कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४४ वर्षीय अमर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा मोटरको प्लगको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनकोसेती प्रादेशिक अस्पताल धनगढीमा आज बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।
Facebook Comments Box