Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, र भरतपुर तालिम शिक्षालयमा अब प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले नै कमान्ड गर्ने भएका छन्। यसअघि डीआईजीले यी कार्यालयहरूको कमान्ड सम्हाल्दै आएका थिए। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार, अब जसको दरबन्दी जहाँ छ, त्यहीँ खटाउने निर्णय गृह मन्त्रालयले गरेको हो। पहिले यी कार्यालयहरूमा डीआईजीकै दरबन्दी भए पनि, दरबन्दी कटौतीपछि एसएसपीले कमान्ड सम्हाल्न थालेका थिए। केही वर्षयता अन्य कार्यालयका डीआईजीलाई काजमा खटाएर यी कार्यालयहरूमा जिम्मेवारी दिइँदै आएको थियो। तर, हाल गृह मन्त्रालयले यी कार्यालयमा स्थायी रूपमा एसएसपीलाई जिम्मेवारी दिने निर्णय गरेको छ। गृह मन्त्रालयले हालै तीन कार्यालयका…

Read More

बाँके: बाँकेको राप्ती सोनारी गाउँपालिका-२ स्थित इलाका प्रहरी कार्यालय धामपुर (बैजापुर) चौकीमा रहेका प्रहरी नायब निरीक्षक (सई) कमल थापालाई तानेर इलाका प्रहरी कार्यालय कोहलपुरका सई बल बहादुर घर्तीलाई नयाँ इन्चार्जको रूपमा पठाइएको छ। सई थापा विभिन्न विवादमा मुछिएपछि राप्ती नदीमा अवैध उत्खनन गर्ने गिरोहसँग मिलेमतो गरी असुली धन्दा चलाएको आरोप लगाउँदै समाचार सार्वजनिक भएको थियो। यसपछि जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई तानेर नयाँ इन्चार्ज पठाउने निर्णय गरेको हो। स्थानीयबासी र जनप्रतिनिधिहरूले सई थापाले अवैध उत्खननमा संलग्न गिरोहसँग साँठगाँठ गरी अवैध असुली गरेको आरोप लगाएका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले छानबिन गरेर थापाको स्थानमा कोहलपुरका सई बल…

Read More

काठमाडौं: नेकपा एमालेले तीन नेतामाथि गरेको कारबाहीमा दुई जना केन्द्रीय सदस्यले औपचारिक बैठकमा विरोध जनाएका छन्। आइतबार पार्टी मुख्यालय, च्यासलमा सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वय प्रकाश शाह (बाजुराबाट) र झपटबहादुर रावलले (कैलाली) विरोध जनाएका छन्। एमालेको पुस १० गते बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निकाला गर्दै विन्दा पाण्डे र उषाकिरण तिम्सेनलाई ६ महिनाका लागि निलम्बनको निर्णय गरेको थियो। उक्त निर्णय आइतबार केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको छ। बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यसपछि महासचिव शंकर पोखरेलले केन्द्रीय समितिको सातौँ बैठकयता बसेको १४ वटा सचिवालय बैठक र एउटा पोलिट्ब्युरो…

Read More

काठमाडौं: नेपाली सेनाद्वारा निर्मित  काठमाडौंको स्वयम्भूस्थित छाउनी अस्पतालमा सामान्य जवानदेखि पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल तथा छत्रमानसिंह गुरुङसम्मले उपचार गराइरहेका छन्। पछिल्लो समय सेवा सुधार थालेको अस्पतालले न्यूरोलोजिक समस्याले ग्रस्त छत्रमान गुरुङको ७ महिनादेखि अस्पतालको भिआइपी वार्डमा राखेर उपचार गर्दैछ। उनलाई पेटमा प्वाल पारेर खाना खुवाउने विधिबाट उपचार भइरहेको छ। यस्तै अस्पतालमा पूर्व तीनतारे जर्नेल बालानन्द शर्माकी पत्नी पनि डेढ वर्षदेखि पक्षाघातको उपचार गराइरहेकी छन्। त्यस्तै पूर्व सेनापति रुक्माङ्गत कटुवाल मिर्गौलाको समस्या भएकाले हप्तामा दुई पटक अस्पतालमा डायलायसिस गरिरहेका छन्। नेपाली सेनाका अग्रजहरूले आफ्नो व्यक्तिगत लाभभन्दा संस्थाको भविष्यलाई ध्यानमा राखेर स्थापना गरेको यो अस्पतालले सैनिकहरूको स्वास्थ्य सेवामा ठूलो योगदान दिएको छ।

Read More

धनगढी: कञ्चनपुर घर भएका सशस्त्रका वरिष्ठ हवल्दार बेपत्ता भएका छन्। जिल्लाको बेलौरी नगरपालिका-१० भुडा घर भएका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार अन्दाजी ४० वर्षीय लोकराज पन्त बेपत्ता भएका हुन्।   यही पुष १५ गते ड्युटीमा जान्छु भनी सशस्त्र प्रहरी सिराहा गणका लागि घरबाट हिँडेका उनी अहिलेसम्म त्यहाँ नपुगेको खबर पाएको उनका भतिजा सन्तोष पन्तले बताए। उनका अनुसार मानसिक स्वास्थ्य ठिक नरहेका लोकराज लामो समयदेखि घरमै थिए।

