Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : जिल्लाको बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका जोड्ने सडकको बीचमा ठूलो भ्वाङ परेपछि दुर्घटनाको जोखिम बढेको छ। बुधबार बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित सुतिया नालामा बनेको पुल नजिकको सडकमा ठूलो भ्वाङ परेको हो। सुतिया नालामा गत वर्ष पुल निर्माण कार्य सकिएको थियो। नालामा ढल निकासका लागि राखिएको हयूमपाइप सहि तवरले जडान नहुदा प्वाल परेको स्थानीयले बताए। सडकमा प्वाल पर्दा सडक भासिने सम्भावना बढेको छ। बर्षातको समयमा उक्त प्वाल झन ठूलो हुँदै सडक भासिने जोखिम रहेको र उक्त सडकमा सहज ढंगले ओहोरदोहोर गर्न सकिने अवस्था पनि नभएको स्थानीयले बताए।

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा झाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले झाविरुद्ध रु सात लाख एक हजार तीन सय ८० जरिवाना र बिगोसमेत असुल उपरको माग गरेको छ । साथै आयोगले झालाई भ्रष्टाचार गर्न सहयोग गर्ने नैँशी जेनरल अर्डर…

Read More

काठमाडौँः राष्ट्रिय जनगणना २०७८ मा ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेका छन् । जनगणनाको नतिजाले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएकोमा ‘गणना जाँच सर्वेक्षण(पीईएस)मा छुटेको पुष्टि भएको हो । जनगणनाको प्रभावकारिता जाँच गर्न सर्वेक्षण हुने गरेको छ । सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरू समेत जोड्दा नेपालको वास्तविक जनसङ्ख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ । तर नेपालको जनसङ्ख्याको आधिकारिक तथ्याङ्कहरूमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने जनाइएको छ । कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको जनगणनामा छुटपुट २.५८ प्रतिशत…

Read More

काठमाडौं : अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दा अभिनेता भुवन केसीले हारेका छन् । केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो । मुद्दामाथिको न्यायाधीश वासुदेव पौडेलको इजलासले सुनुवाइ गर्दै केसीले गरेको दाबी नपुग्ने फैसला गरेको हो । भएको के थियो ? बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्मबारे बहस सुरु भयो । त्यसको बाछिटा नेपाली चलचित्र क्षेत्रसम्म आइपुग्यो । नेपोटिज्मको विषयमा नेपाली कलाकारहरूले पनि आफ्नो आफ्नो धारणा राख्न थाले । कसैले नेपालमा नेपोटिज्म नभएको बोले, कसैले नेपालमा नेपोटिज्मरग्रुपिज्म भएको टिप्पणी गरे । यो भिडमा साम्राज्ञीको स्वर अलिक फरक…

Read More

ढल्केवर : बहुविवाहको आरोपमा महोत्तरीमा एक वडाध्यक्ष पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–४ का वडाध्यक्ष गणेश महतोलाई बहुविवाह आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो । वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी जलमग्न भएको छ । बुधबार साँझ करीब ४० मिनेटसम्म परेको अविरल वर्षाका कारण धनगढीको एलएनचोक, पार्क मोड लगायतका क्षेत्र जलमग्न भएका छन् । पानीको निकास नहुँदा यी क्षेत्रमा क्षणभरकै पानीले डुबान समेत भएको छ ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले मन्त्रालय परिसरकै निवास मर्मतका लागि सरकारले बजेट विनियोजन गरेको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता मोहनबहादुर कुवरले एक विज्ञप्ति जारी गर्दै सो कुरा प्रष्ट्याएका हुन्। निवास मर्मतका लागि विनियोजन गरेको १० लाख बजेटबारे अन्यौलता र विवाद आएपछि मन्त्रालयले स्पष्टीकरण दिएको हो। मन्त्रालयका अनुसार मन्त्री प्रकाशबहादुर देउवाले सरकारी निवास सुविधा समेत लिएका छैनन्।

Read More

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ। राउतका वकील टीकाराम भट्टराईका अनुसार रिट दर्ता भएकोमा प्रारम्भिक सुनुवाइका लागि भोलिलाई पेशी राखिएको छ। राउत असार २४ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर उड्नै लाग्दा पक्राउ परेका थिए। सरकारी कागजात कीर्तेसहित संगठित अपराधको कसूरमा उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनलाई भारतीय सञ्चार माध्यमले प्राथमिकता साथ छापेका छन् । आज बिहान ६९ वर्षको उमेरमा सीताको निधन भएको विषयलाई अधिकांश भारतीय अनलाइनले प्राथमिकताका साथ छापेका हुन् । द हिन्दुको अनलाइन संस्करणले, नेपाल प्राइम मिनिस्टर प्रचण्ड वाईफ सीता पास अवे शीर्षकमा समाचार छापेको छ । त्यस्तै इन्डिया टिभी, जी विजनेश, इन्डिया टुडे, न्युज एटिन, आउटलुक, जागरण, हिन्दुस्तान टाइम्स, द टेलिग्राफ इन्डिया, एएनआईलगायतका सञ्चारमाध्यमको अनलाइन संस्करणमा प्रचण्ड पत्नी सीताको फोटोसहितको समाचार छापेका छन् । अधिकासंले सिताको पार्किन्सन जस्तो देखिने दुर्लभ मष्तिक रोगबाट निधन भएको उल्लेख गरेका छन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डले वितेको १० वर्षमा…

Read More

काठमाडौँ : प्रहरीले ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सह लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो । उनलाई काठमाडौँको चावहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले जानकारी दिए । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ

Read More