Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आज असार १५ गते, राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले धान दिवस धुमधामसँग धान दिवस मनाउने तयारी गरिरहँदा अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइँ भएको छ। कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र रोपाइँ भएको छ। यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान विभागले गरेको छ। त्यसमध्ये हालसम्म एक लाख ३६ हजार ४११ क्षेत्रफलमा मात्र रोपाइँ भएको छ। सरकारले यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागेको छ। कृषिको परनिर्भरता कम गर्न र…

Read More

काठमाडौं : बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

Read More

गुल्मी : गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् ।  मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् । 

Read More

धनगढी : भारतले धौलीगंगा बाध खोल्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सतर्क रहन आग्रह गरेको छ । भोलि (१५ गते) बाधको सिल्ट सफाइ गर्ने र सोही समयमा बाध खोलिने जानकारी प्राप्त भएको प्रशासनले जनाएको छ । उक्त समयमा महाकालीको जलस्तरमा बृद्धि हुने सम्भावना भएकोले नदीको तटिय क्षेत्रका बासिन्दालाई सावधान रहनु आग्रह गरेको हो । सर्वसाधारणलाई आवश्यक तयारी र सावधानी अपनाउन तथा सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयको अनुरोध छ। सूचनामा कोहि दिन विद्युत आपूर्तिसमेत प्रभावित हुनसक्ने बताइएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको गाडी मोहना-अत्तरिया ६ लेन सडकमा दुर्घटनामा परेको छ। सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ३३६ नम्बरको गाडी शुक्रबार राति अनियन्त्रित भई दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार, गाडी उपसचिव सिद्धराज जोशीले चलाएका थिए। उनी एक्लै सवार गाडी गेटामा दुर्घटना भएपछि गाडीमा क्षती भएको प्रहरीले जनाएको छ। यस्तै स्रोतका अनुसार चालक जोशीले मापसे पनि गरेका थिए। जोशी आर्थिक मामिला मन्त्रालयका उपसचिव हुन्।

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो । उनलाई पार्टीले अनुशासनको कारबाही गर्ने समेत बुझिएको छ । महामन्त्री ढकालले आफूलाई पार्टी सभापति रवि लामिछाने बाहेकले स्पष्टीकरण सोध्न नपाउने बताए । अनुशासन आयोगले सोधेको प्रस्टीकरण पत्र नबुझ्ने उनले बताए । ३८ जिल्ला भ्रमणपछि पार्टीको वर्तमान अवस्थाबारे महामन्त्री ढकालले ३२ बुँदे प्रतिवेदन तयार पारेर पार्टी सभापति लामिछानेलाई बुझाएका थिए । पार्टीको हितविपरीत महामन्त्री ढकाल मिडियाबाजी गर्दै हिँडेको भन्दै प्रस्टीकरण सोधिएको बुझिएको छ ।

Read More

काठमाडौं : नेपाल पत्रकार महासंघको अस्तित्व रक्षाका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुने बाम घटक पत्रकार संघ संगठनले चेतावनी दिएका छन् । उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा शुक्रबार महासंघको कार्यालयमा प्रेस युनियन सम्वद्ध केहि व्यक्ति समूहगत रुपमा जम्मा भएर हुल हुज्जत गर्ने, निर्वाचन समितिका सदस्यमाथी दुव्र्यवहार गर्ने, निर्वाचन कार्यमा खटिएका कर्मचारीमाथी हातपात गर्ने जस्ता निन्दनीय कार्य भएको भन्दै बाम घटक विभिन्न ५ वटा पत्रकार संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी यस्तो चेतावनी दिएका हुन् । यस्तो अवस्थामा पनि महासंघको मुल नेतृत्वले त्यसलाई नियन्त्रण गरी वातावरण सहज बनाउन कुनै पहल नगर्नुले विभिन्न आशंका उत्पन्न गराएको र पत्रकार महासंघको विधि, विधान र स्थापित मान्यता…

Read More

काठमाडौं : पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको हो । बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो । भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । यसमा बादलका उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई,…

Read More

धनगढी : अखिल नेपाल महिला संघ सुदूरपश्चिम कमिटीले सुदूरपश्चिम प्रदेशमा महिलामाथि हुने हत्या, र हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । असार ३ गते राति सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा १६ वर्षकी एक किशोरी छाउगोठमा बसेको बेला बलात्कृत भएको घटनाले संघलाई गम्भीर चिन्ता बढाएको भन्दै ज्ञापन पत्र बुझाएका हुन । यसैगरी बझाङ र बाजुरा लगायतका जिल्लाहरूमा पनि यस्तै अमानवीय घटनाहरू घटेको बुझाइ रहेको छ। राज्यले यस्ता अमानवीय घटनामा पिडितलाई संरक्षण र छाउपडीको अन्धविश्वासको अन्त्य गर्दै अपराधमा संलग्न दोषीलाई कडा कारवाही…

Read More

काठमाडौं : नेपाली सेनाका जर्नेललगायत पाँच जनाले एउटै महिनामा अवकाश पाएका छन् । गत चैत २५ गते प्राड उपरथी रत्नप्रकाश थापाले पदावधिको हदबाट अवकाश पाएका थिए । त्यसअघि मानार्थ प्रमुख सेनानी बालकुमार सुनारले अवकाश पाए । नम्बर १ वन तथा पर्यावरण सुरक्षा गणका सुनारले चैत १ गते उमेर हदबाट अवकाश पाएको सेनाले आन्तरिक परिपत्रबाट सबै युनिटलाई जानकारी गराएको छ । तीन जना सेनानीले पनि सोही महिनाको २३ गते एकैदिन अवकाश पाएका छन् । पदावधिको हदबाट अवकाश पाउनेमा रामचन्द्र कटुवाल,भिष्म रावल र रविनकुमार अधिकारी छन् । कटुवाल चण्डीप्रसाद गणमा,रावल नरसिंहदल गणमा र अधिकारी गोरखदल गणमा थिए ।

Read More