दार्चुला: ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट दार्चुलामा हालसम्म एक हजार एक सय ६९ पशुचौपाया मरेका छन्। लम्पी स्किनको सङ्क्रमण ३३ हजार तीन सय ३० पशुचौपायामा पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र दार्चुलाका सूचना अधिकारी खेमराज भट्टले जानकारी दिए। उनका अनुसार दार्चुलाका नौवटा स्थानीय तहमा एक सय ४३ बाच्छाबाच्छी, तीन सय ७८ गाई, छ सय २२ गोरु र २६ भैँसी मरेका छन्। त्यस्तै चार हजार नौ सय ५१ बाच्छाबाच्छी, १४ हजार दुई सय ९५ गाई, १३ हजार सात सय पाँच गोरु र तीन सय ६९ भैँसी सङ्क्रमित भएका छन्। लम्पी स्किन विशेषगरी गोरु साना बाच्छाबाच्छी, गाई र भैँसीमा बढी देखापरेको छ।…
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुरा: डडेल्धुरामा लागुऔषधसहित एकजना पक्राउ परेका छन्। हिजो आइतबार जिल्लाको अमरगढी नगरपालिका-१ स्याउलेबाट भारतीय नागरिक २४ वर्षका मुन्ना खान पक्राउ परेका हुन्। भारतको पिलिभित मोहल्ला गाउँका उनी स्याउलेस्थित एक ग्यारेजमा जीप मर्मतको काम गर्दै आएका थिए। विशेष सूचनाका आधारमा उनको कोठामा खानतलासी गर्दा ०.१८ ग्राम खैरो हेरोइन(ब्राउन सुगर) फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताए। खानलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए। मुन्ना उनै हुन जसमाथि प्रहरीले लामो समयदेखि निगरानी गर्दै आएको थियो। पछिल्लो समय लागुऔषध नियन्त्रणमा डडेल्धुरा प्रहरी सक्रिय छ। जिल्लामा लागुऔषध कारोबार गर्नेदेखि प्रयोग गर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्दै कारबाही गर्दै…
काठमाडौँ: हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
धनगढी: कैलालीमा घरमा लुकाएर राखिएको लागुऔषधसहित एक दम्पति पक्राउ परेको छ। आइतबार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टाेलीले गोदावरी नगरपालिका-५ गेटा बस्ने २० वर्षीया अनिता राना र निजको श्रीमान २४ वर्षीय अन्तराम रानालाई पक्राउ गरेकाे हाे। घरमा खानतलासी गर्ने क्रममा उनीहरू सुत्ने कोठामा राखिएको प्लाष्टिकको जेब्रा झोलामा २ ग्राम लागुऔषध खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। अन्तराम रानालाई ३ महिना अगाडी पनि सामान्य चोरीको घटनामा कारबाही गरिएको प्रहरीले जनाएको छ। उनीहरूले अपाङ्गताको आवरणमा श्रीमान-श्रीमती भारतको सीमानाका बजारबाट लागुऔषध ल्याएर गाउँटोलका युवा ग्राहकहरुलाई स-साना पुरिया बनाई बिक्रीवितरण गर्ने गरेको प्रारम्भिक…
काठमाडौं : प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षका राजेन्द्रप्रसाद खनाल र उनका छोरा २३ वर्षका विशाल खनाल रहेका छन् । राजेन्द्रले आफू प्रधानमन्त्रीको सुशासन सल्लाहकार रहेको र अन्य प्रमुख नेताहरुसँग पनि चिनजान रहेको भन्दै विभिन्न कम्पनी र व्यवसायमा सहभागी गराउने आश्वासन दिएर ४५ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । उनीहरुले ना ४ च ८६७० नम्बरको जिपसमेत लिएर फरार भएपछि इलाका प्रहरी कार्यालय दमक झापामा उजुरी परेको थियो । उनीहरुविरुद्ध जिल्ला अदालत…
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने ४२ वर्षीय पुष्पराज जोशी पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका जोशीले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।
काठमाडौँ : खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोजराज खतिवडा निलम्बनमा परेका छन् । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै आजैदेखि स्वतः निलम्बनमा परेका हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा खतिवडाले वडा नं. १० विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ । हाल खतिवडा खोटाङका सिडिओ हुन् ।
धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा डडेल्धुरा समाज गठन गरिएको छ। समाजको अध्यक्षमा समिर भण्डारी चयन भएका हुन्। यस्तै उपाध्यक्षमा उशा बोहोरा, सचिवमा महेश बडु, सहसचिवमा कृष्णा पाण्डेय, कोषाध्यक्षमा नरेश कामी र सहकोषाध्यक्षमा आषिश पाण्डेय चयन भएका छन्। यस्तै सदस्यहरुमा प्रिती तमोली, कैशल पन्त, मन्जु भण्डारी, निरज उप्रेती, भावना फुलारा, गौरब भट्ट ,सुनिता रोकाया, रिता बोहरा र रेखा भाट चयन भएका छन्।
जनकपुरधाम : जनकपुर रेल्वे स्टेशनमा एक महिला लुटिएको घटना सार्वजनिक भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिताकुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको घटना सार्वजनिक भएको हो । रेलमा चढ्नैबित्तिकै उनले बोकेको ह्याण्ड ब्याग गायब भएको र त्यसमा २ लाख ७० हजार रुपैयाँ रहेको दाबी गरिएको छ । जनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् । उनका श्रीमान सञ्जु यादव खाडी मुलुकमा छन् । गाउँमा सुनिताले जग्गा खरिद गरेकी थिइन् । जग्गाधनीलाई दिन भनी बैंकबाट निकालिएको…
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ। भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली ६ दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेको हो। दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने जानकारी दिइन्। ‘मुख्यतः भाजपा र हाम्रो पार्टीगत सम्बन्धलाई सुदृढ पार्ने कुरा हो,’ उनले भनिन्, ‘हामी सबैतिर सुमधुर सम्बन्धमा छौँ। चिनियाँ कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध र…