Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नयाँ गीत ‘नेपाली हाम्रो जात’ विवादमा आएको छ। गायक राजु परियारले गाएको उक्त भिडियोमा ‘बाहुन क्षत्रीलाई मुर्दावाद’ भन्ने शब्द मिसाएपछि गीत विवादमा आएको हो। अहिले सो गीतको विरोध भइरहेको छ।  गीतको आलोचना बढेपछि गायक परियारले आफूले जानीजानी नभएर झुक्काएर गाउन लगाइएको आरोप लगाए। ‘यो गीत रेकर्ड हुँदा मैले गाउने गीतको अन्तरा मात्रै दिइएको थियो। पछि क-कसले के गाउनु भयो मलाई जानकारी भएन। भोलिपल्ट अरूले गाउनुभएछ। सो गीतका सर्जक डीआर सुजनसँग सम्पर्क हुन सकेको छैन र यस किसिमका गीत संगीत दिएर मलाई विवादमा ल्याउने काम नगरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गर्छु’ उनले भने।  उनले गीतको विवादित शब्द हटाउन माग…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशमा यस वर्षको मनसुन प्रवेश गरेको छ। प्रदेशभरि मनसुनी बादल फैलने क्रम सुरु भएको छ। मनसुन प्रवेश गरेसँगै सुदूरपश्चिमका तराईंका जिल्लाको तापक्रम ह्वात्तै घटेको छ। आज कञ्चनपुरको अधिकतम तापक्रम ३३ डिग्री र कैलालीको ३५ डिग्री सेन्टिग्रेड रहने सो प्रणालीले अनुमान गरेको छ। सोमबार कञ्चनपुरको अधिकतम तपाक्रम ४० र कैलालीको ४१ डिग्री पुगेको थियो। सोमबार पूर्वबाट चलेको वायुले सुदूरपश्चिममा मनसुनी प्रक्रिया सुरु भएको हो। अहिले अधिकांश जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिनभरि नै बेला–बेलामा सबै जिल्लामा वर्षा हुने भूउपग्रहमा आधारित मौसम पूर्वानुमान प्रणाली वेदर डटकमको प्रक्षेपण रहेको छ। प्रदेशका सबै जिल्लामा आज मेघगर्जन र चट्याङको सम्भावना पनि…

Read More

कञ्चनपुरः  कञ्चनपुरमाको एक घरमा आगलागी भएको छ। सोमबार दिउँसो जिल्लाको लालझाडी गाउँपालिका– ४ डाडाजाईंका रथी सार्कीको भुईंतले काठले बनेको, टायल र खरले छाएको चार कोठे घरमा आगलागी भएको हो। घरमा आगलागी हुँदा अन्नपात, लुगाकपडा, काठपात, नगद  ७८ हजारसहित अन्दाजी दुई लाख २० हजार बराबरको सामानहरु जली नष्ट भएको छ। आगलागी प्रहरी र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

Read More

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अछामको साँफेबगर नगरपालिका–३ का २४ वर्षीय मुकेश कुँवर मसहित अर्का एकजनाको साथबाट १ ग्राम ६२० मिलीग्राम लागुऔषध खैरोहेरोइन फेला पारी नियन्त्रणमा लिएको हो। सुपप्रको ०१–००८ प ४६५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा लागुऔषध फेलापरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।

Read More

काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी  र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा  बागमती,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति कोशी, मधेस,  गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भने बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको…

Read More

धनगढी: धनगढीस्थित अस्थायी प्रहरी पोष्ट बसपार्कका हाकिम प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रबहादुर चन्द जिप्रका तानिएका छन्। अस्ती जेठको ३० गते उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको हो। बसपार्कको कमाण्ड सम्हाल्दा राम्रो काम गरेको भन्दै ख्याति कमाएका चन्दलाई अभद्र व्यवहारको मौखिक गुनासो आएको भन्दै जिप्रका तानिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले गुनासो आएपछि चन्दलाई जिप्रका तानिएको पुष्टि गरे। स्रोतको दाबी अनुसार कैलालीका एसपी देवेन्द्रबहादुर पालले मोनिका नामले चिनिने एक तेस्रो लिङ्गी महिलाको गुनासो आएपछि चन्दको सरुवा गरेका हुन्। एक राति मोनिकाले बसपार्कमा झगडा गरेर एक वृद्धमाथि कुटपिट गर्दै लफडा मच्चाएको आरोपमा चन्दले उनलाई नियन्त्रणमा लिएर जिप्रका बुझाएका थिए। तर…

Read More

काठमाडौँ : उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताएका छन्। सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रूपान्तरण सम्भव नरहेको जिकिर गरे। उनले आफ्ना कमजोरी र गल्तीहरू सच्याएर अघि बढ्न सके मात्रै रूपान्तरण सम्भव भएको बताए। पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको उनको तर्क थियो। पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तिब्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने उनको भनाइ थियो। उनले पार्टीमा…

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा घोषणा गरेअनुसार पानी ल्याएका छन् । चितवन-२ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडि, भतेरिका स्थानीयका लागि पानी ल्याएको बताएका छन् । उनले घोषणा गरेअनुसार सय दिन नपुग्दै पानी ल्याएको बताएका छन् । पानी आएपछि भोलि औपचारिक उद्घाटन गर्ने उनको भनाई छ । ७.५ किलोमिटर टाढाको खोलाबाट पानी ल्याउन निरन्तर श्रमदान गर्नेप्रति आभार व्यक्त गरेका छन् ।

Read More

बैतडी : बैतडीमा विद्यालयबाट घर फर्किने क्रममा लडेर बालिकाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपाकिला वडा नं १ माणौ टोलका पदमसिंह धामीकी करिब ९ वर्षिय छोरी हेमन्ती धामीको विद्यालयबाट घर फर्किने बेला लडेर मृत्यु भएको स्थानीय मान सिंह धामीले जानकारी दिए । हेमन्ती सोमबार दिउँसो साथीहरु संगै विद्यालयबाट घर फर्कने क्रममा गडान खरफागला भएको ठाउँमा सल्लापिरोलमा चिप्लीएर तल रहेको सडकमा खस्दा गम्भिर घाईते भएकी थिइन् । लडेर सडकमा खसेपछि गम्भीर भएकी उनको घर पुर्याउदा मृत्यु भएको बताइएको छ । हेमन्ती वडाकै पञ्चोदय माविमा कक्षा १ मा अध्यानरत थिइन् ।

Read More

अत्तरिया : नेपाल मुस्लिम संघ सुदूरपश्चिम अध्यक्ष शेख मुनिर अहमदले निराधार रुपमा आफ्नो बद्नाम नगर्न अनुरोध गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले एउटा राजनीतिक पार्टीले संस्थागत रुपमै एकजना व्यक्तिका लागि ५÷७ बर्ष देखि विना कारण दुष्प्रचार गर्नु बाधक बन्न खोज्नु न्यायोचित नहुने बताउँदै आफ्नो बद्नाम नगर्न आग्रह गरेका हुन् । ‘कुनै एउटा राजनीतिक पार्टीले संस्थागत रुपमै एकजना व्यक्तिका लागि विगत ५/७ बर्ष देखि विना कारण दुष्प्रचार गर्नु बाधक बन्न खोज्नु न्यायोचित हुँदैन् । अहिलेको बैज्ञानिक युगमा पनि आदिम गुगका जस्तो धम्काउने, तर्साउने बन्दुकको डर देखाउनु भन्दा छलफल गरेर सत्य असत्य के रहेछ थाहा भईहाल्छ ’ प्रेस…

Read More