Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीकी एक १६ वर्षीया किशोरी भारतमा बेपत्ता भएकी छिन्।जिल्लाको लम्कीचुहा नगरपालिकाको व्यवस्थित नगरकी मेनुका खनाल भारतको मुम्बईबाट बेपत्ता भएकी हुन्। उनी भारतको मुम्बईस्थित कान्दिवली पटेल नगरबाट असार ३० गते साँझदेखि बेपत्ता भएको परिवारले जनाएको छ।उनलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी तथा मोबाइल नम्बर +९१९९३०३६०८७६ र +९१९१६७१७७८१३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Read More

काठमाडौँ : निर्वाचन आयोगले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण गराई एक महिनाभित्र सो प्रतिवेदन आयोगमा पेस नगर्ने राजनीतिक दललाई जरिवानाको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ । आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगको निर्णयबमोजिम ती दललाई सचेत र जरिवानाबारे बेग्लाबेग्लै पत्र पठाइ जानकारी दिने तयारी भएको बताए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा १ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले गरी लेखापरीक्षण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । कानुनमा व्यवस्था भए बमोजिम कार्य नगर्ने दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ बमोजिम ती दललाई सचेत तथा जरिवाना गर्न आयोगले यही साउन १ गते…

Read More

कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले  दुई करोड ५४ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्लाका विभिन्न ठाउँमा सञ्चालित सवारीसाधनलाई गरेको कारबाहीबाट आर्थिक वर्ष २०७९/८० मा  सो  राजश्व संकलन भएको हो । यो राजश्व आर्थिक वर्ष २०७८/७९ को भन्दा २१ लाखले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका जनाएको छ । अघिल्लो आर्थिक वर्षमा दुई करोड ३३ लाख ७८ हजार पाँच सय रुपैयाँ राजश्व उठेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार – एक वर्षको अवधिमा १९ हजार २४५ मोटरसाइकल , सात हजार ४५१ ट्रक, दुई हजार ५८७ बस, सात हजार ९५१ जिप, चार हजार…

Read More

काठमाडौँ:जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा ह्वात्तै बढेको छ । आर्थिक बर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयद्वारा २२ हजार ६ सय ७१ जनाको सिफारिस गरिएको छ । उक्त सङ्ख्या आर्थिक वर्ष २०७८/७९ को भन्दा १३ हजार आठ सय १७ जनाले बढी हो । जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिस गरिएको यो सङ्ख्या हालसम्मकै बढी भएको राहदानी फाँटका खरिदार सुमन थापामगरले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयबाट राहदानी सिफारिस गरिएको सङ्ख्या आठ हजार आठ सय ५४ रहेको थियो भने ६ हजार ६ सय १९ जनालाई राहदानी वितरण गरिएको थियो । विदेश अध्ययन…

Read More

बैतडी: बैतडी, दार्चुला र डडेल्धुरा क्षेत्रमा बिहानैदेखि वर्षा हुँदा महाकाली नदीमा पानीको बहाव बढेको छ । परशुराम नगरपालिका–५ महाकाली नदी पारिगाउँ बाढीमापन केन्द्रमा मंगलवार मध्याह्न १२ बजेतिर पानी ५ मिटर ८० सेन्टिमिटर पुगेको जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका प्रमुख श्याम सुनारले बताए । निरन्तरको वर्षासँगै महाकालीमा पानीको बहाव र सतह बढ्ने हुँदा नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनहरुले अनुरोध गरेका छन् ।

Read More

डोटीः डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ का अन्दाजी ३० वर्षीय नरबहादुर विष्टको भिरबाट लडेर मृत्यु भएको हो । उनको आज दिउँसो घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय हिक्मत विष्टले बताए ।

Read More

बैतडी: बैतडीको शिवनाथ गाउँपालिका-४ स्वलपला बगारका ३० वर्षीय लोकेन्द्र सिंह महता मलेसियामा मृत फेला परेका छन् । उनी सोमवार राती आफू बस्ने कोठाको बाथरुममा मृत भेटिएको खबर मिलेको स्वलपाला बस्ने आफन्त महेश सिंह महताले बताए । उनले मृत्युको कारणबारे भने जानकारी प्राप्त नभएको बताए । महता ७ वर्ष पहिले रोजगारीको सिलसिलामा मलेसिया गएका बताइएको छ । घरमा उनको श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

Read More

बाजुराः बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख जयलाल दानी मृत फेला परेका छन् । उनी आफ्नै क्वाटर अगाडि कुर्सीमा बसिरहेको अवस्थामा मृत भेटिएका ईलाका प्रहरी चौकी कोल्टिले जनाएको छ । बुढीनन्दा नगरपालिका–७ पाण्डुसैन घर भएका ४८ वर्षीय दानी कृषि प्राविधिक तर्फका स्थायी कर्मचारी हुन् ।उनी लामो समयदेखि रक्तचापको समस्याबाट पीडित रहेका बताइएको छ ।

Read More

कञ्चनपुर: लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो । एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र सडकमा पर्ने कल्भर्टको बीच भागबाट टुटेर भत्किएको छ । छब्बीस वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले कल्भर्ट निर्माण गरेको थियो । निर्माण गरिएको लामो समयसम्म मर्मत नगरिँदा कल्भर्ट भत्किएको स्थानीय बासिन्दाको भनाइ छ । “कल्भर्ट जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने वा नयाँ पुल निर्माण गरिनुपर्ने माग छ वर्ष पहिलेदेखि गर्दै आएका हौँ”, स्थानीय बासिन्दा चुडामणि जोशीले भने, “कुनै पनि निकायले ध्यान दिएन,…

Read More

कञ्चनपुर: आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ । महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक ९गेट० परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जियिनर शम्भु पण्डितले जानकारी दिए । मूल नहर निर्माण भएको क्षेत्रसम्म पानी परीक्षण गरिएको उनले बताए । “नेपाल–भारत सीमानाकासम्म महाकाली सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर बनाएपछि गत वर्ष असारमा पानी परीक्षण समेत गरेको…

Read More