धनगढी : नागरिक उन्मुक्ति पार्टी र नेपाल सदभावना पार्टीबीच एकता भएको छ । आज जनकपुरधाममा दुबैतिरका शीर्ष नेतासहित ठूलो संख्यामा कार्यकर्ता उपस्थितिमा पार्टी एकीकरण घोषणा गरिएको हो ।
नागरिक उन्मुक्तिका नेता रेशमलाल चौधरी र सदभावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोबीच तीन बुँदे सहमति भएको छ । सहमतिअनुसार आगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाममा नागरिक उन्मुक्ति पार्टी हुनेछ ।
त्यस्तै, महाधिवेशमसम्म झण्डा, चुनाव चिन्ह्र, छाप र विधान नागरिक उन्मुक्ति पार्टीले प्रयोग गर्दै आएको हुने सहमति पत्रमा उल्लेख छ । केन्द्रीय निकायदेखि स्थानीय तहसम्म पदाधिकारी तथा सदस्यहरुको समायोजन दुवै पार्टीबीचको आन्तरिक सहमतिअनुसार हुने जनाइएको छ ।
Facebook Comments Box