महेन्द्रनगरः महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ गर्न सकिने भएको छ। आयोजना सुरु भएको डेढ दशकपछि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ।
आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितका अनुसार – महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको छ। नेपाल–भारत सीमानाकासम्म महाकाली सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर बनाएपछि गत वर्ष असारमा पानी परीक्षण समेत गरेको थियो । पानी परीक्षणका क्रममा आयोजना कार्यालयले शुक्लाफाँटा नगरपालिकाको सुनबरा नदीमा पानी छाडेको छ।
हाल निर्माणाधीन २२ वटा शाखा नहरमध्ये दुईवटा शाखा नहर तयार भइसकेका इन्जिनियर पण्डितले बताए । उनका अनुसार- “२० र २१ नं शाखा नहर तयार भएर साढे छ सय हेक्टरमा सिँचाइ पु¥याउन सकिने भएको छ ।