धनगढी: धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले अहिलेसम्म नगरको प्रवक्ता तोकेका छैनन्। स्थानीय निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएको एक वर्षबढी भैसक्दा पनि उनले प्रवक्ता नतोकेका हुन्।
यस विषयमा बुझ्दा मेयर हमालले आफूबाहेकका जनप्रतिनिधि पार्टीका मान्छे भएको भन्दै प्रवक्ता नतोकेको बताए। धनगढीमा आयोजित एक कार्यक्रममा आज (बुधबार) उनले यस्तो बताएका हुन्।
उनले भने, ‘प्रवक्ता पार्टीको मान्छे भएर नराखेको हो। मैले पार्टीको मान्छेलाई डिक्टेड त गर्न सक्दैन नि!’ पार्टीका मान्छे वडाअध्यक्ष भएकै कारण प्रवक्ता नतोकिएको उनको भनाइ छ।
Facebook Comments Box