Read More

धनगढी: दार्चुलामा भिरबाट लडेर ८६ वर्षीय वृद्धको मृत्यु भएको छ। लेकम गाउँपालिका-५ अम्कुरका गगनसिंह बोहराको भिरबाट लडेर मृत्यु भएको हो। शनिबार साँझ दाउरा ल्याउन गएका बोहराको बाँजाधार भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको उक्त वडाका अध्यक्ष बलदेवसिंह बोहराले जानकारी दिए। गाउँका जेष्ठ नागरिक बोहराको मृत्यु भएपछि गाउँमै रहेको भगवती आधारभूत विद्यालयमा आज शोक बिदा दिइएको उनले बताए।  यस्तै कञ्चनपुरमा एकजना मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका- ६ स्थित जमुनाघाडी जङ्गलमा महिला मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३५/३६ वर्षकी महिलाको शव फेला परेको छ भने मृतकको सनाखत हुन सकेको छैन। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतो फेरि पक्राउ परेका छन्। उनलाई शक्रबार समातिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी नवराज अधिकारीले अभद्र व्यवहारको आरोपमा एक महिलाले जाहेरी दिएपछि महतोलाई पक्राउ गरिएको जानकारी दिए। महतो पटकपटक पक्राउ परिरहने व्यक्ति हुन्। यसअघि गत वर्षको माघमा विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा उनी पक्राउ परेका थिए। सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनी पक्राउ परेका थिए। त्यसअघि पनि उनी साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए। उनी युवतीको आड लिएर केही राजनीतिक व्यक्तित्वको चरित्र हत्या गर्ने कार्यमा सक्रिय छन्।

Read More

धनगढी: बाजुराको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराले सुदूरपश्चिम प्रदेशको नाम परिवर्तनको माग गर्दै बहस सुरु गरेका छन्। शनिबार धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले “सुदूरपश्चिम” नामले प्रदेशको पहिचानलाई पछौटेपनसँग जोड्ने भएकाले नयाँ र सकारात्मक नाम राख्नुपर्ने धारणा व्यक्त गरे। “हाम्रो परिचय सुदूर बनाइराख्न पाइँदैन”नगर प्रमुख बोहराले भने, “पहिला गाउँघरमा बार अनुसार नाम राख्ने चलन थियो। त्यस्तै, प्रदेशको नामले यहाँका बासिन्दाको पहिचानलाई सधैं सुदूर र पछाडि देखाउने काम गरिरहेको छ। काठमाण्डुका लागि यो सुदूर होला, तर हाम्रो लागि त काठमाण्डु नै सुदूर हो।” उनले प्रदेश सभालाई नाम परिवर्तनको विषयमा पुनः छलफल गर्न आग्रह गरे। यस्तै नगर प्रमुख बोहराको टिप्पणीमा प्रतिक्रिया…

Read More

काठमाडौँ: सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सीमावर्ती तीन प्रदेशका डिआइजीलाई मुख्यालय हल्चोकमा तानेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका डिआइजीलाई सीमा सुरक्षा विभाग प्रमुख सिपी गौतमसमक्ष उपस्थित गराइएको छ। सीमा सुरक्षामा समस्या देखिएको र व्यवसायिकतामा प्रश्न उठेकी भन्दै उनीहरू तानिएका हुन्। जसमध्ये कोशी प्रदेशका डिआइजी शम्भु सुवेदी व्यक्तिगत कामका लागि भन्दै अमेरिका गएका छन्। उनी अनुपस्थित रहेपछि निमित्तको रूपमा जिम्मेवारी सम्हालिरहेका एसएसपी मनिष थापालाई पनि मुख्यालयमा झिकाइएको छ। अविवाहित थापा खानपिनमा रसिक र अनुशासित व्यक्तित्वका रूपमा चिनिन्छन्। मधेश प्रदेशका डिआइजी कालिदास धौबजी पनि मुख्यालय हल्चोकमा तानिएका छन्। लुम्बिनी प्रदेशका डिआइजी प्रदीपकुमार पाललाई पनि मुख्यालयमा हाजिर गराइएको छ। प्राविधिक क्षेत्रबाट आएका…

Read More

धनगढी: कैलालीमा जंगली जनावर मार्न थापेकाे धरापमा युवक परेको घटनामा चार जना पक्राउ परेका छन्। गाैरीगंगा नगरपालिका-१ काे माैवारि सामुदायिक वनमा विद्युतीय तार विछायाएर थापिएकाे धरापमा परेर गत भदौमा साेही ठाउँ बस्ने २० वर्षीय आदित्य चाैधरी घाइते भएका थिए। उक्त घटनामा गाैरीगंगा नगरपालिका-३ बस्ने ३५ वर्षीय धनीराम चाैधरी, ४० वर्षीय शनिराम चाैधरी, ३२ वर्षीय बाबुराम चाैधरी र २६ वर्षीय बिनु चाैधरीलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले जानकारी दिए। उनीहरूविरूद्व ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बाेहराले बताए। धरापमा परेर घाइते भएका चाैधरी भने उपचारपछि घर फर्किसकेका छन्।

Read More