Author: महेन्द्रनगर पोष्ट

धनगढीः  कैलालीमा बहुविवाहका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–४ का नन्दराज कडेल र २७ वर्षीया पबित्रा शर्मा कडेल बुधबार दिउँसो पक्राउ परेका हुन्। उनीहरुलाई २०७१ मंसिरमा बहुविवाहको मुद्धामा ११ महिना १५ दिन कैद र १० हजार जरिवाना तोकेको थियो। बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो। दुवै जनालाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभनवले हाल देशभर  सामान्य देखि पूर्ण बदली रहेको छ। अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  कोशी  र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।  राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र…

Read More

काठमाडौं : रुपन्देहीमा एक जना इञ्जिनियर घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको कोटहिमाई गाउपालिकाका इञ्जिनियरलाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ । इञ्जिनियर अरविन्दकुमार यादवलाई ४५ हजार रूपैयाँ घूससहित पक्राउ गरिएको हो । आयोगको बुटवल कार्यालयका सूचना अधिकृत भेषराज रिजालका अनुसार गाउँपालिकामा सम्पन्न निर्माण कार्यको भुक्तानीको क्रममा उनले घूस लिएका हुन् । यादवलाई ४५ हजार रुपैयाँ घूस लिँदै गरेको अवस्थामा गाउँपालिकाको कार्यालयबाटै पक्राउ गरिएको हो ।

Read More

धनगढी: बाजुरामा एक कर्मचारीको नग्न तस्विर सार्वजनिक भएको छ। हालै करीब दुई साताअघि सार्वजनिक भएको सो तस्विरको विषयमा अहिले बाजुरामा विभिन्न टीकाटिप्पणी सुरु भएका छन्। स्रोतका अनुसार बाजुराको एक स्थानीय तह (गाउँपालिका) मा कार्यरत एक (अविवाहित) महिला कर्मचारीको नग्न तस्विर सार्वजनिक भएको हो। खप्तड छेडेदह गाउँपालिका-६ का पूर्व वडाअध्यक्ष समेत रहेका नेपाली काँग्रेसका नेता कुम्भ नाथले आफूसँग खिचिएको ती युवतीको तस्विर सार्वजनिक गरेका हुन्। नाथले आफ्नो फेसबुकको स्टोरीमा युवतीको तस्विर पोस्ट गरेका थिए। सो तस्विर सार्वजनिक भएपछि बाजुराका स्थानीयहरुले दुबैजनालाई कारबाहीको माग गरेका छन्। यता ती युवतीले भने आफ्नो चरित्रहत्या हुने गरि आपत्तिजनक तस्विर सार्वजनिक गर्नेलाई कारबाही गराउन पहल गरिरहेको…

Read More

काठमाडौं : नेपाली काँग्रेस सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवम् सांसद डा. आरजू राणा देउवा जापानबाट फर्केकी छन् । राजधानी टोकियोमा भएको हिपको हड्डीको उपचारको फलोअपमा गएर आज फर्केकी हुन् । उनी कोरियन एअरलाइन्सको उडान नम्बर केई ६९५ मा सिओलबाट साँझ साढे ५ बजे काठमाडौं आएको बुझिएको छ । गत ११ गते उपचारको लागि गएकी उनी १० दिनपछि फर्केकी हुन् । यसअघि गत महिना श्रीमान देउवाको पेटसम्बन्धी रोगको फलोअपको निम्ति उनी छोरासहित सिंगापुर गएकी थिइन् । ११ दिनपछि नेपाल फर्केकी राणा लगत्तै जापान गएकी थिइन् । एक वर्षअघि पनि उनी फलोअपको लागि जापान गएकी थिइन् । आमा टोकियोमा…

Read More

काठमाडौं: मोबाइल चार्ज गर्ने पावर बैंकभित्र लुकाएर भारत लैजान लागिएको लागूऔषधसहित संलग्न व्यक्ति पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको जहाजमा काठमाडौँबाट कतारको दोहा ट्रान्जिट भई दिल्ली उड्न लागेका भारतीय नागरिक लागूपदार्थसहित एअरपोर्टबाट समातिएका हुन् । समातिनेमा नेपाल एयरको उडान नम्बर आरए २१७ मा आज दिउँसो १३स्२५ बजे दोहा हुँदै दिल्ली जान लागेका भारतीय पासपोर्ट होल्डर सुरजित कुमार छन् । प्रहरीका अनुसार उनीमाथि शंका लागेर चेकजाँच गर्दा पावर बैंकभित्र लुकाएको अवस्थामा लागुपदार्थ भेटिएको हो । विमानस्थलको ह्याण्ड ब्याग चेकिङ्ग एरियामा पक्राउ परेका सुरजितमाथि थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउद धनगढी फर्किएका छन् । श्री एयरलाइन्सको उडानमा साँझ सवा ५ बजे मन्त्री साउद काठमाडौँबाट धनगढी फर्केका हुन् । यता, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू पूर्वबाट फिर्ता भएका छन् । बुद्ध एयरको उडानमा मन्त्री लिम्बू साँझ सवा ६ बजे विराटनगरबाट काठमाडौं आइपुगेका हुन् ।

Read More

काठमाडौँ : विशेष अदालतले इलाका प्रहरी कार्यालय बिपीनगर डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले बुधबार यस्तो फैसला गरेको हो । तीन वर्षअघि अवैध रूपले काठ लैजान लाग्दा इन्स्पेक्टर बोहरालाई स्थानीयले काठसहित पक्राउ गरेका थिए । रातिको समयमा ट्याक्टरमा काठ लोड गर्दै गर्दा देखेपछि स्थानीयले इन्स्पेक्टर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समिति डोटीका अध्यक्ष चक्रबहादुर साउदलाई काठसहित नियन्त्रणमा लिएका थिए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ असार २०७७ मा दुवैजनाविरुद्ध सरकारलाई हानीनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । दुवै…

Read More

काठमाडौं : गायिका समीक्षा अधिकारीले एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएर फर्केका नायक पल शाहसँग धरौटीको पैसा नलिएको बताउँदै उनी अन्तर्वार्तामै धरधरी रोएकी थिइन् । समीक्षा रोएको उक्त क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो । नायक शाहलाई अदालतले पीडितलाई दस लाख धरौटी दिन आदेश दिएको थियो । तर उक्त रकम आफूले नलिएको समीक्षाले अन्तर्वार्तामा बताएकी छन् । उनले भनेकी छन, ‘दश लाख धरौटी अदालतले गरेको निर्णय हो । मैले मागेकी हैन । न मैले लिएकी नै छु । तपाईंहरुले यसबारे सोध्न सक्नुहुन्छ ।’ धरौटीको दस लाख आफूले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा असन्तुष्ट रहेका सत्तारुढ तीन दलका संसदीय दलका नेतासहितका १० जना प्रदेशसभा सदस्यले प्रधानमन्त्रीलाई भेटेका छन् । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिबाट गण्डकी प्रदेशको भ्रमणमा गएका सभामुख भीमबहादुर भण्डारी समेतका प्रमुख विपक्षी एमालेका प्रदेशसभा सदस्यसहितले प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । ‘हामीले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट यथास्थितीमा हुुबहु पारित गर्न सकिदैन् । संशोधन गरिनुपर्छ भनेर कुरा राखेका छौँ,’ भेटमा सहभागी एकजना प्रदेशसभा सदस्यले भने, ‘प्रधानमनत्रीले माग सम्बोधन गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’ ती प्रदेशसभा सदस्यका भनाईमा भेटमा सहभागी भएका सभामुख भीमबहादुर भण्डारीले समेत बजेट…

Read More