Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रहरी महानिरीक्षक बसन्त कुँवरले २४ जना प्रहरीलाई पुरस्कृत गरेका छन्। पुरस्कृत हुनेमा कार्यालय सहयोगीदेखि एआईजीसम्म छन्। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पुरस्कृत भएका छन्।  उत्कृष्ट काम गरेको भन्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी केसीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय भएको हो। आफूलाई दिइएको जिम्मेवारी अनुशासित, इमानदार, लगनशील, व्यावसायिक र कर्तव्यनिष्ट ढंगले पूरा गरेको भन्दै उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको हो। आइजिपीबाट पुरस्कृत हुने अन्यमा एआइजी मीरा चौधरी, डिआइजी बुद्विराज गुरूङ, सिआइबीकम एसएसपी दिनेश आचार्यदेखि एसपी, डिएसपी, इन्सपेक्टर, प्रहरी हवल्दार र कार्यालय सहयोगीसम्म २४ जना…

Read More

अछाम: साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट सुरु भएकोछ । स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकारभित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेपछि मालपोत कार्यालयले नयाँ आर्थिक वर्ष सुरुवात सँगै कित्ताकाट प्रारम्भ गरेको हो ।नगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषिमा वर्गीकरण गरेर कित्ताकाटका लागि मालपोत कार्यालयमा सिफारिस गरेपछि कित्ताकाट सुरुवात गरिएको मालपोत कार्यालय अछामका प्रमुख शिवराज ढुङ्गानाले बताए । जग्गालाई कृषि र गैरकृषिमा गरेर आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल सिमसार, सार्वजनिक र सांस्कृतिक तथा पुरातात्त्विकमा वर्गीकरण गरिएको छ । स्थानीय तहका प्रमुख वा अध्यक्षको संयोजकत्वमा स्थानीय भू–उपयोग परिषद् गठन गरेर जग्गाको वर्गीकरण गर्ने प्रावधान रहेको छ। स्थानीय तहले जग्गाको वर्गीकरण…

Read More

धनगढी : सुदूरपश्चिमका व्यवसायीहरुले नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ उठाएपछि आपूर्ति सहज भएको छ । गत शुक्रबार निगमबाट लगिएको पेट्रोलियम पदार्थ स्टक राख्दै व्यवसायीहरुले पेट्रोल पम्प बन्द गर्दै तीन दिनदेखि थप माग नगर्दै कृत्रिम अभाव सिर्जना गरेपछि आपुर्ति अवरुद्ध भएको थियो तर मंगलबार भने व्यवसायीहरुले निगमबाट पेट्रोलियम पदार्थ उठाएर पम्पबाट बिक्रि वितरण गर्न थालेका हुन् । नेपाल आयल निगम धनगढीका प्रादेशिक प्रमुख मोहनकुमार शाहले मंगलबार कैलालीसहित प्रदेशमा ९ जिल्लाका विभिन्न डिलरहरुमा दुई लाख ४० हजार लिटर पेट्रोल र दुई लाख ८४ हजार लिटर डिजल पठाइएको जानकारी दिए । निगमले बजारमा इन्धन पठाएसँगै आपुर्ति सहज भएको छ । तर तीन दिनदेखि…

Read More

कञ्चनपुर:महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ पानीको बहाव १ लाख ४३ हजार ६९८ क्युसेक पुगेको छ। बिहान पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारी साधन आवागमन बन्द गरिएको थियो। महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।

Read More

काठमाडौँ : पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए। उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङ्क्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए। डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेङ्गु…

Read More

महेन्द्रनगरः महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ गर्न सकिने भएको छ। आयोजना सुरु भएको डेढ दशकपछि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ। आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितका अनुसार – महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको छ। नेपाल–भारत सीमानाकासम्म महाकाली सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर बनाएपछि गत वर्ष असारमा पानी परीक्षण समेत गरेको थियो । पानी परीक्षणका क्रममा आयोजना कार्यालयले शुक्लाफाँटा नगरपालिकाको सुनबरा नदीमा पानी छाडेको…

Read More

काठमाडाैं : काठमाडौं जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए । उनका अनुसार उक्त प्रकरणमा संलग्न भनिएका अर्का प्रतिवादी अमृत कार्कीलाई भने साधारण तारेखमा छोड्न आदेश भएको छ । प्रहरीले भेपमा सुन तस्करी…

Read More

बैतडी : जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित मानिकाखानमा रुख ढलेपछि अवरुद्ध बैतडीको दशरथचन्द राजमार्ग सुचारु भएको छ । मानिकाखानमा सल्लाको रुख बिच सडकमा ढलेपछि अवरुद्ध भएको राजमार्ग सुचारु भएको हो । मंगलबार अप्राहन्न ४ बजे देखि अवरुद्ध राजमार्ग ६ बजेदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । सडकमा ढलेको रुख हटाएपछि राजमार्ग खुलेको हो ।

Read More

धनगढीः कैलालीको लम्कीमा १७ वर्षिय युवकको मृत्यु भएको छ।जिल्लाको लम्की–चुहा नगरपालिका–६ मा रानीजमरा कुलरियाको पश्चिम नहरमा डुबेर एक जना युवकको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा धर्मसिंह चलाउनेका छोरा योगेश चलाउने रहेका छन्।आज दिउसो रानी–जमरा–कुलरियामा नुहाउन गएका चलाउनको नहरमा डुब्न लागेको साथीलाई बचाउन जादा मृत्यु भएको प्रहरीले जनाएको छ

Read More

धनगढी:सुदूरपश्चिममा हरेक आर्थिक वर्ष जस्तै यसपाली पनि ११ अर्बको बजेट खर्च भएन। आर्थिक वर्ष २०७९/८० को पुँजीगत तर्फको ७ अर्ब र चालु तर्फको ४ अर्ब रकम खर्च नभएको हो। ३५ अर्बको कुल बजेटमा २४ अर्ब मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि कुल ३५ अर्ब ८ करोडको बजेट विनियोजन गरेको थियो। त्यसमध्ये चालु तर्फको ४ अर्ब र पुँजीगत अथवा विकास बजेटको ७ अर्ब रकम खर्च नभएको हो। २२ अर्ब ८४ करोड पुँजीगत बजेटमा १५ अर्ब र चालु तर्फको १२ अर्ब ३ करोडमा ८ अर्ब मात्रै खर्च भएको प्रदेश कोष लेखा…

Read More