Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा दुई महिनाको अवधीमा लागुऔषध सम्बन्धी मुद्दामा ८१ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा लागुऔषध सम्बन्धीका ५३ मुद्दामा ८१ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको हो। आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले लागुऔषधको कारोबार तथा सेवनमा संलग्न ८१ जनालाई पक्राउ गरि मुद्दा चलाइएको जानकारी दिए। बिष्टले पक्राउ पर्नेमा दुई जना महिला र ७९ जना पुरुष रहेको बताए। उनकाअनुसार साउनमा दर्ता भएका ३३ वटा मुद्दामा ४७ जना र भदौमा दर्ता भएका २० मुद्दामा ३४ जनालाई पक्राउ गरिएको थियो। उनीहरुको साथबाट विभिन्न खालका लागुऔषध…

Read More

धनगढी: डोटीमा जबरजस्तीकरणी गरेर फरार भएका युवक आमाको किरियापुत्री बसेको अवस्थामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल रहेको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए। रैकालले ३१ भदौमा २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गर्दै ३० हजार रुपैयाँ समेत लुटेको अभियोगमा आइतबार दिउँसो इलाका प्रहरी कार्यालय आर्दशको टोलीले पक्राउ गरेको डीएसपी भट्टराईले बताए। भट्टराईकाअनुसार घटनापछि फरार भएका रैकाल शनिवार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतबार बिहान मात्र घर आएका थिए। आमाको दाहसंस्कार सकेर किरियापुत्री बसेको अवस्थामा रैकाललाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि…

Read More

काठमाडाैं: सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलाडी टिकाउन प्रयास थालिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले क्रिकेट खेलाडीहरू विभागीय टोलीमा जाने लहर नै चलेपछि उक्त समस्या समाधानका लागि पहल थालेको हो। प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले प्रदेशका १० जना उत्कृष्ट महिला तथा पुरुष क्रिकेट खेलाडीलाई मासिक तलब दिने तयारी भएको बताए। ‘केही प्रतियोगिता प्रदेशको प्रतिनिधित्व गरेर खेलेपछि अधिकांश क्रिकेट खेलाडी विभागीय टोलीमा जाने लहर नै छ,’ अध्यक्ष जोशीले भने, ‘उक्त समस्या समाधानका लागि र उत्कृष्ट खेलाडीलाई पनि सुदूरपश्चिम प्रदेशबाटै खेलाउन तलब दिने तयारी गरेका छौँ। पाँच जना खेलाडीलाई नेपाल क्रिकेट संघले दिने बताएको छ। अन्य १० जनालाई प्रादेशिक क्रिकेट संघले दिन्छ। असोजकै…

Read More

काठमाडौँः एन्फा महिला लिगमा शीर्ष स्थानको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सुदूरपश्चिमविरूद्ध गोलको वर्षा गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले १९–० को जित निकालेको हो। पहिलो हाफमा ११ गोल गरेको एपिएफले दोस्रो हाफमा ८ गोल थपेको थियो। एपिएफका लागि रश्मीकुमारी घिसिङले चार गोल गरिन्। उनले ८, ४२, ४७ र ७६ मिनेटमा गोल गरेकी थिइन्। यस्तै अनिता केसीले १४, ४५+२, ४५+३  र ६२ मिनेटमा गरी चार गोल नै गरिन्। प्रिति राईले पनि ४५+४, ६४ र ६७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। सविता राना मगरले ३० र ४४ मिनेटमा गरी दुई गोल गरिन्। कुसुम खतिवडाले पनि ८२ र ८६ मिनेटमा…

Read More

काठमाडौं: केही समय अगाडि नेकपा एकीकृत समाजवादीकी एक नेतृको गोप्य भिडिओ भन्दै सोसल मिडियामा भाइरल गरिएकोमा अहिल्व एमाले नेतृको भिडिओ भाइरल गराइएको छ। नेकपा एमालेकी नेत्री एवं एमाले सांसद, प्रतिनिधि सभाकी सचेतक सुनिता बरालको भिडिओ भाइरल गराइएको हो। फोटोसँगै लेखिएको छ, ‘एमाले नेता सचेतक सुनिता बरालले दुई छोरीको बाउ भएको व्यक्तिसँग रोमान्स गर्दै, अन्तिम फोटोमा सप्रमाण छ। यस्तै हुन् यी गन्ध आएका पुराना पार्टी र ती पार्टीका नेता।’ पछिल्लो समय विभिन्न पार्टीका नेता तथा नेत्री यस्ता काण्डमा फस्दै आएका छन् भने केहीले त मुद्दासमेत झेलिरहेका छन्। पछिल्लो समय यौन दुराचारको विषय राजनीतिमा बल्झिदै गएको देखिन्छ। यसबाट राजनीतिक नैतिक स्लखनको पथ…

