बैतडी: बैतडीमा गँड्यौला मल विक्री गर्न थालिएको छ । सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले गँड्यौला मल उत्पादन केन्द्र स्थापना गरेर मल उत्पादन गरेको थियो । अहिले मल विक्री कार्य सुरु गरिसकेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए । धनगढीबाट गँड्यौला ल्याएर मल उत्पादन गरिएको बताइएको छ । झण्डै १५ क्विन्टल गँड्यौला मल उत्पादन भएको र जिल्ला दररेट अनुसार प्रतिकिलो ४० रुपैयाँका दरले विक्री गर्न थालिएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । बैतडीमा सुख्खा फलफूल विकास केन्द्रले पहिलो पटक गँड्यौला मत उत्पादन गरेको हो । सुख्खा फलफूल विकास केन्द्रले बैतडीका विभिन्न ठाउँका किसानलाई गँड्यौला…
Author: महेन्द्रनगर पोष्ट
कैलाली: कैलालीमा प्रहरीले अवैध काठ फेला पारी नियन्त्रणमा लिएको छ । जिल्लाको कैलारी गाउँपालिका-२ स्थित कटैनी नदीको ढिकमा अवैध रूपमा रहेको काठ इलाका प्रहरी कार्यालय हसुलियाले बुधवार नियन्त्रणमा लिएको हो । १ गोलिया ४२.३० क्युफुट सालको काठ र १ गोलिया २२.६४ क्युफुट असनाको काठ नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय उदासिपुरको जिम्मा लगाइएको इप्रका हसुलियाले जनाएको छ ।
बैतडी: सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ । प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म तीन सय २५ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । यस्तै, कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा छ, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुई जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमणका…
कैलाली: कैलालीमा ४ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय चौमालाको टोलिले ४ नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तनहुँ: तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ। अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए। सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए। उक्त घटनामा छोरी कुसुम…
काठमाडौं: सरकार माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने तयारीमा लागेको छ । मंगलबारको मन्त्रीपरिषद् बैठकले संघीय संसदमा पठाउन स्वीकृत गरेको विधेयकमा एसईई परीक्षा खारेज गर्ने प्स्ताव गरेको छ । विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ । संसदमा पठाउन लागिएको विधेयकको मस्यौदामा आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको अधिकार स्थानीय तहलाई र माध्यमिक तहको अन्तिम परीक्षा (कक्षा १२) को सञ्चालनको अधिकार राष्ट्रिय परीक्षा बोर्डमा नै निहित हुने गरी एसइई खारेज गर्ने प्रस्ताव गरिएको बताइएको छ । कक्षा १० को परीक्षा भने सम्बन्धित विद्यालयले नै लिने गरी प्रस्ताव गरिएको छ। नेपालमा १९९० सालदेखि…
धनगढी: नेपाली सेनामा तीन हजार बढी नयाँ सैनिक भर्ती भएका छन्। विभिन्न ब्यारेकमा भर्ना भएका नयाँ सैनिकलाई सैन्य आधारको तालिम दिन थालिएको छ। जसमा सुदूरपश्चिमका पनि ४०० नयाँ सैनिक रहेका छन्। उनीहरुको तालिम थालिएको जनाइएको छ। सैनिक स्रोतका अनुसार श्री देवीदल गण, कैलालीमा २५०, श्री भैरवप्रसाद गण, डोटीमा एक सय, श्री गुरुगोरख गुल्म, दार्चुलामा ५० जनालाई भर्ना गरिएको छ। सेनाले उनीहरुको सैन्य तालिम थाल्ने तयारी गरेको छ। सैन्य तालिममा जाँदा व्यक्तिगत सामान अनिवार्य लैजानुपर्ने नेपाली सेनाले सैन्य तालिममा जाँदा आफ्ना व्यक्तिगत सामानहरु अनिवार्य साथमा लिन सुसूचित गराएको छ। ठूलो कालो झोला, एक जोर सिभिल लुगा, साधारण नोख भएको एकजोर कालो…
धनगढी: चालू आर्थिक वर्षका लागि संघ सरकारले बजेट विनियोजन नगरेपछि धनगढीको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा ठप्प भएको छ । प्रयोगशालाले १५ साउनबाट अतिआवश्यकबाहेक सबै प्रकारका सेवा बन्द गरेका छन् । पशुचौपायामा व्यापक मात्रामा रोग देखिएको अवस्थामा बाहेकका सेवा बन्द गरिएको प्रयोगशालाका प्रमुख डा. नरेशप्रसाद जोशीले बताए । यो प्रयोगशालाले सुदूरपश्चिमका नौवटै जिल्लाका पशुचौपायामा देखिएको रोग परीक्षण, निदान, खोप वितरणलगायत सेवा प्रदान गर्दै आएको छ । प्रयोगशाला बन्द भएपछि पशुपन्छीका खोप वितरण कार्य पनि रोकिएको छ। प्रयोगशालामा अहिले खोरेत, पिपिआर, रेबिजलगायत रोगका आठ लाख खोप मौजदात रहेको प्रयोगशाला प्रमुख जोशीले जानकारी दिए। ती खोप जिल्लाहरूलाई वितरण र व्यवस्थापन गर्न बजेट नरहेको उनले बताए। धनगढी…
कैलाली: प्रहरीले धनगढीमा भन्सार छलेर ल्याएका सामान बेवारिसे अवस्थामा फेला पारेको छ। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ तिलके तालबाट ५१ हजार रुपैयाँ मूल्य बराबरको कुर्ती बेवारिसे अवस्थामा फेला परेको हो। बुधबार बिहान प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको सो सामान कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको बताइएको छ।
धनगढी: सुदूरपश्चिम पश्चिम प्रदेशको राजधानी भएको जिल्ला कैलालीबाट जितेका ६ जना मन्त्री बनेका छन्। हिजो सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएसँगै कैलालीबाट मन्त्री हुनेको संख्या ६ पुगेको हो। जिल्लाबाट १ जना मुख्यमन्त्री र १ जना संघीय सरकारमा मन्त्री छन्। कैलाली निर्वाचन क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित रञ्जिता श्रेष्ठ चौधरी संघीय सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन्। कैलाली निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचित कैलाश चौधरी सुदूरपश्चिम सरकारको राज्यमन्त्री भएका छन्। यस्तै निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभातर्फको दुइटै निर्वाचन क्षेत्रले मन्त्री पाएको छ। यहाँका मुख्यमन्त्री कमलबहादुर शाह क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसबाट…