जनकपुरधाम: धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको छ।
बिहीबार राति १० बजे महोत्तरीको जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए।
उनका अनुसार डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ। घाइते डिएसपीको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ।
घटना रहस्यमय रहेको र प्रहरीले लुकाउन खोजेको बुझिएको छ। घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ।
टोलीले शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको छ।
Facebook Comments Box