कैलाली : नेपाली कांग्रेस सुदूरपश्चिमले बजेटका पक्षमा मतदान गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले बजेट पारित गर्न मतदान गर्ने निर्णय गरेको हो ।
बजेटमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले पनि पारित गर्ने निर्णय गरिसकेको छ । प्रदेश सरकारले १ असारमा २९ अर्ब २६ करोड बराबरको बजेट ल्याएको थियो ।
यसअघि बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरुले असहमती जनाउदै आएका थिए ।
Facebook Comments Box