Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: भारतमा एक युवकको टाउकोमा पिसाब गर्ने पूर्वसांसदका प्रतिनिधि पक्राउ परेका छन् । मध्य प्रदेशको सीधी जिल्लामा एक युवकमाथि पिसाब गर्ने पूर्व विधायक प्रतिनिधि प्रवेश शुक्लालाई मंगलवार राति भारतीय प्रहरीले पक्राउ गरेको हो । उनले एक युवकको टाउकोमा पिसाब गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जालमा भाइरल भिडिओमा चुरोट पिउने क्रममा उनले अर्को व्यक्तिको टाउकोमा पिसाब गरिरहेको देखिन्छ । पिसाब फेर्ने शुक्ला भारतीय जनता पार्टी (भाजपा)का नेता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनी बीजेपी सांसद केदारनाथ शुक्लाका प्रतिनिधि भएको समाचारमा उल्लेख छ । तर, विधायकले भने उक्त कुरा इन्कार गर्दै आएका छन् ।

Read More

कैलाली: जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा कैलालीका आयोजित ‘५ किमी रोड रेस’ प्रतियोगिताको उपाधि निपूर्ण चन्द र नेहा खड्काले पाएका छन् । बुधबार नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय रोड रेसमा छात्र तर्फ वैद्यनाथ मावि जडेपानी कञ्चनपुर र छात्रा तर्फ धनगढी नमुना मावि कैलालीकी नेहा खड्का प्रथम भएकी हुन् । त्यस्तै परुष तर्फ द्वितीय वैद्यनाथ मावि जडेपानी कञ्चनपुरका विनोद सिंह र तृतीय शारदा मावि धनगढी कैलालीका आयुस मल्ल भए । चौथो स्थान शारदा माबिकै मुकेश सिंहले प्राप्त गरेका थिए भने पाँचौँ र छैटौँ त्रिभुवन मावि बोराडाडीका सागर अवस्थी सिद्धनाथ माबिका अस्मित कुमार…

Read More

दार्चुला: दार्चुलाका स्थानीय व्यवसायीको डेलिगेशन फेरि काठमाडौँ पुगेको छ । नेपाल र चीन जोड्ने टिंकर नाका खोल्न माग गर्दै व्यास क्षेत्रका आधा दर्जन व्यवसायी दोस्रोपटक राजधानी पुगेका हुन् । चार दशकभन्दा बढी समयदेखि व्यापार गर्दै आएका दीपकसिंह बोहराको नेतृत्वमा ७ जनाको टोली काठमाडौँ आइपुगेको हो । दुई महिनाअघि व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी नेतृत्वको टोलीले प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्र सचिव, वाणिज्य सचिवसहित राजनीतिक र प्रशासनिक नेतृत्वसँग भेटघाट गरी नाका खोल्न माग गरेको थियो । दुई महिनासम्म पनि कुनै सुरसार नभएपछि उनीहरु फेरि काठमाडौँ आउन बाध्य भएका हुन् । सोमबार मात्रै नेता दिलेन्द्रप्रसाद बडूसहित व्यवसायीहरूको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेको छ…

Read More

कैलाली: कैलालीको गौरीगंगा नगरपालिका-९ की तारादेवी ओली हराएकी छिन् । उनी यही असार १८ गतेबाट हराएकी हुन् । उनको पारिवारिक स्रोतका अनुसार मसुरीया बजारबाट गोदावरी जाँदै गर्दा उनी सम्पर्कविहीन भएकी हुन् । उनलाई कहीँ कतै कसैले देखे ९८६५६५०१२८ वा ९८४२१६४२९९ मा सम्पर्क गरी खबर गरिदिन अनुरोध गरिएको छ ।

Read More

एजेन्सी: लगातार दुई दिन आक्रमण गरेपछि इजरायली सेना वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट फिर्ता हुन थालेका छन् । इजरायली सेनाले कब्जा गरेको जेनिन शिविरबाट सेना फिर्ता हुन थालेपछि आक्रमण रोकिएको छ । इजरायली सेनाले वेस्ट बैंक क्षेत्रमा रहेको प्यालेस्टिनी जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादविरुद्धको लडाइँ तत्कालका लागि रोकेको र सेना फिर्ता भएको बताएको बीबीसीले जनाएको छ । तर, उनले फेरी पनि आवश्यक परेमा आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । दुई दिनसम्म जेनिन सहरमा भएको आक्रमणमा कम्तिमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको ज्यान गएको छ । आक्रमणबाट सय जनाभन्दा धेरै…

Read More

काठमाडौँ: आज सुन र चाँदीको मूलय बढेको छ । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार तीन सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध खैरो हिरोइन र चरेशसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१० काठेपुलबाट ०.३४ ग्राम लागुऔषध खैरो हिरोइन र १.३२ ग्राम चरेशसहित सोही ठाँउका २६ वर्षीय किसन नाथ र अन्य एक गरी दुई जना पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

म्याग्दी: म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब रु ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए। सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलीब्रिजलाई भुरुङ्गखोलामा स्थानान्तरण गरिएको हो । “भुरुङ्गखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो”, उनले भने, “बर्खायाममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलीब्रिज राखिएको हो ।” असार पहिलो साता सुरु गरिएको बेलीब्रिज जडानको काम सकिएर यातायातका साधन आवतजावत गर्न थालेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य वीरबहादुर पौडेलले जानकारी…

Read More

धनगढी: धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले अहिलेसम्म नगरको प्रवक्ता तोकेका छैनन्। स्थानीय निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएको एक वर्षबढी भैसक्दा पनि उनले प्रवक्ता नतोकेका हुन्। यस विषयमा बुझ्दा मेयर हमालले आफूबाहेकका जनप्रतिनिधि पार्टीका मान्छे भएको भन्दै प्रवक्ता नतोकेको बताए। धनगढीमा आयोजित एक कार्यक्रममा आज (बुधबार) उनले यस्तो बताएका हुन्। उनले भने, ‘प्रवक्ता पार्टीको मान्छे भएर नराखेको हो। मैले पार्टीको मान्छेलाई डिक्टेड त गर्न सक्दैन नि!’ पार्टीका मान्छे वडाअध्यक्ष भएकै कारण प्रवक्ता नतोकिएको उनको भनाइ छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीका नगरप्रमुख (मेयर) गोपाल हमाल (गोपी)ले सहरक्षेत्रमा शौचालयको अभाव रहेको बताएका छन्। आज (बुधबार) धनगढीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले हालै आफूलाई एक पत्रकारले धनगढीमा कति शौचालय छन् ? भनेर प्रश्न गर्दा यति छन् भनेर भन्न नै लाज लागेको दाबी गरे। मेयर हमालले भने, ‘हाम्रो धनगढीमा जम्मा ६ वटा शौचालय छन्। कसैले सोध्यो भने भन्न पनि लाज लाग्छ।’यस्तै धनगढीमा शौचालयका लागि ठाउँ नपाउदा निर्माणमा समस्या भएको उनले बताए। यो समस्या समाधानका सम्पूर्ण सरकारी कार्यालयलाई पत्र नै काटेर शौचालय बनाउनका पहल थालिएको हमालले जनाए।

Read More