धनगढी: अछाममा कार्यरत एक प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। मदिराकाण्डले विवाद आएपछि प्रहरी सहायक निरीक्षक (असई) महेश सिंह धामीले राजीनामा बुझाएका हुन्।
यस अगाडि उनीमाथि आचरण विपरित काम गरेको भन्दै छानबिन पनि भएको थियो। त्यसपछि विवादमा तानिएका असई धामीले राजीनामा बुझाएका हुन्।
जिल्लाको तुर्माखाद गाउँपालिका–१ रहफस्थित प्रहरी चौकीको इन्चार्ज रहेका बेला कुटाइ खाएपछि उनी विवादमा तानिएका थिए।
गत कार्तिक १४ गते राति मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका उनीमाथि देउसी भैलो टिमले कुटपिट गरेको थियो।
उनको राजीनामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट केही दिन अघि स्वीकृत भइसकेको बुझिएको छ।
Facebook Comments Box