Author: महेन्द्रनगर पोष्ट

धनगढी : स्वीडेन सरकार र युएन इन्टिग्रेडेड ट्रेनिङ सर्भिसको आयोजनामा हुन लागेको प्रहरी तालिममा सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरु पनि सहभागी हुने भएका छन्।  आगामी कात्तिक ६ देखि १७ गतेसम्म स्वीडेनमा हुन लागेको ‘नेशनल पुलिस अफिसर (प्रि–डेभलभमेण्ट ट्रेनिङ)’ मा सहभागी हुन चाहने सशस्त्रका अधिकृतहरुको नामावली पठाउन अनुरोध गरिएको हो। सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले महानिरीक्षकको सचिवालयलाई जानकारी गराएको पत्रमा युएन मिशन शाखा, विभाग, बाहिनी, एपीएफ, ईन्टिलिजेन्स ब्यूरो, नम्बर १९ गण हेडक्वार्टरमा कार्यरत सशस्त्र प्रहरी अधिकृतहरुको विवरण पठाउने व्यवस्था मिलाइदिन आग्रह गरिएको छ । तालिममा सहभागी हुन चाहनेले हवाई टिकट र भिसाको खर्च स्वयम् व्यहोर्नुपर्नेछ । त्यस्तै, खाने र बस्ने…

Read More

धनगढीः कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको जोशीपुर गाउँपालिका–५ की २८ वर्षीया निर्मलाकुमारी बम मृत अवस्थामा फेला परेकी हुन्। उनी चुरे गाउँपालिका–४ जाजरीमा सहोदर भिनाजु वीरबहादुर चन्दको घरमा बस्दै आएकी थिइन्। मानसिक सन्तुलन ठिक नभएकी निर्मला चन्दको घरभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनी हिजो ६ बजे कोठाभित्रै मृत फेला परेकी हुन्। निर्मलाको शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जनाएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन भने घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Read More

बैतडी: बैतडीमा लम्पीस्किन रोग प्रकोपका रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पीस्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए। यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७ घरपालुवा पशु सङ्क्रमित छन्। उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उनले बताए। लम्पीस्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैँसी बढी प्रभावित भएका छन्। उनले भने, ‘लम्पीस्किनको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन। प्रदेश र केन्द्र…

Read More

धनगढी: कैलालीमा सशस्त्र प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। सोमबार जिल्लाको भजनी नगरपालिका वडा नम्बर–५ स्थित कौवाखेडा सिमा इलाकाबाट सशस्त्र प्रहरी बल, नेपाल बिओपि पगियापसारबाट खटिएको टोलीले २५ वर्षीय दिनेश साउदलाई पक्राउ गरेको हो। उनलाई भारतबाट मोटरसाइकलमा नेपाल आउदै गर्दा कौवाखेडामा शंका लागि चेकजाँच गर्ने क्रममा साथमा ९.९१ ग्राम खैरो हेरोइन फेला पारी नियन्त्रणमा लिएको बताइएको छ।उनको साथबाट मोबाइल र मोटरसाइकल समेत बरामद गरिएको रसाउदलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, भजनीमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण धनगढी, कैलालीले जनाएको छl

Read More

धनगढी: सुदूरपश्चिममा ब्वाइज स्काउट एड्भान्स तालिम सम्पन्न भएको छ। नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा यहि असार १९ गतेदेखि सुरु भएको तालिम हिजो सकिएको हो। उक्त ५७ औं तालिमको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको आथित्यमा उद्घाटन भएको थियो। तालिममा २८ जना स्काउट मास्टरहरुको सहभागिता रहेको थियो। तालिमले सुदूरपश्चिम प्रदेशको स्काउटको वृद्धि, विकास र विस्तार गर्न धेरै सहयोग पुग्ने प्रदेश स्काउट तदर्थ समिति संयोजक नरेन्द्र थापाले बताए।

Read More

दार्चुला: दार्चुलामा रहेको लस्कु खोलाले पुल बगाउँदा समस्या आइपरेको छ। जिल्लाको महाकाली नगरपालिका -१ जोड्ने उक्त पुल बगाउँदा स्थानीयलाई लस्कु खोला वारपार गर्न समस्या भएको हो। हिजो राति खोलामा आएको बाढीले पुल बगाएपछि अहिले स्थानीय भत्केको पुल माथिबाटै जोखिम मोलेर हिँडिरहेका छन्।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेको थियो। त्यसपछि दबावमा परेको सरकार संशोधन गर्न तयार भएको हो। सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिषद्को कार्यालयमा भएको छलफलमा सरकारले प्रदेशसभा सदस्यका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो। सरकारले मंगलबार संशोधनको खाका तयार गरेर फेरी सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुुख सचेतकसँग छलफल गर्ने सहमति गरेको छ। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले १ असारमा आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोडको बजेट प्रस्तुत गरेका थिए। तर, बजेटप्रतिको असन्तुष्टिकै कारण त्यसयता…

Read More

कैलाली: काठ तस्करी रोक्न प्रहरीलाई सहयोग गर्दा प्रहरीकै गोली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैसीले अनशन तोडेका छन्।  उपचार र क्षेतिपूर्तिको माग राखी तीन हप्तादेखि माइतीघर मण्डलामा अनशन बसेका उनको माग सम्बोधन गर्न सरकार तयार भएपछि अनशन तोडिएको हो। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजो साँझ माइतीघर मण्डला पुगेर माग पूरा गर्ने बचन दिएसँगै जैसी अनशन तोड्न राजी भएका हुन्। हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले बेहोरेको छ। माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए। अब उनको नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार हुनेछ। अनशन तोडाउदै उपप्रधानमन्त्री श्रेष्ठले जैसीको बाँकी…

Read More

रुकुम पश्चिम: भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जना नेपालीको पहिरोमा परी ज्यान गएको छ। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली र भिमा ओली तथा उनका १७ वर्षीय छोरा मोहोन ओलीको सिमलाको ठेट क्यार भन्ने ठाउँमा पहिरो जाँदा ज्यान गएको हो। सोमबार बिहान ११ बजेतिर घरमै बसिरहेका बेला एक्कासि पहिरो आएपछि घरमा बसिरहेका उनीहरुको ज्यान गएको बताइएको छ। एक वर्षअघि मजदुरी गर्न भारत गएका दिपबहादुर सँगै काममा सघाउने भनेर एक महिनाअघि मात्रै उनकी श्रीमती र दुई छोरा पनि उनी भएकै ठाउँमा गएका थिए। उनीहरुको शव घर ल्याउने तयारी भइरहेको छ।

Read More

बैतडी: बैतडीको मेलौली नगरपालिका वडा नम्बर ७ स्वाखानीमा बस दुर्घटनामा परि घाइते भएकाहरु मध्ये २५ जनालाई डिस्चार्ज गरिएको छ। मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा पठाइएका २५ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए। यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुर्घटनामा घाइते भएका गोरख साउँद, मानविर साउँद, संगीता रावत, दिपीका भट्ट , विसन भट्ट र बस चालक देव सिंह भण्डारीलाई डडेल्धुरा अस्पतालबाट थप उपचारका लागि धनगढी पठाइएको खत्रीले जानकारी दिए। बाँकी घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बसमा ४४ जना सवार रहेका…

Read More