Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रहरीले काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् । नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ मागेको र बेहुलीलाई गालीसमेत गरेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कञ्चनपुरमा गोडा जचाउन गएकी महिला मेडिकलमा बलात्कृत भएकी छन्। ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको बताइएको छ। गोडाको समस्या लिएर उपचार गराउन गएकी स्थानीय महिलालाई भीमदत्त नगरपालिका–७, हल्दुखालका ४६ वर्षीय हरकसिंह महराले आफ्नै मेडिकलमा करणी गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई हिजो बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए। ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट गरेको प्रहरीमा उजुरी परेको थियो। नेपाली सेनाबाट अवकाश पाएपछि दुई वर्षअघि उनले घर नजिकै मेडिकल पसल सञ्चालन गरेको प्रहरीले जनाएको छ।

Read More

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आफ्नै आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले घाँटी रेटेर मारेका हुन् । पारिवारिक विवादको क्रममा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । छोराले घाँटीमा सेरेपछी आमा मुसहरको घटनास्थलमै प्राण गएको प्रहरीले बताएको छ । शिवकुमार भने आमालाई आक्रमण गरेपछि भागेका थिए । उनलाई रुपन्देहीको गैडहवा गाउँपालिका–८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा आज प्रहरीले समातेको हो । आमा मार्ने शिवकुमारमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

डडेल्धुरा : बुधबारदेखि डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा आउने भएको छ । डडेल्धुरा–धनगढी–डडेल्धुरा रुटमा भोलि बुधबारदेखि नियमित रुपमा बिजुली बस सेवा सञ्चालन हुने भएको हो । बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टका अनुसार भोलिदेखि विहान ८ बजे डडेल्धुराबाट धनगढीसम्म र दिउसो साढे २ बजे अत्तरियाबाट डडेल्धुरा सम्म नियमित रूपमा विद्युतिय माइक्रो बस सञ्चालन हुनेछ । बिजुली बस सेवा प्रालिबाट धनगढी–महेन्द्रनगर, धनगढी–टीकापुर र नेपालगञ्जसम्म सेवा प्रदान गर्ने उदेश्य रहेको भट्टले बताएका छन् । त्यस्तै डडेलधुरा-धनगढीसम्मको भाडा ५५० कायम गरिएको छ। विद्युतीय बसका लागि चार्जिङको समस्या हुने देखिन्छ। चार्जका लागि चार्ज स्टेसन निर्माण गर्नुपर्ने सञ्चालकले माग गरेका छन्।

Read More

सुर्खेत : प्रेम विवाह गरेको एक वर्षमै सुर्खेतको एक युवतीको रहस्यमय मृत्यु भएको छ । सिम्ता गाउँपालिका-६ राकमकी २१ वर्षीय सन्तोषी लम्सालको भेरीगंगा नगरपालिका-१० छिन्चु बजारको आफ्नै डेरामा पंखामा झुण्डिएको अवस्थामा शव भेटिएको हो । गएको आइतबार बिहान करिब नौ बजे ‘रहस्यमय’ मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तोषीले २०७९ जेठमा सिम्ता गाउँपालिका-६ राकमकै बालकृष्ण चित्रकारसँग प्रेम विवाह गरेकी थिइन् । सन्तोषीका परिवारले यो आत्महत्या नभई श्रीमान् बालकृष्णले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् । प्रेम विवाह गरे पनि केटाले घर नलिई छिन्चु बजारमै भाडामै राखेको र केटा र घर पक्षले मानसिक तनाव दिइ केटाले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका…

Read More

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा आज (मंगलबार) पक्राउ परेका सात जनामध्ये तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको छ । पूर्व सहसचिव कलाधर देउजा, पूर्व उपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिएको केही घण्टापछि कागज गरेर रिहा गरिएको हो । गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेशको उक्त प्रमाण पेस गरेपछि आरोपित तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको हो । उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । जग्गा हिनामिना प्रकरणमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो ।…

Read More

काठमाडौँ : दाङको घोराही उप-महानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । आफ्नो वडामा बजेट नहालेको भन्दै शाहले मेयरसँग असन्तुष्टि व्यक्त गर्दै मंगलबार पदबाट राजीनामा दिएका हुन् । शाह एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उपमहानगरपालिकाको १३ औँ नगरसभामा राजीनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभाबाट बाहिरिएको जनाइएको छ ।

Read More

काठमाडौं : ठगी आरोपमा प्रहरीले एक जना धर्म गुरूलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले दोलखा घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका(४ गठ्ठाघर बस्दै आएका शिवसुत गौरी भक्त भन्ने धर्म गुरूलाई पक्राउ गरेको प्रवक्ता एसपी नवराज अधिकारीले बताए । उनले आफूलाई शिवसुत गौरी भक्त भनेर चिनाउँने गरेका थिए । उनले काठमाडौंमा ुहाम्रो अभियान नेपाल र ओम आश्रम नेपालु नामको संस्था खोलेका थिए। उनले ‘परिवारको भविष्य आमाको हातमा हाम्रो अभियान तपाईंको साथमा’ भन्ने नारा बनाएका थिए। ‘उनले नारी शक्तिको जागरण गराउने भनेर पैसा लिने गरेको पायौं। कतिपयलाई शोषण समेत गरेको पाएका छौं’, एसपी अधिकारीले भने। पीडितहरूलाई स्वदेशी तथा विदेशी कम्पनीमा लगानी…

Read More

काठमाडौं : नेपाली कांग्रेसले अनलाइनबाटै पार्टीको साधारण सदस्यता लिन सकिने व्यवस्था सुरू गरेको छ। महामन्त्री गगन थापाको संयोजकत्वमा मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको सदस्यता व्यवस्थापन समिति बैठकले २० रुपैयाँ बुझाएर अनलाइनबाटै सदस्यता प्रदान गर्ने व्यवस्थाको सुरूवात गरेको हो। सदस्यता लिन चाहनेले वेबसाइटमा गएर आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सक्ने व्यवस्था गरिएको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले बताए। सदस्यता फारम भरेपछि सोको जानकारी मोबाइलमा म्यासेजमार्फत आउने पनि उनले बताए । आवेदन पार्टी केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ। क्रियाशील सदस्यता नवीकरण अब जिल्ला कार्यालयले नै गर्ने निर्णय भएको छ। कांग्रेसले क्रियाशील…

Read More

काठमाडौं : सर्वोच्च अदालतले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज उक्त मुद्दामा मेयर बालेनसँग लिखित जवाफ दिन आदेश दिएको हो । विवादास्पद संवाद रहेको भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने आफ्नो निर्णयविरुद्ध उच्च अदालत पाटनले दिएको अन्तरिम आदेश अवज्ञा गर्ने बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको जिकिर गर्दै अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार रिट हालेकी थिइन् ।

Read More