काठमाडौं – आज बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो। यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ छ। हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो।हिजो मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो। यसैगरी,…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइने दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजदेखि शुरु हुँदैछ। आज बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ।प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछन् ।प्रशिक्षण आज र भोलि सञ्चालन हुनेछ। जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने प्रवक्ता जग्ननाथ खतिवडाले बताए।
बागलुङ – बागलुङ कालिका भगवती गुठीले एक वर्षमा रु दुई करोड ५७ लाख आम्दानी गरेको छ । गत माघ महिनादेखि हालसम्म उक्त आम्दानी भएको हो । माघसम्म तत्कालीन अध्यक्ष राजु खड्का नेतृत्वको र फागुनपछि कुमार खड्का अध्यक्ष रहेको समितिले काम गरेको थियो । अघिल्लो समितिको रकम अपनत्व लिएको गुठीले असार मसान्तसम्म उक्त अङ्कको आयव्याय भएको सार्वजनिक गरेको हो । खर्चतर्फ तलबका लागि रु १८ लाख ९१ हजार र बिजुली महसुल रु एक लाख १४ हजार खर्च भएको उल्लेख छ । हाल निर्माण सम्पन्न भएको सत्तलका लागि रु ६२ लाख ६५ हजार र पूजा खर्चतर्फ रु दुई लाख ९३ हजार देखाइएको…
नयाँ दिल्ली – भारत र चीनले सोमबार आइतबार आयोजित १६औँ चरणको कोर्प्स कमाण्डर–स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको जनाएको छ । वार्ताले पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनस्र्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य तथा कूटनीतिक च्यानलमार्फत वार्ता गर्न सहमत भएका छन् । त्यस्तै, बाँकी मुद्दाहरूको चाँडो भन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य हुने गरी समाधान गर्न दुबै पक्ष सहमत भएका भारत–चीन संयुक्त विज्ञप्तिमा भनिएको छ । दुवै पक्ष पश्चिमी क्षेत्रमा सुरक्षा र स्थायित्व कायम…
महेन्द्रनगर – श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (साउन ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारया शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द…
कैलाली – कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो । यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ । टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत र पानी भरिएका बिरामीको शल्यक्रिया सेवा थालेको छ । शल्यक्रिया सेवा पाउन थालेपछि बिरामीको चाप बढेको छ । बल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने भएको छ । शय्या अभावपछि बिरामीले पालो पर्खिनु पर्छ । जोशीपुरकी सरस्वती श्रेष्ठ बुवाको हाइड्रोशिलको शल्यक्रियाका लागि पालो…
तनहुँ – निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो । रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “अवरुद्ध सडक मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको थियो, तर वर्षा भइरहँदा गए रातिदेखि पुनः लेदो खसेर सडक अवरुद्ध भएको छ ।” आकस्मिक कामका लागि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्धका कारण मारमा परेका छन् । गए रातिदेखि हालसम्म पानी निरन्तर परिरहको छ । लेदोसमेत बगिरहेको छ ।…
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो। बैठकका लागि संसद सचिवालयले ५ वटा सम्भावित कार्यसूची मंगलबार नै सार्वजनिक गरिसकेको छ । जसअनुसार बैठकको शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधयेक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सो विधेयकलाई निर्णयार्थ पेश गरिनेछ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘महिला तथा…
काठमाडौं – नेकपा एमालेका पूर्वसांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिर्जनालाई ठगी आरोपमा पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताएका छन्। इच्छाराजसँगै उनलाई पनि निक्षेपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो। इच्छाराज भने पहिल्यै पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतले इच्छाराज र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। पक्राउ परेका अन्य भने धरौटीमा छुटेका छन्। सिर्जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंले २०७८ पुस २७ गते पक्राउ पूर्जी जारी गरेको थियो। निक्षपकर्ताको ५ अर्ब ८४ करोड ४०…
काठमाडौं – संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाएको छ । निवर्तमान अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको मंगलबार बसेको बैठकले शर्मालाई बुधबार बोलाएर बयान लिने निर्णय गरेको हो । छानबिन प्रक्रिया अन्तिम चरणतर्फ पुग्दै गर्दा संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रीविरुद्ध अभियोग पुष्टि हुने कुनै प्रमाण भेट्टाउन सकेको छैन । समितिका एक सदस्यले छानबिनको काम भइरहेको र अहिलेसम्म पहिलो चरणको सम्पन्न बताएको बताए । उनले अब प्राप्त तथ्यलाई केलाएर विस्तृत प्रतिवेदन तयार गरेर सभामुख समक्ष पेस गर्ने बताए । समितिले यही बिहीबारसम्ममा आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ । असार २२ गते प्रमुख प्रतिपक्षी दल…