धनगढी: जिल्ला समन्वय समिति,कैलालीको प्रमुखमा नेपाली काँग्रेसकी टिकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उम्मेदवार बनेकी रुपमति डङ्गोरा थारुले उम्मेदवारी फिर्ता लिनासाथ उनी निर्विरोध निर्वाचित भएकी हुन्।
नाउपाका नेता लक्ष्मण किशोर चौधरी, टीकापुर नगरपालिकाका मेयर रामलाल डङ्गौरा थारु,काँग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टलगायतको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएको काँग्रेस जिल्ला सचिव केशव मिश्रले बताए। ‘उनले उम्मेदवारी फिर्ता लिएसँगै टिकाकुमारी जिसस प्रमुखमा निर्विरोध निर्वाचित भइन्’,उनले भने।
टिकाकुमारी काँग्रेसबाट कैलारी गाउँपालिका र रुपमति नाउपाबाट टीकापुर नगरपालिकाको वडासदस्य हुन्।
Facebook Comments Box