Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४४ वर्षीय अमर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा मोटरको प्लगको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनकोसेती प्रादेशिक अस्पताल धनगढीमा आज बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More

बैतडी: बैतडीको पाटन नगरपालिका-९ मा रहेको सिद्धेश्वर माविको ३ कोठे भवन पहिरोको जोखिममा परेको छ । हिजोअस्तिको लगातारको वर्षाका कारण भवनको आँगन भाँसिएर भवन जोखिममा परेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले बताए । भवन पहिरोको जोखिममा परेपछि पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन जोखिममा परेको भन्दै विद्यालय परिवारले आवश्यक सहयोगका लागि सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

Read More

काठमाडौँ: आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More

बुटवल: पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीया बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ । पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हत्यापछि भागेका शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका–८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read More

पाँचथर: पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन् । उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए । उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ । रासस

Read More

काठमाडौँ: नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब पाँच करोड रुपैयाँ र एक सय तोलाभन्दा बढी सुन एवं सुनका गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरी काठमाडौँ ल्याएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए। काफ्लेसमेतले काठमाडौँस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धेरै मुनाफाको प्रलोभन देखाउने गरेको पाइएको छ । उनीहरूले…

Read More

धनगढीः धनगढीमा मनोसमाजीक अपाङ्गताका सवालमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ। सुदूरपश्चिम प्रदेशमा मनोसमाजीक अपाङ्गताको सवाललाई उठान गराउनका लागि सञ्चारकर्मीहरू को भूमिकाका विषयमा रहेर उक्त छलफल गरिएको हो। उक्त अन्तरक्रियाका क्रममा सहभागी तथा अन्य वक्ताहरूले आ–आआफ्नो क्षेत्रबाट विभिन्न महत्त्वपूर्ण कुराहरूको उठान र छलफल गरेका छन्। सोही क्रममा अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेश सचिव नन्दराज भट्टले मनोसमाजीक अपाङ्गताको समस्या र चुनौतीका विषयमा प्रकाश पार्दै सुदूरपश्चिम प्रदेशमा सरकारले नजर अन्दाज गरेको र उनीहरूको लागि बजेट नछुट्टाएको बताएका छन्।  अपाङ्गता भएका मध्येपनि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू प्राय समाजीक, भौतिक, राजनीतिक कानुनी र दृष्टिकोण जस्ता विभेदमा पर्ने गरेको राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन (कोशिस)का कार्यक्रम संयोजक रबी लोचन पौडेलले बताए। २०७८…

Read More

धनगढी: धनगढीकी पत्रकार बिना शाही अहिले अस्पतालको बेडमा सिकिस्त छिन्। धनगढीस्थित सुदूरपश्चिमान्चल एकेडेमी (एसपीए) कलेजमा अध्ययन गर्दै पत्रकारिता गरिरहेकी शाही सडक दुर्घटनामा परेपछि अस्पतालको शैय्यामा पुगेकी हुन्। हिजो (मंगलबार) धनगढीस्थित चटकपुर क्षेत्रमा कार्यालय जाने क्रममा उनको स्कुटर दुर्घटना भएको थियो। उनी धनगढीबाट अत्तरिया टिभी टुडेको कार्यालय जान लागेकी थिइन्। कार्यालय जाने क्रममै उनको स्कुटर ठोक्किएर दुर्घटना भएपछि खुट्टामा चोट लागेको छ। उनलाई दुर्घटनापछि धनगढीकै स्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले उनको देब्रे खुट्टा भाँचिएको भन्दै हिजै पहिलो चरणको शल्यक्रियासमेत गरेको छ। अस्पतालले उनलाई कम्तीमा १ हप्ता अस्पतालमै राखेर थप अप्रेसन गर्नुपर्ने बताएको छ। त्यसका लागि महँगो खर्च लाग्ने भएपछि पत्रकारिता…

Read More

धनगढी: चर्को गर्मीको समयमा विद्युत् अनियमित हुँदा सुदूरपश्चिमको तराई क्षेत्रका सर्वसाधारण मारमा परेका छन् । बारम्बार विद्युत् अनियमित हुने, पावर नपुग्नेजस्तो देखिने तथा  दैनिक १०–१२ पटकसम्म विद्युत् जाने गरेको धनगढी उपमहानगरपालिका–१ का आशिष बिकले बताए।‘बारम्बार विद्युत् जान्छ, कतिवेला पावर नपुगेर पंंखा चल्दैन,’ उनले भने, ‘गर्मीमा बस्नै समस्या छ ।’ उद्योग, कलकारखानामा पनि यसको प्रभाव परेको छ । पावर नपुग्ने र वेलावेला बत्ती जाने समस्याले उत्पादन प्रभावित भएको उद्योगीहरूको गुनासो छ। पटक–पटक विद्युत् अवरुद्ध हुँदा विद्यार्थी मारमा परेका महेन्द्रनगरका विश्नु  पनेरुले बताए। उनले साँझ पढ्ने बेला बिजुली जाँदा ध्यान अन्त जाने गरेको बताए। विद्युत् नियमित गर्न माग गर्दै नेपाल विद्यार्थी संघ कैलालीले गत ४…

Read More

काठमाडौँ: नेपाल सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन्।

Read More