Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीको तारानगरमा आज (बिहीबार) बिहान एक युवक मृत फेला परे। धनगढी उपमहानगरपालिका–५ को तारानगर बस्ने २८ वर्षीय तोयनाथ ओझा मृत भेटिएका थिए। उनी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए। प्रहरी स्रोतका अनुसार ओझाले प्राण त्याग्नुअघि सानो नोट लेखेको खुलेको छ। जसमा उनले ‘सरी’ भनेर लेखेका छन्। परिवारलाई उनले अन्तिम सन्देशका रुपमा माफी मागेको काग्ज फेला परेको प्रहरी स्रोतको दाबी छ।

Read More

काठमाडौँ : असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउदले त्यहाँ राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभसँग भेटवार्ता गरेका छन्। परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा परराष्ट्र मन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई नामको मन्त्रिस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा दुई देशबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगलाई थप मजबुत बनाउन पारस्परिक हितका विषयमा छलफल भएको बताइएको छ। अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्। मन्त्री साउदले बुधबार मन्त्रिस्तरीय बैठक सम्बोधन गरेका थिए। भ्रमणको समयमा मन्त्री साउदले विभिन्न मुलुकका प्रतिनिधि तथा…

Read More

धनगढीः कञ्चनपुरमा प्रहरीले ढाई लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको भिमदत्त नगरपालिका–१० सुकाशालबाठ बेवारिसे अवस्थामा मिस्री, गाडीको फिल्टर, त्रिपाल, रसगुल्ला झोल, गाडीको हेडलाईट, गाडीका पंखा, बिस्कुट, पलाष्टिक झिल्ली, मटर दाल, पानी पुरी गरी ९६ हजार सात सय बराबरका समान बरामद गरेको प्रहरीले जनाएको छ। यस्तै कृष्णपुर नगरपालिका–५ गुलरीयाको वनदेवी सामुदायिक वनबाट अन्दाजि एक लाख १० हजार मुल्य बराबरका बैखा जातका माछासहित से ४ प ४६९ नम्बरको मोटरसाईकल बरामद गरेको हो। ईलाका प्रहरी कार्यलय गुलरियाले बरामद गरेका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डा चौकी पठाएको जनाएको छ।

Read More

ललितपुर : लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित भएका छन् । यद्यपी गाईवस्तुमा लाग्ने यो रोग देशभर फैलिएको छ । विसं २०७७ असारमा मोरङ जिल्लाबाट फैलिएको पशुमा लाग्ने लम्पी स्किन रोग हालसम्म देशभरि फैलिएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए । पशु सेवा विभागका अनुसार हालसम्म देशभर छ लाख ९० हजार छ सय ९७ सङ्क्रमित पशुमध्ये २५ हजार सात ८२ पशु मरेका छन् भने चार लाख १४ हजार तीन सय २८ पशु निको भएका छन् । त्यसैगरी दुई लाख ५० हजार पाँच सय ८७ पशु हालको समयमा सङ्क्रमित रहेका छन् । विभागका सूचना…

Read More

धनगढीः डडेल्धुरामा यौन दुव्र्यवहारको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको आलितालबाट बाल यौन दुर्व्ययहार गरेको आरोपमा विक्रमबहादुर विष्ट पक्राउ परेका हुन्। आलिताल गाँउपालिका वडा नम्बर ६ रन्तोलाका २६ वर्षिय विष्टलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। उनी विवाहित पुरुष हुन्। उनले १५ वर्षीया बालिकालाई यौन दुव्र्यवाहर गरेको आरोप छ। उनले बुधवार अपरान्न बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो। घटनामाथि थप अनुसन्धान जारी रहेको डडेल्धुरा प्रहरीले बताएको छ।

Read More

विराटनगर : नेपाली कांग्रेसका कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोसी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस भएपछि थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापा मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । गएको असार १५ गते एमालेका हिक्मत कार्कीले विश्वासको मत लिन नसकेपछि सरकार ढलेको थियो । त्यसपछि गठबन्धन दलले सरकार गठनमा दाबी पेस गरेका हुन् । को हुन थापा ?२०३४ सालमा काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसंघको विद्यार्थी राजनीतिबाट…

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कुनै पनि सरकारी जग्गा महानगरको अनुमतिबिना लिजमा लिएर नक्सा पास गर्न तथा भौतिक संरचना बनाउन स्वीकृत नदिने बताएका छन्। बिहीबार फेसबुकमा स्ट्याटस राख्दै उनले यस्तो बताएका हुन्। ‘स्थानीय तहको कार्यपालिकाको निर्णय सहितको सिफारिस भएमा मात्र नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी सरकारी जग्गा लिजमा दिन सक्ने व्यवस्था गरेको छ, ‘उनले लेखेका छन्, ‘सार्वजनिक वा सरकारी प्रयोजनको लागि आवश्यक पर्ने सरकारी जग्गा भने कुनै व्यक्ति, निकाय वा संस्थालाई लिजमा उपलब्ध गराउन नसकिने कुरा सो कार्यनीतिमा स्पष्ट पारिएको छ।’ मेयर बालेनले महानगरभित्रको सरकारी जग्गा समन्वय नगरी र कार्यपालिकाको सिफारिसबिना लिजमा दिने–लिने गर्न नमिल्ने प्रावधान रहेको उल्लेख…

Read More

काठमाडौं : ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्वा प्रेमिका तामाङ र कानून व्यवसायी अमिर लामिछानेबीच सहमति भएको छ । ललितपुर जिल्ला अदालत र ललितपुर बार एशोसिएशनको तर्फबाट आज गठित वार्ता समितिमा दुवै पक्षबीच अघिल्लो बुधबारको घटनालाई लिएर उप्रान्त द्वेष भाव नराख्ने र विवाद अन्त्य गर्ने सहमति भएको बताइएको छ । सहमतिपछि नेपाल बार एशोसिएशन र निजामती कर्मचारीहरुबाट घोषित विरोधका कार्यक्रम आजैबाट स्थगित भएको जनाइएको छ । सहमति पत्रमा प्रेमिका र लामिछानेले हस्ताक्षर गरेका छन् । साथै, ललितपुर जिल्ला अदालतका शाखा अधिकृत राम सजिवन महतो, अमृत घिमिरे, तर्कराज खनाललगायत र ललितपुर बार एशोसिएशनको तर्फबाट अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष काबुकृष्ण महर्जन र…

Read More

धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री लेखराज भट्टले जननेता मदन भण्डारीका जीवन्त विचार र सिद्धान्तलाई व्यवहारमा सबैले व्यवहारमा लागु गर्नुपर्ने बताएका छन् । भण्डारीको जन्म जयन्तीको अवसरमा जनसांस्कृतिक महासंघ कैलालीले गरिरहेको साप्ताहव्यापी उत्सव अन्तरगत बिहीबार धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव भट्टले भण्डारीका विचार र सिद्धान्तको आत्मसाथ गर्दै व्यवहारमा उर्तान निर्देशन समेत दिएका हुन् । सचिव भट्टले पार्टीले अहिले २०८४ सालमा एकल बहुमत ल्याउनेगरी मिसन १५० अभियान चलाइरहेको बताएका भट्टले उक्त लक्ष्य भेटाउन सबैले सुध्रिनुपर्ने आवश्यकता रहेको औल्याएका छन् । ‘हामीले मदन भण्डारीलाई सम्झिने मात्र होइन उहाँका जीवन्त विचार, राष्ट्र प्रेम र सिद्धान्तलाई अनुशरण गर्दै व्यवहारमा लागु…

Read More

काठमाडौँ : मन्त्री परिषद् बैठकले एमसिए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। अमेरिकी सहयोग परियोजना एमसिसी अन्तर्गत ती प्रसारण लाइन तथा सबस्टेशन बन्न लागेका हुन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० साल पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय भएको छ।

Read More