धनगढी : कैलालीको कैलारी गाउँपालिकाले ११ जना कर्मचारीलाई सेवाबाट हटाएको छ ।
गाउँपालिकामा झण्डै छ वर्षदेखि करारमा कार्यरत कर्मचारीहरुलाई साउन १ गतेदेखि सेवाबाट हटाएको हो ।
कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले गाउँ कार्यपालिकाले करार कर्मचारीको करार म्याद साउनदेखि नवीकरण नगर्ने निर्णय गरेको जानकारी दिए ।
गाउँपालिकाले करारमा रहेका सब इन्जिनियरदेखि कार्यालय सहयोगीलाई सेवाबाट हटाएको हो ।
सेवाबाट हटाइएका कर्मचारीले भने बिना कारण आफूहरुलाई निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन् ।
Facebook Comments Box