अत्तरिया : नेपाल मुस्लिम संघ सुदूरपश्चिम अध्यक्ष शेख मुनिर अहमदले निराधार रुपमा आफ्नो बद्नाम नगर्न अनुरोध गरेका छन् ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले एउटा राजनीतिक पार्टीले संस्थागत रुपमै एकजना व्यक्तिका लागि ५÷७ बर्ष देखि विना कारण दुष्प्रचार गर्नु बाधक बन्न खोज्नु न्यायोचित नहुने बताउँदै आफ्नो बद्नाम नगर्न आग्रह गरेका हुन् ।
‘कुनै एउटा राजनीतिक पार्टीले संस्थागत रुपमै एकजना व्यक्तिका लागि विगत ५/७ बर्ष देखि विना कारण दुष्प्रचार गर्नु बाधक बन्न खोज्नु न्यायोचित हुँदैन् । अहिलेको बैज्ञानिक युगमा पनि आदिम गुगका जस्तो धम्काउने, तर्साउने बन्दुकको डर देखाउनु भन्दा छलफल गरेर सत्य असत्य के रहेछ थाहा भईहाल्छ ’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
उनले आफ्नो घरमा टासिएको पर्चा अनुसार कसैलाई ठगेको भए प्रमाण सहित आएमा कारवाही भोग्न तयार रहेको विज्ञप्ति मार्फत जनाएका छन् । ७ बर्ष अगाडि भोजराज विकले मालपोत भई दृष्टिबन्धक पारित गरि दिएको ऋणको व्याज कानुन सम्मत भएको र उक्त कुरा असुल गर्ने कुरा मिटर व्याज नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
मिटरब्याजका मामिलामा आफ्नो विरुद्ध कुनै पनि अहिलेसम्म प्रशासनमा उजुरि नपरेको र आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि केहि व्यक्तिहरु आफ्ना पछाडि लागि परेको उनले जनाएका छन् । आफु निरन्तर आफ्नो पेसा समाजसेवा पूर्ण वफादार भएर काम गरिरहेको उनले प्रकाशित गरेको विज्ञप्तिमा जनाएका छन । आफ्नो घरमा विभिन्न आरोप लगाएर पर्चा टासेर अनाहकमै बद्नामा नगर्न समेत आग्रह गरेका छन् ।