Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा ५ किलो चरेश बेवारिसे अवस्थामा फेला परेको छ । सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका–१४ ‘एच’ गाउँमा बेवारिसे अवस्थामा ५ किलो अवैध लागुऔषध चरेश बरामद गरेको हो । प्रहरीका अनुसार चरेश कपडाले बेरेर पोको पारी राखिएको अवस्थामा फेला परेको हो । सशस्त्र प्रहरी बलको डिपो बजारस्थित बोर्डर आउट पोष्ट (बिओपी)ले बरामद गरेको उक्त चरेश नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

Read More

धनगढीः कैलालीमा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका–५ नुक्लिपुरका १८ वर्षीय शंकर जैसीको मृत्यु भएको हो । गाँउमा प्लटिङ गरेको खाली जमिनमा क्रिकेट खेल्दै गर्दा उनी एक्कासी बेहोस भएका थिए । उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More

धनगढीः कैलालीमा राँगाले तानिरहेको गाडासँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–९ का २१ वर्षीय असिम राजबंशी र मोटरसाइकल पछाडि सवार २७ वर्षीय बिजेन्द्र चौधरी रहेका प्रहररीले बताएको छ । सोमवार राति घोडाघोडी नगरपालिका–१० सशस्त्र बेश क्याम्प नजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से.५प ७५७८ नम्बरको मोटरसाइकल गाडासँग ठोक्किएको थियो । मोटरसाइकल चालक राजवंशीको घोडाघोडी अस्पताल सुखड र पछाडि सवार चौधरीको माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडा चलाइरहेका घोडाघोडी–१० का ६० वर्षीय कलेसु चौधरी भने सकुशल रहेका बताइएको छ ।

Read More

काठमाडौँ: काठमाडौँको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए । रासस

Read More

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको बताइएको छ । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । उनी प्रहरीको फरारको सूचीमा रहेका थिए ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी तुलसी कोलीका छोरा आरबको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनी बैतडी घर भई हाल गड्डाचौकी माइती घरमा बस्दै आएकी छिन् । घरमा टिभीको लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागेर घाइते भएका आरबको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा: झापा स्थित पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र १–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ । गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए । उनका अनुसार घाइतेको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । रासस

Read More

काठमाडौँ: सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए । अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानबाट लुकीछिपी बसिरहेका थिए । शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ । बचतकर्ताले आफ्नो बचत फिर्ताको…

Read More

इलाम: इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन । गए राति करिब २ः०० बजेबाट आगलागी भएको थियो । स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन । रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ । आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।…

Read More

धनगढी: एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावललाई पार्टीमा इन्गेज गराउन खोजेको बताइएको छ। ओलीले रावल नेकपा (एस) अथवा समाजवादी मोर्चामा नजाउन् भनेर यस्तो प्रयास गरिरहेको बताइएको हो। एमाले निकट स्रोतका अनुसार रावलले विगतका कुरालाई आत्मआलोचना गरेर पार्टीमै सक्रिय हुनुपर्ने ओलीको माग छ। स्वयं रावलले पनि पटक–पटक अन्य पार्टीमा नजाने बताइरहेका छन्। त्यसैले उनलाई पार्टीमै राख्ने स्रोत बताउँछ ।नेकपाकाल र १० बुँदे सहमतिपछि पनि एमाले अध्यक्ष ओलीका क्रियाकलापको खरो आलोचना गर्दै आएका उनलाई लामो समयदेखि पार्टीको जिम्मेवारीभन्दा बाहिर राखिएको छ। उनलाई ओलीविरुद्ध चितवन महाधिवेशनमै लडेकै कारण जिल्लाबाट एकल नाम सिफारिस हुँदा पनि अछाम क्षेत्र नम्बर १ को उम्मेदवार…

Read More