Author: महेन्द्रनगर पोष्ट

नेपालगञ्ज: बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ। बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले कुनै समस्या नआए बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिन। २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए।

Read More

धनगढीः कैलालीका नन्दलाल रानालाई प्रादेशिक प्रतिभा पुरस्कार दिइने भएको छ। प्रेस चौतारी कैलालीका सह–सचिवसमेत रहेका राना नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गर्ने प्रादेशिक प्रतिभा पुरस्कार (संस्कृति विधा तर्फ) २०७९ मा छनोट भएका हुन्। संस्कृति विधामा पुगाएको योगदानको उचित मुल्यांकन गर्दै सुदूरपश्चिम प्रदेशबाट कैलालीका रानालाइ मन्त्रालयले छनोट गरेको छ।

Read More

धनगढी: आजभोलि बालबालिकाहरूले धेरै समय मोबाइलमा बिताउने गरेको पाइन्छ। अभिभावकहरूको लागि पनि बालबालिका भुल्काउने गतिलो माध्यम बनेको छ, मोबाइल। आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरू छन्। जसले गर्दा बालबालिकामा बिस्तारै मोबाइल खेलाउने एक प्रकारको लत नै बस्न थालेको छ। त्यही लतका कारण कैलालीमा एक बालकले ज्यानै गुमाउन पुगेका छन्। ती ९ वर्षका बालकले आफ्नो प्राण नै लिएका छन्। अस्ति साँझ गोदावरी नगरपालिका-७ हरैयाका भवन चौधरीका छोरा पुन्टुले आफ्नै ज्यान लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बुवाआमासँग मोबाइल माग्दा नदिएपछि उनले रिसको आवेगमा आफ्नै ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पुन्टुले आफ्नै एक…

Read More

धनगढीः यही असार ९ गते कैलालीको अत्तरियामा १८ वर्षीया किशोरी अस्मि मृत अवस्थामा फेला परेकी थिइन्। गोदावरी नगरपालिकास्थित आफ्नै घरमा अस्मी मृत अवस्थामा भेटिएकी हुन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको थियो। प्रहरीले अस्मीको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ वर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। अस्मीका आफन्तले शाही र अस्मीकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको थियो। तर, आफ्नो कोठामा बोलाएर बलात्कारको मतियार बन्ने साथी लक्ष्मी भने फरार थिइन्। आत्महत्या दुरुत्साहन मुद्दामा लक्ष्मी खडकालाई हिजो नेपालगन्जबाट पक्राउ गरिएको छ। उनलाई जिल्ला झिकाएर अनुसन्धान भइरहेको…

Read More

डोटी: डोटीको ऐतिहासिक बजारको सौन्दर्यता बढाउन घर घरमा गमला वितरण गरिएको छ। दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले एक घर दुई गमलाको अवधारण अनुसार फुल रोप्नको लागि गमला वितरण गरेको छ। इतिहास बोकेको सिलगढी बजारको सौन्दर्यता बढाउन घर घरमा गमला वितरण गएिको वडा अध्यक्ष नरेश मलासीले बताए। मंगलबार र बुधबार सिलगढीका सबै घरहरुमा गमला वितरण गरिएको अध्यक्षले बताए। सिलगढीका प्रत्येक घरमा गरेर जम्मा ७ सय गमला वितरण गरिएको छ। सिलगढी बजार क्षेत्रको सौन्दर्य बढाउन र हरियाली कायम राख्न बजार क्षेत्रका प्रत्येक घरधुरीलाई २/२ वटा प्लाष्टिकका गमला वितरण गरेको हो।

Read More

कञ्चनपुर: कञ्चनपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ आमखैया सडकमा बा ०१००२५ च ३६३४ नम्बरको जीपको ठक्करबाट साईकलयात्री कृष्णपुर नगरपालिका–१ का ५९ वर्षीय अमर साउँदको हिजो(बुधबार) मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई पदमा अस्पताल अत्तरीया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं- आज दस वर्षयताकै लामो दिन। आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो र अत्यधिक गर्मीको दिन हुनेछ। बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको हो। पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको र पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले विज्ञप्ति मार्फत उल्लेख गर्नुभएको छ । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर छ । आज सूर्य र पृथ्वी बिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुनेछ। पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ। सूर्यबाट टाढा पुग्दा…

Read More

काठमाडौं:  नक्कली नागरिकता लिएको आरोपमा एक जना उपमेयर पक्राउ परेकी छिन्। कीर्ते कागजात पेस गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मिराकुमारी यादव पक्राउ परेकी हुन्। उनलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो। बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरी कार्यालयले जानकारी दिएको छ।  उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका– ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीकामा पुगेका थिए। तर प्रहरीले उजुरी…

Read More

धनगढीः  कैलालीमा बहुविवाहका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–४ का नन्दराज कडेल र २७ वर्षीया पबित्रा शर्मा कडेल बुधबार दिउँसो पक्राउ परेका हुन्। उनीहरुलाई २०७१ मंसिरमा बहुविवाहको मुद्धामा ११ महिना १५ दिन कैद र १० हजार जरिवाना तोकेको थियो। बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो। दुवै जनालाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

Read More