Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाली काँग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएर नयाँ सरकारको लागि बाटो खुला गर्न सुझाव दिएको छ। बिहीबार कोशी प्रदेश सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै काँग्रेस संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई राजीनामा दिएर नयाँ सरकार को लागि बाटो खुला गर्न सुझाव दिएका हुन्। थापाले काँग्रेसले विश्वासको मत नदिने निर्णय गरेको पनि प्रस्ट पारे।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले जनयुद्धका क्रममा सहादत प्राप्त एक सहिदका परिवारलाई भेटेका छन् । वृक्षारोपण कार्यक्रममा सहभागी हुन कैलालीको कैलाली गाउँपालिका पुगेका उनले तत्कालीन जनयुद्धमा लागेर सहादत प्राप्त गरेका हिराराज चौधरीका परिवारलाई भेटेका हुन् । सो भेटमा मन्त्री धामीसँगै राज्यमन्त्री गीतादेवी माल पनि थिइन् । मन्त्री धामीले हिराराजका बुवा सीताराम चौधरीलाई हसुलियामा रहेको उनको घरमा गई भेटेका हुन् । सो क्रममा उनले परिवारका सदस्यको उपचार र अन्य कुरामा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

Read More

भरतपुर: सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहीबार बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरुद्ध भएको थियो । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन अवतजावत गर्छन् । रासस

Read More

धनगढीः कैलालीको कान्द्रा नदीमा १२ वर्ष लगाएर पुल निर्माण गरिएको छ । जिल्लाको भजनी नगरपालिका-३ थेकीपुरस्थित कान्द्रा नदीमा एक सय मिटरको पक्की पुल निर्माणको काम १२ वर्षमा पूरा भएको हो । २०६८ जेठ २१ गते निर्माण सम्झौता भएको उक्त पुलको काम २०८० को असारमा पूरा भएको छ । अझै पक्की पुलसम्म जाने सडक निर्माणको काम बाँकी छ । हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले असारभित्र पुलसम्म जाने सडकको काम पनि पूरा हुने बताए ।

Read More

बैतडी: बैतडीमा एकल महिलालाई बाख्रा वितरण गरिएको छ । जिल्लाको पुर्चौँडी नगरपालिका-७ कोटिलामा एकल महिलालाई बाख्रा वितरण गरिएको हो । आयआर्जनमा सहज होस् भनेर भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको वडा अध्यक्ष धिरेन्द्र बमले बताए । १५ जना एकल महिलालाई एक/एक बाख्रा वितरण गरिएको उनले बताए ।

Read More

ललितपुर: ललितपुर जिल्ला अदालतकी एक महिला कर्मचारीमाथि हातपात गर्ने कानुन व्यवसायी पक्राउ परेको छन् । हिजो अपरान्ह ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेका थिए । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई लामिछानेले कार्यकक्षमै आक्रमण गरी भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । हिजो दिँउसो कार्यकक्षमा काम गरिरहेको अवस्थामा कानुन व्यवसायी अमिर लामिछानेले उनीमाथि हमला गरेका थिए । नियमविपरीत कार्य गर्नका लागि अनुचित दबाब दिँदै उनले नासु तामाङलाई हातपात गरी गम्भीर घाइते बनाएका हुन । तारेख लिन पुगेका अधिवक्ता अमिर लामिछानेले जिल्ला अदालत ललितपुरको फाँटमा हातपात गरेका हुन । कानुन व्यवसायी…

Read More

बैतडी: सकार स्वास्थ्यचौकीलाई पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । जिल्लाको पाटन नगरपालिका–१ को सकार स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । पोषण स्वास्थ्यका लागि निर्धारण गरिएका १६ वटा सूचक र १० वटा अनिवार्य मापदण्ड पूरा भएकाले उक्त स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको जनाएको छ । स्वास्थ्यकर्मीले तालिम लिएको, स्वास्थ्य संस्थामा पानीको व्यवस्थापन भएको, आवश्यक उपकरण भएको, औषधि र पोषणका लागि चाहिने भिटामिन ए, बालभिटा र जुकाको औषधि पर्याप्त मात्रामा भएकोलगायत स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेकाले उक्त स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगशप्रसाद भट्टले बताए…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ ओटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । गुनासो सुन्न सबै जिल्लामा सम्पर्क सांसद तोकेको रास्वपाले कञ्चनपुर र कैलालीका लागि डोलप्रसाद अर्याललाई तोकेको हो । कञ्चनपुर, कैलालीसहित अर्यालले बारा र धादि का नागरिकका समस्या सुन्ने बताइएको छ । त्यस्तै, बैतडीका लागि डाक्टर स्वर्णिम वाग्ले र डोटीका लागि डा तोषिमा कार्कीलाई जिम्मेवारी दिएको छ । दार्चुला र अछामको जिम्मेवारी विराजभक्त श्रेष्ठ, बाजुराका लागि सन्तोष परियार, बझा का लागि मनिषा झा र डडेल्धुराका लागि गणेश पराजुलीलाई जिम्मेवारी दिइएको छ । नीतिगत सुधार र जनसवालका विषयमा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न…

Read More

बाजुरा: बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बडीमालिका-६ का वडा अध्यक्ष कृष्ण खड्काले गोली हानेर मार्ने धम्की दिएको भन्दै उनले सुरक्षाको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । विकले वडाध्यक्ष खड्काले भुक्तानी माग गर्दा आफूले प्रक्रियामा नआएका योजनाको भुक्तानी दिन समस्या हुने भनेपछि उनले नगरप्रमुख अमर खड्काको कार्यकक्षमा गोली हानेर मार्छु भनी धम्की दिएको बताए । उनले दुईपटक आफूमाथि आक्रमणको प्रयास भएको र यही २० गतेसम्म भुक्तानी नदिए मार्ने समेत धम्की दिएको बताए । यता, वडाध्यक्ष खड्काले भने आफूले ज्यान मार्ने धम्की नदिएको बताउँदै बुझाइमा फरक परेको…

Read More

काठमाडौँ: सुनको मूल्य आज पनि ६ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले नै घटेको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १ हजार ३ सय ७० मा किनबेच भइरहेको छ ।

Read More