धनगढीः ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई धनगढीको सीपी अस्पतालले साथ दिएकोछ। असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा सिपी अस्पतालले साथ दिएको हो। सीपी अस्पताल अवार्डको हस्पिटल पार्टनरको रुपमा अवार्डमा जोडिएको हो। सीपी अस्पतालका अध्यक्ष सिपी पाण्डेय र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको तर्फबाट उपाध्यक्ष दिनेश बिष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे। सिपी अस्पतालमा स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, युरो सर्जरी, जनरल मेडिसिन, अर्थोपेडिक, गाईने, रेडियोलोजी र फिजियोथेरापी सेवाहरु दैनिक संचालनमा रहेका छन्। आगामी दिनहरुमा पनि अस्पताल थप अत्याधुनिक सुविधा सहित नयां विभागहरु विस्तार गर्ने योजनामा रहेको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाहरुको मनोनयन…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) सागर सम्शेर जबरा अस्ति असार ७ गते सम्मानित भए। उनी २०७९ सालको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ दी ईयर) घोषित भएका थिए। आफ्नो जिम्मेवारी त्रुटिरहीत तरिकाले निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको थियो। यस्तै, मातहातका क्षेत्रहरुमा पनि अप्रिय घटनाको अनुसन्धान गर्न अहम भूमिका निर्वाह गरेको भन्दै उनले स्याबासी पाएका थिए। बाराका एसपी होबिन्द्र बोगटीले उनलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेका थिए। तर त्यो सम्मान ग्रहण गरेको भोलिपल्ट नै उनी कारबाहीमा परेका छन्। हिजोमात्रै मधेस प्रदेशमा लामो समयदेखि कार्यरत घुमुवा प्रहरीहरूलाई पहाडी जिल्लामा खटाईएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसमा ती…
बर्दिया: बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए । “बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ”, उनले भने “चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।” गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति…
धनगढी: नेकपा एकीकृत समाजवादी पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका पूर्वमन्त्री दीर्घबहादुर सोडारीका योजना काटिएका छन्। सोडारी मन्त्री हुँदा बहुबर्षिय ठेक्का लागेका कैलालीका पूर्वाधारका योजना काटिएको बताइएको हो। हालका काँग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले योजना काटेको आरोप लागेको हो। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा योजना काटिएको दाबी गरिएको छ। कैलाली निर्वाचन क्षेत्र नं ४ मा चालु आर्थिक वर्षमा ठेक्का भएर काम सुचारु भएका योजनाहरुको बजेट पनि काटिएको छ। बजेट काटिएपछि स्थानीयहरुले विरोध जनाएका छन्। यो निर्वाचन क्षेत्र कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरको निर्वाचन क्षेत्र पनि हो। स्रोतका अनुसार आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम पुस्तिकामा समावेश भई आर्थिक…
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा आठ वर्षअघि मुलुककै पहिलो राना थारू पाहुना घर ‘होमस्टे’मा आगन्तुक घट्दै गएका छन्। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितै जोडिएको नयाँ कटानका राना थारू समुदायले होमस्टे सञ्चालनमा ल्याएसँगै यहाँ अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सहजता मिलेको थियो। कोरोना कहरमा दुई वर्ष थला परेको होमस्टेमा पछिल्लो चैत महिनायता गर्मी र त्यसपछि बर्खा मौसम सुरु हुँदा पाहुना आउने क्रम घटेको राना थारू सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ। यहाँ राना थारूको परिकारको स्वाद लिँदै सो समुदायको परम्परागत नृत्य देखाएर आगन्तुकलाई मनोरञ्जनसमेत प्रदान गरिन्छ।…
काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी विमानस्थलको स्तरोन्नतिका लागि बनेको फाइल हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयको टेबलमुनि लुकाएको आरोप लगाएका छन्। उनले विगतमा आफू मन्त्री भएका बेला छुटयाएको बजेटको फाइल लुकाइएको आरोप लगाएका हुन्। प्रतिनिधिसभाको हिजो शुक्रबारको बैठकमा बोल्दै सांसद आलेले विगतमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला नागरिक उड्डयन प्राधिकरणबाट एक अर्ब तथा २०७८/७९ जेठ १५ गतेको बजेट मार्फत एक अर्ब ५ करोड बजेट विनियोजन गरेकोमा अहिले सम्म पनि उक्त बजेटको फाइल हालका पर्यटनमन्त्रीले लुकाएर राखेको बताए। उनले भने, ‘माननीय मन्त्री…
धनगढी: कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट सोहि महानगरपालीकाका १८ वर्षीय बिशाल रानालाई शंकालागी चेकजाच गर्दा उनको साथबाट २२० मिलिग्राम लागुऔषध फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कैलाली: कैलालीमा विद्युत पोलबाट करेन्ट लागेर खेत जोतिरहेको एक गोरुको मृत्यु भएको छ । शुक्रबार साँझ गोदावरी नगरपालिका–१२ शान्ती टोलमा खेत जोत्ने क्रममा अचानक विद्युत पोलको सपोर्ट तार चुँडिन गई एउटा गोरूलाई करेन्ट लागी घटनास्थलमैं मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा मानविय क्षति नभएको र प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
कैलाली: सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यहाँका साँघुरा राजमार्गमा जताततै खाल्डाखुल्डीले गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको छ। राजमार्ग विस्तार तथा घुम्ती सुधारको नामले महिनौँसम्म पनि काम सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताए। भीमदत्त, केआइसिंह, दशरथचन्द, महाकाली, जयपृथ्वी राजमार्ग सुदूरपहाडका मुख्य राजमार्ग हुन्। यी राजमार्गमै यात्रुले सास्ती भोग्नुपरेको छ। उनले भने, “पक्की सडकमा जताततै खाल्डाखुल्डी छन्, यात्रा गर्दा निकै सास्ती भोग्नुपरेको छ। मोटरसाइकल चलाउन त झनै समस्या छ। सडकको दूरावस्थाका कारण सवारीसाधन चलाउनै मुस्किल भइरहेको सवारी चालकले बताएका छन्। सडकमा भएका खाल्डाखुल्डीका कारण जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था रहेको…