Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजिव गुरुङ अर्थात दिपक मनाङ्गे भित्री गञ्जी लगाएर कार्यकक्षमा बसेका छन्। मन्त्रीको कार्यकक्षमा झुण्डाइएको नेपालको निशान छाप,राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मुन्तिर उनी घरको बेडरुममा छँदा लगाउने पोशाकमा सजिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। उनलाई धेरैजसोले नाम अनुसारको फोटो भनेर कमेन्ट गरेका छन्।  यसनिम्ति मनाङ्गे अर्थात् ‘म नाङ्गै’, डन विशेषण लगाइएको छ। भित्री वस्त्र गञ्जी लगाएर मन्त्रालयको कार्यकक्षमा बसेका प्रदेश मन्त्रीसँगै कालो चस्मा लगाएका अर्का एक जना घोसे मुन्टो लगाएर बसेका छन्। नजिकैको लुगा झुण्ड्याउने स्टान्डमा उनको रातो कोटजस्तै देखिने ज्याकेट झुण्डाइएको छ।  फोटोमा देखिएको उनको हाउभाउले कार्यकक्षमा कुनै टोली वा…

Read More

धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले जिल्लाका उत्कृष्ट विद्यार्थी र राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ। शनिबार पूर्वमन्त्री एवं एमाले पार्टी केन्द्रिय सचिव लेखराज भट्टको आथित्यतामा एक कार्यक्रमका बिच उनीहरूलाई सम्मान गरिएको हो। अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काका अनुसार नेपाललाई विभिन्न खेलमा पदक जिताउने ३ जना राष्ट्रिय खेलाडी र एसईइ परिक्षामा ४ जिपीए ल्याउने ४ जनालाई सम्मान गरिएको हो। यसरी सम्मानित हुनेमा उत्कृष्ट विद्यार्थी हेमन्त साउद, नितिका अवस्थी, निर्मल ठगुन्ना र विकास रावत रहेका छन् भने खेलाडीहरुमा करातेका मनिसा बोहरा, जनक धामी र उशुकी च्याम्पियन गौरी मगर रहेकी छन्। उनीहरूले अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पदक दिलाएका थिए। उनीहरू सबै कैलालीकै…

Read More

काठमाडौं: नेपाल प्रहरीका डिआईजी डा. मनोज केसी आईजीपी बसन्तबहादुर कुँवरलाई मन नपर्दा जिम्मेवारीबाट हटाइएका छन्। प्रहरीको विशेष ब्यूरोबाट केसीको सरुवा भएको हो। उनीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया बेचन झा पक्राउ प्रकरणमा आफूलाई राम्रोसँग ब्रिफिङ नगरेको आईजीपी कुँवरको आरोप छ। सोही आरोपका कारण हालका गृहमन्त्री रमेश लेखकलाई रिझाएर उनले केसीको सरुवा गरेका हुन्। डिआईजी केसीमाथि चेन अफ कमाण्ड नमानेको गम्भीर आरोप लगाएर उनलाई विशेष ब्यूरोबाट हटाई प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) मा सरुवा गरिएको स्रोतको भनाई छ। विशेष ब्यूरोमा भने एकेडेमीमा रहेका डीआईजी राजन अधिकारीलाई ल्याइएको छ। र, यो पनि: विवादित एआईजी र एसएसपीलाई हटाउने तयारी, डाक्टर डिआईजी…

Read More

धनगढी: धनगढीस्थित नोभा अस्पतालमा तनाव भएपछि प्रहरीले कडा सुरक्षा तैनाथी बढाएको छ। हिजोबाट एकजनाको मृत्युकाण्डका कारण तनाव भैरहेको नोभामा अहिलेसम्म पनि सहमति हुन सकेको छैन। हिजो शुक्रबारमात्रै जन्डिसको समस्या लिएर हस्पिटलमा भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिभ चौधरीको मृत्यु भएको थियो। सोही विषयलाई लिएर आफन्तहरुले अस्पतालमा तनाव सिर्जना गरेका हुन्। सामान्य अवस्थामा ल्याइएका चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गरेका थिए। त्यसपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले अस्पताल बाहिर भेला भएका आफन्तले ढुंगामुढा गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन अश्रुग्यास…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता झपटबहादुर साउँदविरुद्ध ठगी मुद्दा परेको छ। अछामबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका साउँदविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको हो। बझाङ स्थायी घर भएर काठमाडौंको टोखा नगरपालिका- ४ बस्दै आएका ३७ वर्षीय धनबहादुर बोहराले साउँदविरुद्ध ठगीको मुद्दा हालेका हुन्। बोहराले केही समय अगाडिमात्रै मुद्दा दायर गरेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार साउँदले बोहराबाट १ करोड बढी रकम लिएर केही रकममात्रै फिर्ता गरेको र आधा करोड बढी रकम ठगी गरेकोले मुद्दा दायर गर्नुपरेको हो। यस्तै बोहराले साउँदविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा पनि जाहेरी दिन लागेको बताएका छन्। साउँदको स्थायी ठेगाना…

Read More

धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । असार १० गते पूर्णखोप पालिका घोषणा गरेको शुक्लाफाँटामा बिहीबार दादुरा–रुबेलाका बिरामी फेला परेका हुन । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको छ । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् । शङ्कास्पद बिरामीमा दादुरा–रुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको छ । नगरपालिकाका १५ महिनाभित्रका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाएकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले पालिकाका दुई जना बालकमा दादुरा–रुबेला पुष्टि भएको बताए । उनले एक जना बालक बैतडीबाट आएको एक जना स्थानिय रहेको जानकारी दिए ।पूर्णखोप सुनिश्चितताको बिषयमा बालबालिकाहरु…

Read More

धनगढी : देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै…

Read More

धनगढी : धनगढीमा एक विवाहित युवती मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका ७ मनेहरा सामुदायिक वनमा कैलारी गाउँपालिका–५ बड्की पलियाकी ३१ वर्षीया रितु चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ । उनी धनगढीको मोती चोकमा कोठा गरी बस्दै आएका शिव कुमार चौधरीको श्रीमती भएको खुलेको छ । चौधरीलाई जामुनको रुखमा दोपट्टाको पासो लगाएको अवस्थामा मृत फेला पारेको बताउँदै प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

Read More

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले लेखापालहरुको सरुवा गरेको छ । एउटा कार्यालयमा दुई वर्ष काम गरेका र लेखापालको पदावधि साढे ५ वर्ष पुरा गरेकाहरूलाई सरुवा गरिएको छ । विशेष ब्युरोको लेखा प्रमुखमा इन्स्पेक्टर टिकराम राईलाई पठाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा डेकेन्द्र शर्मा, मधेस प्रदेश प्रहरी कार्यालयमा दिनेश प्रसाद खरेल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दीपेन्द्र भट्ट र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा इन्स्पेक्टर दीपेश खरेल सरुवा भएका छन् । महाराजगन्ज स्थित प्रहरी अस्पतालमा ध्रुव बहादुर विष्टलाई सरुवा गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा निशेष चापागाईँ र बागमती प्रदेशमा प्रकाश शाहलाई पठाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विजय बहादुर…

Read More

धनगढी : दार्चुलामा खोलामा अड्किएको अवस्थामा एक युवत मृत भेटिएका छन् । नौगाड गाउँपालिका–५ को सेलाबगर खोलाको बिचमा अड्किएको अवस्थामा सोही ठाउँको खार बस्ने ३५ वर्षीय मनबिर बोहरा मृत भेटिएको प्रहरीले जनाएको छ । मानसिक अवस्था ठीक नभएका बोहराको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

Read More