Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा आगलागीबाट एक लाखको क्षति भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ हर्दधानीका खुसीराम चौधरीको घरमा आगो लागेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार ४० वर्षिय चौधरीको घरमा मंगलवार दिउसो बिजुलीको तार सर्ट भएर आगो लागेको थियो। उनको घरभित्र रहेको लत्ताकपडा, वाईफाई, खटिया लगायतमा क्षति भएको छ। झण्डै एक लाखका सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ। आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । यसअघि भारतमा गरिएको उपचार खर्च आफैँ बेहोर्ने इच्छा व्यक्त गरेको भन्दै राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको भए पनि परराष्ट्र मन्त्रालयले खर्च निकासाको स्वीकृत अर्थ मन्त्रालयले दिइसकेको जनाएको छ । अर्थ मन्त्रालयको बजेट महाशाखालाई असार १८ गते परराष्ट्र मन्त्रालयले पत्र पठाउँदै भनेको छ, “यथार्थ खर्चको बिल भर्पाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार २७९ तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासका लागि अर्थ मन्त्रालयमा लेखी पठाउन मिति २०८० असार १८ गते को निर्णय (सचिवस्तर) को प्रतिलिपि र अन्य आवश्यक कागजातहरू यसै साथ संलग्न…

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकोबारेमा आफ्नो धारणा राखेका छन् । मंगलबार सुदूरपश्चिम आएका सभापति लामिछानेले धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पन्तको बलत्कार गर्ने अपराधी यही समाजमा भए पनि पत्ता नलागेको बताएका हुन् । उनले भने, ‘अपराधी को हो थाहा छैन, जो भए पनि यहीँ समाजमै कहिँ कतै होला, पत्ता नलागेको मात्रै हो ।’ सञ्चारकर्मी रहेका बेला मानसिक अवस्था बिग्रेका दिलिपसिंह विष्ट नै निर्मलाको हत्यारा हो भन्ने आशयका मिडिया सामग्री पस्कने गरेका लामिछानेले अहिले भने हत्यारा थाहा नभएको टिप्पणी गरेका हुन्

Read More

काठमाडौँ : ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन आरोपितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नभ्याइने सूचीमा परेर स्थगित भएको छ । असार १२ गते पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई रिहा गर्नुपर्ने माग राखेर सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उनीहरूले हदम्याद सकिएको किर्तेसम्बन्धी मुद्दामा आफूहरूलाई पक्राउ गर्न नमिल्ने दाबी गरेका छन् । रिटको प्रारम्भिक सुनुवाइपछि प्रहरीविरुद्ध कारण देखाऊ आदेश जारी भएको थियो । सोमबार प्रहरीको लिखित जवाफ पेस भएसँगै आज न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । यस प्रकरणमा पक्राउ परेका ९ आरोपितलाई काठमाडौँ जिल्ला…

Read More

काठमाडौँ : पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल एचपिभी खोप नेपाल ल्याइएको छ। चीनबाट खरिद गरेर ल्याइएको खोप मङ्गलवार काठमाडौँ आइपुगेको हो। पाठेघरको क्यान्सर हुन नदिन प्रयोगमा ल्याइने एचपिभी अर्थात् ह्युमन प्यापीलोमा भाइरस खोप काठमाडौँ ल्याइएसँगै प्रयोगका लागि प्रदेशहरूमा पठाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति महाशाखाले जनाएको छ। ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूमा लगाइने यो खोप कुन जिल्लामा पठाइने भन्ने छलफल भइरहेको शाखाले जनाएको छ । विश्व बजारमै कम उत्पादन हुने र महँगो भएकाले यो खोप हाल सरकारले पाइलटिङको रूपमा मात्रै खरिद गरेको शाखाको भनाई छ । शाखाका अनुसार खोप निकै महँगो भएकाले नियमित खरिद गरेर प्रयोगमा ल्याउने अवस्था निश्चित…

Read More

काठमाडौं : मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक रहेको बताएका छन् । उनले बैठकमा समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिए । बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई लगायतका मन्त्री सहभागी छन् ।

Read More

बैतडी: बैतडीका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न भनिएका प्रजा बोहरालाई जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको छ । शिक्षक विष्टको हत्यामा संलग्न पुर्चौँडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरालाई २५ वर्ष र उनकी २२ वर्षीया श्रीमती विमलालाई ६ वर्ष कैदको फैसला सुनाइएको हो । बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले सो फैसला सुनाएको हो । सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक आफूले शिक्षण गर्दै आएको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविको छात्रावास पछाडि गत पुस २ गते मृतावस्थामा भेटिएका थिए ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई० २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमवार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गरिने छ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ । कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको भन्दै उनले अर्को…

Read More

नवलपरासी: पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको हो । दलदले–कुसोत–पोखरी खण्डअन्तर्गत कुमसोत–पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलले बताए। अविरल वर्षाका कारण विभिन्न खण्डमा पहिरो खसेसँगै गत बिहीबारदेखि सदरमुकामसँग नवलपुरको पहाडी क्षेत्रको यातायात सम्पर्क पूर्णरूपमा टुटेको छ । जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोटका केही क्षेत्रका लागि मुख्य मार्गका रूपमा रहेको खण्डमा पहिरो खसेपछि ती क्षेत्रमा कुनै…

Read More

काठमाडौँ: नेपाल आयल निगमले हवाई इन्धनमा गरेको कटौतीसँगै हवाई भाडा घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो । घटेको हवाई भाडा मंगलबारदेखि कार्यान्वयन हुनेछ । नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ कटौती गरेको थियो । १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यो ९.३ प्रतिशत कटौती हो । प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ । काठमाडौंबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि…

Read More