चटकपुरको टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट ७९ जोर जुत्ता, ३६ जोर जुत्ताको लेस, ४ पिस लेदर र…
धनगढीः कैलालीमा आज( आइतवार) दिउँसो अटो दुर्घटना भएको छ। दुर्घटना हुँदा ५ जना घाईते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका –६ लालपुरको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको सु.प.प्र.०२००१ ह १६५२ नम्बरको अटो दुर्घटना हूँदा ५ जना सामान्य घाईते भएका हुन। अटो चालक गोबिन्द नेपालीले पैदल यात्री १२ वर्षीय बालक अभिषेक बि.क लाई बचाउन खोज्दा अनियन्त्रीत भएर अटो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। अटो पल्टिदा पैदल यात्री बालकसहित अटोमा सवार सोही वडाकी ईन्द्रा साउँद, उनका २ वर्षिय छोरा दिपक साउँद, सोही ठाउँकी अमृता भट्ट र डोटीको दिपायल सिलगढी नगरपालिका– ४ का साईले साउँद सामान्य घाईते भएका प्रहरीले…
बाजुरा : विगत चार दिनदेखि परेको अविरल वर्षका कारण कर्णाली नदीमा पानीको सतह बढेको छ । पानीको सतह बडेसँगै नदी किनारमा रहेका बस्ती र झोलुङ्गे पुल पनि उच्च जोखिममा परेका छन् । बाजुरा लगायत हुम्ला, मुगु, कालिकोट, अछाम, दैलेख, सुर्खेत, कैलाली र बर्दिया जिल्लाका कर्णाली नदी किनारका बस्ती जोखिममा पर्न सक्ने खतरा बढेको छ । जगन्नाथ गाउँपालिका पिलस्थित गुरुकुल विद्याआश्रमका सञ्चालक गङ्गाप्रसाद उपाध्याले भने । उपाध्याका अनुसार उक्त आश्रम कर्णाली नदी र पिलु खोलाको किनारामै छ कति वेला बगाउने हो , चिन्ता लागेको छ। प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार बाजुराको बुढिगंगा नगरपालिका वडा नं २ बजेडीका तीन घर भत्केका…
काठमाडौँ : माओवादी केन्द्रले नेता कृष्णबहादुर महरासँग सुन प्रकरणबारे प्रस्ट पार्न आग्रह गरेको छ। सुन तस्करी गर्ने समूहसँग पटक(पटक फोन सम्पर्कमा गरेको देखिएपछि पार्टीले यस्तो निर्णय गरेको हो । नौ किलो सुन भित्र्याउने समूहसँग महरा र उनका छोरा राहुलको संलग्नताबारे स्पष्ट पार्न माओवादी केन्द्रले महरासँग आग्रह गरेको छ। त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुल निरन्तर सम्पर्कमा रहेको पुष्टि भए पनि प्रहरीले यसबारे कुनै कारबाही अगाडि बढाएको छैन। मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता पठाउने निर्णय गर्न बसेको माओवादी पदाधिकारी बैठकले महरासँग सोध्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक नेताका…
धनगढी : एमालेबाट निर्वाचित कैलालीको गौरीगंगाका पूर्वमेयर भीम देउवा स्नातक तह दोश्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै फेला परेपछि परिक्षा हलबाट निकालिएका छन् । आजदेखि शुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोरेका उनको परीक्षासमेत रद्द गरिएको छ । खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत देउवाको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसमा परेको थियो । जाँच दिइरहेको अवस्थामा मोबाइल र गेस पेपर राखेर चिट चोरी रहेको अवस्थामा उनी समातिएको बताइएको छ । परीक्षा शुरु भएको एक घण्टा नहुँदै उनी चिटसहित फेला परेका उनको आजको परीक्षा रद्द गरिएको छ । भोलिदेखि भने परीक्षा दिन पाउने जनाइएको…