Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मङ्गलवार कम्बोडिया जाने भएका छन् । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।

Read More

कैलाली : नेपाली कांग्रेस सुदूरपश्चिमले बजेटका पक्षमा मतदान गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले बजेट पारित गर्न मतदान गर्ने निर्णय गरेको हो । बजेटमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले पनि पारित गर्ने निर्णय गरिसकेको छ । प्रदेश सरकारले १ असारमा २९ अर्ब २६ करोड बराबरको बजेट ल्याएको थियो । यसअघि बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरुले असहमती जनाउदै आएका थिए ।

Read More

धनगढी : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको बजेट पारित गर्ने निर्णय गरेका छन् । प्रदेश सरकारले १ असारमा २९ अर्ब २६ करोड बराबरको बजेट ल्याएको थियो । सरकारले ल्याएको बजेट पारित गर्ने निर्णय आज दुवै दलको संसदीय बैठकले गरेको हो । यसअघि बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरुले असहमती जनाउदै आएका थिए ।

Read More

दार्चुला – नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । मेलामा घाँस काट्ने क्रममा शुक्रबार अवेर भीरबाट खसेको ढुंगा टाउकोमा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले जनाएका छन् । घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक सीताका पति, छोरा, बुहारी र नातीनातिना छन् ।

Read More

काठमाडौँ : नेपालबाट आधिकारिक रूपमा पहिलो पटक पशुपालनका लागि उपयोगी हेलेज (पशु आहार) चीन निर्यात सुरु गरिएको छ । चितवनको भरतपुरबाट चीनमा हेलेज निर्यात सुरु गरिएको हो । भरतपुरमा उत्पादित प्याकिङ घाँस हेलेज चीनमा निर्यातको शनिबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे । कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको सुरुआत भएको भन्दै अब नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए । व्यापार घाटा कम गर्ने र सफल रूपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्नेतिर लैजान जरुरी रहेको उनले बताए । सो अवसरमा…

Read More

धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ । एमाले संसदीय दलकातर्फबाट प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १९क० अनुसार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् । खर्च शिर्षक समेत उल्लेख गरेर सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरग मन्त्रालयहरुका भवनहरु विकास तथा व्यवस्थित गर्ने कार्यका लागि अनुदान रकमको १९ करोड विनियोजन गरिएकाले कटौती गर्न माग गरिएको छ । यसअघिको प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरिसकेकोमा उक्त निर्णयको अवज्ञा गर्दै निती र विधि मिचिएको प्रस्तावमा उल्लेख गरिएको छ । एमालेले उक्त बजेट विनियोजन गरिनुले अख्तियारको समेत दुुरुपयोग भएकाले…

Read More

काठमाडौँ : काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसीका कर्मचारी मृत फेला परेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी इन्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए। उनको परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। उनका अनुसार पक्राउ गरिएकामा प्रशासन प्रमुख मनोजकुमार बस्नेत, फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन्। निजहरुले मानसिक तनाब दिएकाले अमृतले आत्महत्या गरेको परिवारले आरोप लगाएका छन्। अमृतले ‘आफूलाई फसाउन खोजिएको’ भनेर…

Read More

अछाम: अछामको मंगलसेन नगरपालिका–१४ कालागाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त प्रहरी पोष्टको शुक्रवार अछामका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेले उद्घाटन गरेका हुन् । कालागाउँको मेलपोखरामा स्थापना गरिएको अस्थायी पोष्टको कार्यक्षेत्र मंगलसेन नगरपालिका–१० र ११ जुपु, १२ बान्नातोली, रामारोशन गाउँपालिकाका–१ मलातीकोट र बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना रहनेछ । अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले उक्त अस्थायी प्रहरी पोष्टमा असइको नेतृत्वमा सात जना प्रहरी खटाइएको बताए ।

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७९–८० मा लागुपदार्थ सेवन ९लापसे० गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाएरचलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी विसं २०७९…

Read More

खलङ्गा: भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्याएको छ । भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ दार्चुलाको महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको हो । “ब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ”, स्थानीय नरभान…

Read More