Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश सभा छाडेर भर्खरै बाहिरिएका छन्। आज दिउँसो ३ बजे आगामी आर्थिक वर्षको बजेट पारित गर्नका लागि प्रदेश सभा बैठक बोलाएको थियो। पहिलोपटक ५ बजे सम्मको लागि र दोस्रो पटक ७ बजेको लागि बोलाइएको थियो। तर अहिलेसम्म बैठक बसेको छैन।बैठक बस्न नसकेपछि मुख्यमन्त्री शाह प्रदेश सभाबाट भर्खरै बाहिरिएका हुन्। उनी अर्थमन्त्री नरेश शाही र नेकपा एकीकृत समाजवादीका दलका नेता दीर्घ सोडारीसँगै बाहिरिएका हुन्। अर्थमन्त्री शाहीको गाडीमा तीनै जना हतारहतार बाहिरिएका थिए। मुख्यमन्त्री शाहले आफ्नो गाडी र स्कटिङ प्रदेश सभा बाहिर छोडेरै अर्थमन्त्रीसँग गएका हुन्। उनीहरु अचानक प्रस्थान गरेपछि मुख्यमन्त्रीको स्कटिङ सुरक्षा टोली अलमलमा…

Read More

धनगढी : नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्यले शनिबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिस्कार गर्ने भएका छन् । दिउँसो ३ बजे बोलाइएको बैठक अहिलेसम्म नबसेको भन्दै उनीहरुले बैठक बहिस्कारको घोषणा गरेका हुन् ।३ बजे बैठक बस्ने सहमति भए पनि सरकार र सत्तापक्षका कारण समयमा बैठक सुरु नभएका कारण शनिबारको बैठक बहिस्कार गर्ने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले जानकारी दिए । एमालेले सत्तारुढ दलहरुबीच निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट ५ करोड बनाउने सहमतिको पनि विरोध जनाएको छ । सुदूरपश्चिममा एमालेका १० जना प्रदेशसभा सदस्य छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार बजेट पारित गर्ने सरकारको तयारी…

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मङ्गलवार कम्बोडिया जाने भएका छन् । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।

Read More

कैलाली : नेपाली कांग्रेस सुदूरपश्चिमले बजेटका पक्षमा मतदान गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले बजेट पारित गर्न मतदान गर्ने निर्णय गरेको हो । बजेटमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले पनि पारित गर्ने निर्णय गरिसकेको छ । प्रदेश सरकारले १ असारमा २९ अर्ब २६ करोड बराबरको बजेट ल्याएको थियो । यसअघि बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरुले असहमती जनाउदै आएका थिए ।

Read More

धनगढी : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको बजेट पारित गर्ने निर्णय गरेका छन् । प्रदेश सरकारले १ असारमा २९ अर्ब २६ करोड बराबरको बजेट ल्याएको थियो । सरकारले ल्याएको बजेट पारित गर्ने निर्णय आज दुवै दलको संसदीय बैठकले गरेको हो । यसअघि बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरुले असहमती जनाउदै आएका थिए ।

Read More

दार्चुला – नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । मेलामा घाँस काट्ने क्रममा शुक्रबार अवेर भीरबाट खसेको ढुंगा टाउकोमा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले जनाएका छन् । घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक सीताका पति, छोरा, बुहारी र नातीनातिना छन् ।

Read More

काठमाडौँ : नेपालबाट आधिकारिक रूपमा पहिलो पटक पशुपालनका लागि उपयोगी हेलेज (पशु आहार) चीन निर्यात सुरु गरिएको छ । चितवनको भरतपुरबाट चीनमा हेलेज निर्यात सुरु गरिएको हो । भरतपुरमा उत्पादित प्याकिङ घाँस हेलेज चीनमा निर्यातको शनिबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे । कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको सुरुआत भएको भन्दै अब नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए । व्यापार घाटा कम गर्ने र सफल रूपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्नेतिर लैजान जरुरी रहेको उनले बताए । सो अवसरमा…

Read More

धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ । एमाले संसदीय दलकातर्फबाट प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १९क० अनुसार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् । खर्च शिर्षक समेत उल्लेख गरेर सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरग मन्त्रालयहरुका भवनहरु विकास तथा व्यवस्थित गर्ने कार्यका लागि अनुदान रकमको १९ करोड विनियोजन गरिएकाले कटौती गर्न माग गरिएको छ । यसअघिको प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरिसकेकोमा उक्त निर्णयको अवज्ञा गर्दै निती र विधि मिचिएको प्रस्तावमा उल्लेख गरिएको छ । एमालेले उक्त बजेट विनियोजन गरिनुले अख्तियारको समेत दुुरुपयोग भएकाले…

Read More

काठमाडौँ : काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसीका कर्मचारी मृत फेला परेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी इन्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए। उनको परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। उनका अनुसार पक्राउ गरिएकामा प्रशासन प्रमुख मनोजकुमार बस्नेत, फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन्। निजहरुले मानसिक तनाब दिएकाले अमृतले आत्महत्या गरेको परिवारले आरोप लगाएका छन्। अमृतले ‘आफूलाई फसाउन खोजिएको’ भनेर…

Read More

अछाम: अछामको मंगलसेन नगरपालिका–१४ कालागाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त प्रहरी पोष्टको शुक्रवार अछामका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेले उद्घाटन गरेका हुन् । कालागाउँको मेलपोखरामा स्थापना गरिएको अस्थायी पोष्टको कार्यक्षेत्र मंगलसेन नगरपालिका–१० र ११ जुपु, १२ बान्नातोली, रामारोशन गाउँपालिकाका–१ मलातीकोट र बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना रहनेछ । अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले उक्त अस्थायी प्रहरी पोष्टमा असइको नेतृत्वमा सात जना प्रहरी खटाइएको बताए ।

Read More