Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी र राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी २ मुद्दामा पुनरावेदन दिएको हो । कहरसिंह नेपाली प्रतिवादी रहेको नक्कली विल भर्पाई बनाई सरकारी रकम हिनामिना गरेको र गणेशदत्त ओझासमेतको राजश्व हिनामिना गरेको २ मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

Read More

बैतडी: बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको पुर्चौँडी नगरपालिका–५ कुवाकोटका २० वर्षीय राकेश कुँवर पुर्चौँडीकै १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । ती किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि कुँवरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

धनगढी: धनगढीका एक किशोरमा डेङ्गु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीका अनुसार धनगढी उपमहानगरपालिका–९ गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको हो । अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने उनले बताए । डेङ्गु लाग्न नदिन घर वरिपरी पानी जम्न नदिने र लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरिएको छ ।

Read More

कैलाली: कैलालीमा खैरो हिरोइनसहित ४ जना युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-१ तिल्केनीबाट लागुऔषध (खैरो हिरोइन)सहित आकाश चौधरी, प्रितम सोप, बिमल शाही र प्रोसेश सोप पक्राउ परेका हुन् । प्रहरीका अनुसार विमल शाहीले पाइन्टको खल्तीमा लुकाइ छिपाइ राखेका १६ थान पोका १ ग्राम ६०० मिलिग्राम (प्लाष्टिकसहितको तौल) लागुऔषध खैरो हिरोइन जस्तो धुलो पदार्थ फेला पारी बरामद गरिएको छ । पक्राउ गरिएका चारै जनालाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

Read More

काठमाडौँ: केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ । कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाथोकीका अनुसार हृष्टपुष्ट कैदीबन्दीलाई सरकारले प्रयोग गर्न नसकेपछि कारागारमा मानसिक रोगी बढिरहेको बताए । उनका अनुसार अस्पतालमा करिब १५ देखि २० प्रतिशत मानसिक रोगी कैदीबन्दी रहेका छन् । उनले अस्पतालमा सबभन्दा बढी मानसिक रोगी नै रहेको बताउछन् । त्यसपछि मधुमेह, कोलस्ट्रोल, उच्च रक्तचापका बिरामीको साथै महिलाको पाठेघर खस्ने, पाठेघरमा सङ्क्रमणजस्ता पनि बिरामी कागारारमा रहेका छन् । यस्तै क्यान्सरका पनि बढ्दै गएको उनको भनाइ छ । अस्पतालमा…

Read More

ढोरपाटन: गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन् । पहिलेपहिले गाउँमा गोठभरि गाईभैँसी, गोरु र बाख्रा हुन्थे । बस्तुभाउको गोबर र स्याउला मिलाएर मल बनाइन्थ्यो र त्यहीँ मल खेतीका लागि प्रयोग गरिन्थ्यो । छरछिमेकी भएर अर्मपर्म गरी खेतबारीमा मल पुर्‍याइन्थ्यो र खेतीपाती गरिन्थ्यो । भित्र्याउने बेला पनि छिमेकी मिलेर काम गर्थे । कसैलाई पनि पारिश्रमिक दिएर काम गराउनु पर्दैनथ्यो । काम गर्न जति पनि जनशक्ति पाइन्थ्यो । अहिले गाउँमा न काम गर्ने जनशक्ति पाइन्छन्, न अर्मपर्म गर्न छरछिमेकी…

Read More

काठमाडौँ: यही असार १ र २ गते पूर्वमा आएको बाढी पहिरोका कारण जलविद्युत् क्षेत्रमा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको बताएको हो । इपानका अध्यक्ष गणेश कार्कीले पूर्वमा आएको बाढिपहिराबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठूलो मारमा पर्नाका साथै अर्बौं लगानी जोखिममा परेको बताए । त्यसका कारण एक सय ३३ मेगावाट उत्पादन ठप्प हुन पुगेको…

Read More

काठमाडौँ: जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली आज शुक्रवार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का कोषाध्यक्ष रोशनबहादुर सिंहलगायतका पदाधिकारीले स्वागत गरेका थिए । छनोटको आठौँ स्थानमा रहेको नेपालले समूह चरणमा अमेरिकालाई हराउँदा जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजित भएको थियो । यस्तै नेपालले प्लेअफमा यूएईलाई हराउँदा आयरल्यान्डसँग पराजित भएको थियो ।

Read More

धनगढी: सुुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि सत्तारुढ दलकै असन्तुष्टिका कारण छलफल हुन नसकेपछि सभामुखले सहजीकरण गर्ने भएका छन् । सभामुख भीमबहादुुर भण्डारीले बजेट संशोधनबारे प्रदेशसभा सदस्यहरुले उठाइरहेको माग र प्रदेशसभामा बजेटमाथि छलफल गर्न बैठक आह्वानका विषयमा सरकारसँग छलफल गर्ने भएका हुन् । भण्डारीले मुुख्यमन्त्री कमलबहादुुर शाह र आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीसँग छलफल गर्ने बताए । ‘उहाँहरुलाई छलफलका लागि बोलाएको छुुु, अर्थमन्त्री आउँदै हुुनुुहुुन्छ,’ भण्डारीले भने । यसअघि भण्डारीले प्रदेशसभा सदस्यहरुसँगै काठमाडौँमा प्रधानमनत्रीसहित गठबनधनका शिर्ष नेताहरुसँग भेट गरेर यथास्थितीमा बजेट पारित नहुने अवस्था देखिएको बताएका थिए । ‘भ्रमणको सिलसिलामा गएका बेला उहाँ (सांसद)हरु सँग शिर्ष नेताहरुसँग…

Read More

काठमाडौं: श्रीमतीको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर अश्लील स्टाटसहरु लेखी चरित्र हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले गोरखाका ३७ वर्षीय वीरबहादुर भट्ट (नाम परिवर्तन)लाई पक्राउ गरेको हो । वीरबहादुरले श्रीमती कमला (नाम परिवर्तन)को नाम र तस्वीर राखेर अकाउन्ट खोलेको र ‘को छ मसँग रात बिताउने ?’ लगायत शब्दहरु लेखेका थिए । कमलाले उजुरी गरेपछि प्रहरीले वीरबहादुर संलग्न रहेको पत्ता लगाएको हो । कमला र वीरबहादुरले २०७४ फागुनमा विवाह गरेका थिए । तर, विवाह भएको एक वर्षपछि जथाभावी पिट्ने, गालीगलौज गर्ने र मानसिक यातना दिने कार्य गरेपछि आफू बेग्लै बस्न थालेको कमलाले आफ्नो जाहेरीमा उल्लेख गरेकी…

Read More