Read More

काठमाडौं: काठमाडौंको शान्तिनगरमा रहेको जिम्बु थकालीमाथि कारबाही गरिएको छ। तोकिएकोभन्दा बढी मूल्यमा मिनरल वाटर बेचेको पाइएपछि वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले कारबाहीस्वरुप तीन लाख रुपैयाँ जरिवाना तिराइएको जनाएको छ। केही दिनअघि विभागमा जिम्बु थकाली रेस्टुरेष्टले मिनरल वाटरको धेरै मूल्य लिएको भन्दै उजुरी परेको थियो। त्यसपछि विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गर्दा ३५ रुपैयाँको मिनरल वाटरलाई एक सय रुपैयाँसम्म असुलेको पाइएको हो। महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूहरुलाई समेत ठगेको बताए। ‘उजुरीपछि के रहेछ भनेर हामी रेस्टुरेष्ट गयौं। पानी मागेका पनि थिएनौं। तर, उहाँहरु आफैँले दिनुभयो। हामीले पानी र मःमः खायौं,’ उनले भने, ‘तर, एक बोतल पानी जसको अंकित…

Read More

धनगढी: कैलाली प्रहरीका एसपीसहित ४ प्रहरी पुरस्कृत भएका छन्। प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले एसपीलाई पुरस्कार दिएको हो। प्रदेश प्रहरी प्रमुख डिआईजी रविन्द्र केसीका अनुसार पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्ट रहेका भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक(सई) गजेन्द्रबहादुर चन्द, प्रहरी सहायक हवल्दारद्धय महेश चन्द र सन्तोश महरा पुरस्कृत भएका छन्। उनीहरू रेकर्डमा जनिनेगरि नगदसहित पुरस्कृत भएका हुन्। डडेल्धुराको अमरगढी नगरपालिका–२ घर भएर धनगढी बस्दै आएकी ३१ वर्षीया बिमा थापामगर मृत भेटिएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपी बिष्टसहितका चार जना प्रहरीलाई पुरस्कृत गरिएको हो। उपलब्ध स्रोत साधनको उचित प्रयोग गरि एक वर्षदेखि रहस्यमा रहेको…

Read More

काठमाडौं: काठमाडौं प्रहरीभित्र ५० लाख काण्डको छानबिन जारी छ। सेटिङ गरेर ५० लाखमा थुनुवा भगाएको प्रकरणमा छानबिन जारी राखिएको हो। स्रोतका अनुसार क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरी दुई दिन थुनामा राखेर ५० लाख रुपैयाँ बिचौलियामार्फत असुलेर छाडिएको थियो। सोही घटनामा अहिले इन्स्पेक्टरसहित केही प्रहरीको मिलेमतो तथा शंकास्पद भूमिका देखिएको छ। जसमा काठमाडौं परिसरका इन्स्पेक्टर प्रतिक सिंह पनि मुछिएका छन्। उनको कमजोरीका कारण सो घटना भएको उपत्यका प्रहरी कार्यालयले गरेको छानविनले देखाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसीको नेतृत्व यस विषयमा इन्स्पेक्टर सिंहको समेत कमजोरी औंल्याएर प्रतिवेदन बुझाएको स्रोतले जनाएको छ। सिंहको मातहत काम गर्ने हवल्दार गणेश…

Read More

काठमाडौं: नेपाल प्रहरी विवादित डिआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन्। आज उनलाई नक्साल तानिएको हो। ठकुरीलाई कारबाहीस्वरुप प्रहरी प्रधान कार्यालय नक्साल तानिएको प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार कर्णालीबाट तानिएपछि उनको स्थानमा प्रहरी नायव महानिरीक्षक जनक भट्टराई पठाइएका छन्। गृह मन्त्रालयले डीआईजी जनक भट्टराईलाई कर्णाली प्रदेश पठाएर ठकुरीलाई तानेको हो। ठकुरीलाई अपराध अनुसन्धान विभाग नक्सालमा ल्याइएको हो। विवादित ठकुरी मदिरा पिएर नाइट बस चढेको प्रकरणपछि विवादमा तानिएका थिए। मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा ठकुरीलाई हेडक्वाटर तानिएको बताइएको छ। विवादित छवि तथा प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा परिचित ठकुरी बेलाबखत विवादमा आइरहन्छन्। र,…

Read More

धनगढी: धनगढीमा बेहोस् अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ। आइतबार धनगढीको ट्राफिक चोकमा बेहोस् अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको पहिचान हुन सकेको छैन। शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More