Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीमा गाउँपालिकाको केन्द्रलाई लिएर भएको विवादमा वडाध्ययक्ष कुटेको आरोपमा ४ जना पक्राउ परेका छन्। केन्द्र सारिएको विरोधमा भइरहेको आन्दोलनमा वडा नम्बर ७ का वडाध्यक्ष नवराज कठायतलाई कुटेको आरोपमा ४ जना पक्राउ परेका हुन्। आफूमाथि कुटपिट गरेको भन्दै वडा नम्बर ७ का वडाध्यक्ष नवराज कठायतले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले बताए। उनले ज्यान मार्ने उद्योगमा वडाध्यक्षले दिएको किटानी जाहेरीका आधारमा चार जनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार पक्राउ परेका मध्ये दुई जनाको नाम किटानी जाहेरीमा उल्लेख छ भने अन्य दुई जनालाई सोधपुछका लागि पक्राउ गरिएको…

Read More

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  भोलि मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  मधेस प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई युवती पक्राउ परेकी छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–२ ट्राफिक चोकबाट शंका लागी चेकजाँच गर्दा ३०० मिलिग्राम लागूऔषधसहित सोहि पालिका–३ कि १९ वर्षीया सिर्जना चौधरी र वडा नम्बर–४ कि २३ वर्षीया पुजा रानालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Read More

धनगढीः कैलालीमा एक घरमा आगलागी भएको छ। जिल्लाको टिकापुर नगरपालिका–९ रोहनीभुजीका ३५ वर्षीय आशाराम चौधरीको दुइ तले चार कोठे जस्तापाताले छाएको कच्चि घरमा आगलागी भएको हो। आगलागी हुँदा घरभित्रको अन्नपात, लत्ताकपडा, भाँडाकुडा गरि अनुमानित दुई लाख ५० हजार बराबरको समान जलि नष्ट भएको छ। आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

Read More

काठमाडौँ – नेपाली काँग्रेसले कोसी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ। कोसी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको एक नेताले जानकारी दिए । नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदार दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका वेला काँग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाएको हो। सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टङ्क राई, महामन्त्रीहरू भूपेन्द्र राई र टङ्क थापा, सहमहामन्त्रीहरू विनोदकुमार बस्नेत, खड्ग फागो र प्रमीला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए। काँग्रेसले कोसीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरूले आ-आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत…

Read More

धनगढी : कैलालीमा वन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–१ का ७२ वर्षीय चक्रबहादुर छन्त्याल पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै आइतबार पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कैलालीले २०५९ पौष ३ गते वन मुद्धामा छ महिना सजाय तोकेको थियो। उनलाई कारवाहीका लागी अदालतमा पेस गरेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले युएईमाथि तीन विकेटको जित निकालेको छ । १८२ रनको लक्ष्य पछ्याएको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । सुरुआत र मध्य क्रममा जर्मराएको नेपालको ब्याटिङमा ऐरीले सम्हालिएको प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए । उनलाई सन्दीप लामिछानेले २३ रनसहित साथ दिए । यसबाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ३५ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २२ बलमा १३ रन र गुल्शन झाले २४ बलमा १२ रन बनाए । अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि, हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस…

Read More

ललितपुर जिल्ला अदालतकी कर्मचारीलाई हातपात गरेका आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा भएका छन् । अधिवक्ता लामिछानेलाई जिल्ला प्रहरी परिसर ललितपुरले आइतवार साधारण तारेखमा छोडेको हो । उनलाई साधारण तारेखमा छोडिएको जिल्ला प्रहरी परिसर ललितपुर एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेका आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । लामिछानेमाथि गत बुधवार ललितपुर जिल्ला अदालतको कार्यकक्षमै बसेर काम गरिरहेकी तामाङलाई गालीगलौज गर्दै हातपात गरेको आरोप छ । कुटपीटलगत्तै पीडित कर्मचारीले परिसरमा जाहेरी दिएपछि उनी पक्राउ परेका थिए । पक्राउ परेका वकिललाई रिहा गर्नुपर्ने माग गर्दै कानून व्यवसायीहरू आज बेन्च बहिष्कार गरी…

Read More

काठमाडौँ : ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप ३ जना आरोपितलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । महर्जन नक्कली मोही, भट्टाराई २०६० सालमा कमनापा-४ का तत्कालिन वडासचिव ९ हाल महानगरका अधिकृत० र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए । कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए । त्यसकै आधारमा १४ रोपनी भन्दा बढी जग्गा नक्कली मोही र अरु व्यक्तिका नाममा गएको थियो । प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका…

Read More

काठमाडौँ – शनिबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक आइतबार साँझदेखि दुईतर्फी सञ्चालनमा आएको छ। चितवन प्रहरीका अनुसार आइतबार साँझदेखि सडकमा दुईतर्फी गाडी चल्न थालेका हुन्। तुहिन खोला नजिकै सडकमा झरेको पहिरो हटाएपछि सडक खुलेको हो।

Read More